Part 4

धेरै सोचे अनि हिसाब गर्न लाग्यो| हिसाब गर्दै जादा, सबै सवालको जवाफ मेरो सामु आउन थाल्यो| मानौ जवाफ मसंग पहिले देखि नै थियो, मैले नदेखेको मात्र| सरकारी गाडीबाट निजि गाडीमा जान केहि मुस्किल भएन मलाई| मात्र दिउसोको खाजा अनि साथिहरुसंगको बेलुकाको चिया छाड्नु पर्ने भयो| अब त्यसको लागि अलग्गै बहाना सोच्नु पर्छ, त्यो पछी सोचौला| सोच्ने काम दिमागलाइ छाडीदिए, अहिले मनको इच्छा पुरा गर्नु छ, जुन पुरा हुदै छ| अपेक्षासंगै एउटा बसमा जान पाउदै थिए, अहिलेलाइ यति पर्याप्त छ|

अपेक्षासंग एउटा बसमा जाने सबै तरखर पुरा भयो| तर… तर के भने चाही बिस्तारमा भन्छु| अपेक्षा र म एउटा बसमा छौ तर अलग अलग सिटमा| क्यु मत पुछो| बोहोत चेप feel होता है| ल एकछिन सोचौ न, हिजो भर्खर भेटेको केटि, हिजो भर्खरै मात्र बोलेको पनि, आज सम्म उही बसमा कहिले भेटेको छैनौ र अहिले अचानक गएर म उसंग बसे भने, उनले पक्कै पनि यहि सोच्छे नि, कि म उनलाई नै भेट्नको लागी, उनीसंग बोल्न कै लागि, त्यो बसमा यात्रा गर्दै छु भानु| त्यसैले अर्को सिटमा गएर बसे| उनि बसको दाया तिरको सिटमा बसेकी थिइन्, म बाया तर्फको अनि उनि भन्दा ३ सिट पछाडी बसेको थिए|

म जहाँ बसेको थिए, त्यहाँबाट मैले अपेक्षालाइ मज्जाले हेर्न सक्छु| मज्जाले मतलब, लुकी लुकी, उनले चाल नपाउने गरि| उनि पो म भन्दा अगाडी बसेकी थिइन्, अगाडी जसले पनि हेर्छ| म पछाडी, पछाडी फर्केर मान्छेले कमै हेर्छन्| पहिलो दिन| म लुकी लुकी उनलाई हेर्न लागे बसमा| बेला बेला यति मग्न भएर हेर्थिए उनलाई र भुल्थिए, मैले लुकी लुकी हेर्नु पर्ने हो| अनि फेरी लुकी लुकी, उनले नदेख्ने गरि उनलाई हेर्न लागे| सुन्दरता भन्ने कि उनीसंग कुनै आत्मीय नाता छ तर उनि निकै मन पर्न लागिन् मलाई|

उनि महिला सिटमा बसेकी थिइन्, त्यसैले पनि उनि एक्लै थिइन् त्यो सिटमा| हातमा कपि थियो उनको अनि उनको हातमा कलम| बसमा बसेर को पढ्छ के? तर उनले जे गर्दै थिइन्, त्यसमा मेरो फाइदा थियो| उनको ध्यान कपिमा अनि मेरो ध्यान उनीमा| खुल्ला कपालमा राम्रो देखिने उनि तर सुन्दरता पनि समय अनुसार हुने| अहिले त्यहि खुल्ला कपाल चित्त नबुझ्दो भएको छ मेरो लागि| कपालले उनको आधा अनुहार ढाक्ने अनि बेला बेला हावा चल्दा पुरै अनुहार ढाकिने| हावासंग पनि मेरो मन मोटाब हुन लागेको थियो|

मान्छेले भगवानसंग के के इच्छा गर्छन, कसैले घर, कसैले संसार अनि कसैले पैसा तर अहिले मेरो अगाडी भगवान प्रकट भएर केहि बरदान माग भन्नु भयो भने, “अपेक्षाको त्यो खुल्ला कपाल नभएर, जुरो बनाइदिनु|” भन्थिए| भगवान भेट्न त्यति सजिलो कहा छ र अनि झन् बरदान त्यति सजिलै कहाँ पाइन्छ र| झन् उल्टो भयो र झन् धेरै हावा चल्न लाग्यो र अघि भन्दा दोब्बर गतिमा अपेक्षाको कपालले उनको अनुहार छोप्न लाग्यो| हावा आज देखि मेरो जानी दुश्मन हो|

हावाले कपाल उनको अनुहारमा लग्ने, अनि केहि समय पछी उनले कपाल आफ्नो कान छेउमा लग्ने| फेरी कपाल बिस्तारै गरि उनको कानबाट खुकुलो हुदै फुत्किदै जान्छ अनि उनको गालामा आउछ| अब आउछ एउटा हावाको झोका अनि त्यो कपालले फेरी पनि उनको अनुहार ढाक्छ| फेरी उनले त्यो कपाल आफ्नो कान पछाडी लाग्छिन र यहि क्रम दोहोरिदै थियो| उनलाई पनि अत्तिनै भएछ त्यो कपाल र हावाको लडाईले| आफ्नो ब्यागबाट गुलाबी रब्बर निकालिन् उनले, हातमा लिईन् उनले अनि कपाललाइ जुरो बनाइन्| यसरि हावार कपालको लडाई रोकियो र मैले एकटक भएर उनलाई हेर्न पाए| उनि उत्रिने स्टेसन आयो र उनि आफ्नो सिटबाट उठिन्|

उनि सिटबाट उठेपछि पर्यो मलाई आपत| बसको अगाडीको ढोकाबाट उत्रिनछिन् सोचेको, पछाडी पो आउदै छिन्| पछाडीको ढोकाबाट किन झर्नु के| आफ्नो अनुहार लुकाउन धौ धौ पर्यो मलाई| केहि बेर अगी सम्म जति आनन्द लिदै थिए उनलाई लुकी लुकी हेर्दै, त्यतिनै मुस्किलले पसिना पसिना भइ आफ्नो अनुहार लुकाए| यसरि नै हफ्ता दिन बित्यो| उनलाई लुकी लुकी हेर्ने अनि उनीसंग लुक्ने| जहिले उनि बसबाट उत्रिने बेला, झ्याल तिर हेर्थिए म, अनि उनिबाट बