Part 3

“नाङ्गो मान्छे चकित हुन मिल्दैन, कसैले उसको केहि देख्यो भने|” उनले भन्न खोजेकी के? खै, उनले नेपालिमा नै बोलेकी हो, तर भाव थाहा पाइन उनको|
“मतलब?” प्रश्न गरे उनलाई|
“तिम्रो प्रोफाइलमा तिम्रो इन्स्टाको लिंक थियो|” इन्स्टल गर्ने बित्तिकै जे जे माग्यो त्यो सबै हालेको थिए, त्यसमा इन्सटाको आइडी पनि हालिएछ| करिश्माले भनेपछी मात्र थाहाभयो|
“त्यो अघिको आफै लेखेको कि अरु कसैको चोरेको?” यदि यो प्रश्नको जवाफ मैले राम्रो संग दिन सकिन भने, मलाई चोरको आरोप लाग्नेछ|
“भावना कहिँ लेख्न पर्छ? भावना कहिँ चोर्न मिल्छ? बरु भावनाको सहाराले अरु केहि चोर्न खोजेको हो मैले|” flirt सुरु गर्न मुस्किल परेन| थोरै जिस्किदै थोरै जिस्काउदै| थोरै हास्दै, थोरै हसाउदै| थोरै बकम्फुसे थोरै गम्भीर| थोरै उनको, थोरै मेरो अनि थोरै हाम्रो| हो यस्तै कुरा गर्दै बिहानको ३ बज्यो|
“ल गएको म|” भन्दै उनि अफलाइ गइन्| मैले पनि अब के नै गर्ने हो र| मट्टीतेल बिनाको टुकी कसरि बलोस्| मैले पनि ओछ्यानलाइ जिउ सुम्पिए|
बिहान उठे| उठ्ने बित्तिकै इन्स्टा खोले| गुडमर्निंग लेखिएको थियो| चियाको चुस्कीसंगै रिप्लाई दिए| अचेल माया पनि चियाको कप जस्तै भएको छ, छुने बित्तिकै न्यानोपन महसुस हुने| कति बोलियो थाहाछैन तर आमाले खाना खान बोलाएको सुनिन छु मैले|
“को कोसंग बोलेर बस्छ| जहिले खाना दुइ पटक तताउनु पर्छ| दुख मात्र दिने भयो|” आमाले माया देखाएको तर ,माया माथि असन्तुस्टीओक लेप थियो|
“आमा| दुइ तिन दिन बोल्न दिनु| अनि दुइ तिन बर्ष पछी, हजुरलाइ सघाउने मान्छे ल्याम्ला|” यहि भन्न मन थियो तर भनिन| छोरा सोझो छ आमाको सामु|
करिश्मा र मेरो गफगाफ पनि लक्डाउन जस्तै भएको छ, २४ घण्टा नै निरन्तरता पाएको| यति करिश्मा चाइनिज मोबाइल हो भने, म चार्जर| यदि करिश्मा नङ्ग भएको भए, म छाल| यदि करिश्मा राजनीति भए, म भ्रस्टाचार| यदि करिश्मा मदिरा भए म सितन| एक अर्कासंग इन्स्टाको मार्फत जोडिएको थियौ| करिश्मा पाएपछी, क्लबहाउस सौताको सन्तान भयो फेरी| एउटाको आगमनले अर्कोको महत्व घट्ने| यहि त हो जीवन| बेलुका खाना खाए, करिश्मालाइ अनलाइन देखिन| क्लब हाउस खोले|
“महिला सिट” नामको रुम देखे| नामले नै मलाई त्यो रुम भित्र तानेर लग्यो| त्यहाँ कुरा के हुदै थियो बुझे मैले तर यो बिषय आज अचानक किन आयो भनि बुझ्न गाह्रो भयो| त्यहाँ छलफलको बिषय गाडीमा महिलाको लागि छुट्टयाइएको सिटमा थियो| यसमा आधारित ३ प्रश्न थियो| इच्छा हुनेले जवाफ दिन सक्छन| तर लक्डाउनको बेला, यस्तो बिषय मान्छेको मगजमा कसरि आयो| बुझ्दै जादा आज दिउसो फेसबुकमा एउटा भिडियो भाइरल भएको थियो| दिउसो भरि  करिश्मासंग बोल्न ब्यस्त थिए, फेसबुकको चटक हेर्ने मौका नै मिलेको थिएन| फेसबुकमा भिडियो खोजिरहनु भन्दा, काण्ड कुमारलाइ मेसेज गए| नाम पंकज हो तर हामि मायाले काण्ड कुमार भंथियौ, मायाले नै पंकु भन्थियौ| उसंग जस्तो पनि भिडियो हुने| यस्तो कुनै भिडियो छैन, जुन viral भयो र उसले हेरेको छैन| मेसेज गरेको अर्को पल उसले भिडियो फरवार्ड गर्यो|
यहि भिडियोले ,मान्छेलाइ| ए हैन हैन, मान्छेको बिचारलाइ दुइ फाटोमा छुट्टयाएको थियो| भिडियो दुइ भिन्न देशको थियो| एउटा भिडियो नेपाल वा इन्डियाको हुनु पर्छ जहाँ बसमा निकै भिड थियो| महिला सिटमा एउटा बुढो बा बस्नु भएको थियो| बुढो बालाइ उठाएर, करिब १८- १९ बर्षको युवती त्यो सिटमा बसिन्| दोस्रो भिडियो युरोप या कुनै बिकसित देशको हुनुपर्छ| त्यहाँ एउटा गर्भवती महिला आउदा, चार पुरुसले सिट छाडे उनको लागि| यहि भिडियोको आधारमा बाद बिबाद हुदै थियो क्लबहाउसमा| चर्का चर्की नै थियो| पुरुष राम्रो कि महिला भन्ने बिषयमा थिएन गफ| ३ चुनिएको प्रश्न थिए| मैले पनि बोल्न रुचाए| ३ प्रश्न यस प्रकार थिए|

-के महिला कोटा सिट जरुरि छ?
– के त्यो भिडियोमा बृद्धलाइ उठाउनु ठिक थियो?

–  के पुरुष सिट चाहिन्छ?

“महिला सिटको पक्षमा छु म| त्यो भिडियोमा अधिकारको दुरुपयोग भएको थियो| अधिकारको दुरुपयोग भन्दा, मानवता र बिबेकको कमि थियो| कानुन धेरै हुन्छन, तर हरेक बेला कानुन हैन, नैतिकता पनि नियाल्नु पर्छ| एकजनाले दुरुपयोग गर्यो भन्दैमा हामीले आफ्नो नैतिकता गुमाउनु हुन्न| धेरै महिलालाइ सजिलो भएको छ त्यो महिला सिटले|  यहाँ गल्ति म सरकारको पनि देख्छु| पर्याप्त सवारी र बाटो बनाउन सक्ने हो भने, कसैको लागि सिट छुट्टयाउनु पर्दैन| मैले अघि नै भने, त्यो बृद्धलाइ उठाउनु जरुरि थिएन र त्यो मेरो लागि गलत हो| पुरुस सिट चाहिन्छ चाहिन्न भन्दिन म तर गाह्रो सार्हो परेकाको लागि सिट छाड्न सक्नु पर्छ, यदि हामी सक्षम छौ भने|” आफ्नो मनको कुरा राखे|
आफ्नो बोल्ने पालो सके सोचेको थिए तर प्रश्न आयो: “रोचक जी, यदि तपाई त्यो स्थानमा हुनुहुन्थियो भने, के गर्नु हुन्थियो?” 
“म बृद्धलाइ सिटबाट उठाउदीन थिए|” सत्य बोले|
“हैन, हजुर त्यो युवती नभएर अरु कोहि यात्री भएको भए के गर्नु हुन्थियो?” अर्को प्रश्न आयो|
“म आफ्नो सिट बृद्धलाइ दिन्थिए|” यो जवाफ सहज थियो म्रेओ लागि|
“हजुर उभिनु भएको थियो भने?” थोरै गाह्रो प्रश्न आयो| मसंग कुन जवाफ तैयार थिएन|
“खै, सायद… उम्म. सायद केहि गर्थिन् होला|” टुटे फुटेको जवाफ दिए|
अर्को बहस सुरु भयो| बिषय मोडियो| न्याय आफुसंग शक्ति हुदा मात्र गर्ने हो भनि बाद बिबाद सुरु भयो| सुरु मेरो जवाफबाट भएको थियो तर अन्त्य हुने नाम नै लिएन यो बिषयले| चर्का चर्की थियो| हामि हाम्रो बिषय भन्दा धेरै पर पुगीसकेउ| सबै साम्य भइसकेको थियो तर एक महिला अझै पनि बोल्दै नै हुनुहुन्थियो| बोल्नु भन्दा पनि हामिसंग बाझ्दै हुनुहुन्थियो| चुप हुने नाम लिनु भएन| अब यो रुममा खासै चासो लागेन मिठास लागेन| निक्लिन लागेको थिए त्यहाँबाट, एकजनाले नाम लिएर बोलाउनु भयो|
“रोचक जी, एउटा अन्तिम प्रश्न|” यस्तो बिबाद हुदै छ, के के प्रश्न हो| के को यत्रो बिधि सवाल जवाफ हो| तर यसरि रुस्ट हुन सकिन र “हुन्छ सोध्नु” भने|
“त्यो युवतीलाइ बिहे गर्नु हुन्छ जसले बृद्धालाइ सिटबाट उठायो?” निकै सजिलो प्रश्न हो|
“गर्दिन| जसमा नैतिकता छैन, उसले मलाई के बुझ्ला| नैतिकता नहुनु भनेको चरित्र नहुनु हो|” बोलेपछी महसुस गरे, गल्ति बोले भनि| अब यहाँ अर्को बादबिबाद सुरु हुन्छ भनि शंका थियो, त्यहि अनुरुप सुरु पनि भयो| मैले आबेशमा आएर “चरित्रहिन भनेको बेश्या हुनु हो|” भन्दि हाले| सबैले म माथि औला उठाउन लागे| मैले आफ्नो गल्ति स्वीकार्दै माफी मागे तर त्यो पर्याप्त भएन| धेरै म माथि अपशब्द प्रयोग गरे| धेरैले मलाइ सामन्ती पुरुषको संज्ञा दिए| मैले माफी माग्दै रुम लिभ गरे| मुड अफ भयो| मोबाइल अफ गरेर सुते|
बिहानको ३ बजे निन्द्रा खुल्यो| मेरो इनबक्स भरि भिडियो को लिंक थियो| एक पछी अर्को साथीले एक पछी अर्को भिडियो पठाएको थियो| पहिलो भिडियो खोले| मेरो फोटो देखे| सबै भिडियो अलग थिए र सबैमा मेरो फोटो थियो र मेरै बारेमा कुरा हुदै थियो| सबै भिडियोमा मेरो चरित्र हत्या हुदै थियो| म माथि आरोप लगाइएको थियो, मैले अपशब्द प्रयोग गरे भनि|
“हेर्नुस्, यहि त्यो पुरुष हुन| जसले हजारौ मान्छेको सामु पुरै महिला बर्गलाइ बेश्याको संज्ञा दिए|  उनले महिलालाइ शरीरको भोक मेट्ने साधनको रुपमा मात्र हेर्छन| पैसाको लागि महिलाले इज्जत बेच्दा उनलाई आनन्द आउछ| उसले कस्तो संस्कार पाएका छन्….” यस्तै भिडियो धेरै थियो| जहाँ मलाई मात्र हैन, मेरो परिवारलाइ पनि नराम्रो भनिदै थियो| हाम्रो इज्जत यसरि उत्तरिदै थियो जसरि बेश्या…. भयो, यहि शब्दले यति आपत ल्याएको छ| थाहा थिएन, तर म पसिना पसिना भएको थिए| आखा पनि रसाएका थिए| हात काम्दै थिए र मुटुको धड्कन तिब्र थियो| घाटी सुक्खा भएको थियो| पानि पिउन भान्सा जान खोजे, खुट्टामा बल आएन| बल गरेर भान्सामा पुगे र पानि पिए| गिलासको आधा पानि ओठमा अनि आध जिउमा गयो| उठ्न मन लागेन|
मेरो जीवन नै बर्बाद भयो| अब यो भिडियो भोलि कसले कसले हेर्ने हुन् अनि मेरो बारेमा के सोच्ने हुन्| इनबक्समा साथीले त मलाई बुझेका थिएनन्, झन् अरुले के बुझ्लान| इनबक्समा साथीले समेत मलाइ गालि गर्दै थिए| भोलि बुवा मामुले यो भिडियो हेर्नु भयो भने म उहालाई कसरि सम्झाउने? बुवा मामुले के सोच्नु हुन्छ? उहा माथि कसैले औला उठाउदा उहाको मनमा के बित्ला? म सहन सकम्ला तर बुवा मामु?बाटो हिड्दा पनि कसैले त्यस्तो केटाको बाउ आमा भनेर औला उठाउलान्| मामुको आशु कसरि हेर्नु म|
मेसेज आयो “तेरो घर फुत्सलको पछाडी हैन? भोलि बिहान थाहा पाउछस्|” यो पहिलो मेसेज थियो| यस्ता मेसेज खहरे जसरि आए र मेसेज संगै मेरो आखामा आशु| भोलि के हुन्छ भनि कल्पना गर्न सकिन| इज्जत अनि बुवा आमाको नाम के होला? खै, मेरो आखा अगाडी सबै कालो भएर आयो| मेरो दिमाग सोच्न सक्ने हालतमा थिएन| सबै सुन्न भयो, म शुन्य भए, म केहि नसुन्ने भए| भबिस्य अन्धकार, आधा अघिको दृश्य अन्धकार, अन्धकार बीच मैले केहि देखिन म अन्धो भए| दिमागले सोच्न नसक्ने अन्धो| आफ्नो ज्यान भन्दा प्यारो बुवा आमाको इज्जत लाग्यो र लुगा सुकाएको डोरी आफ्नो घाटीमा बेरे र….


<समाप्त>

Previous article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts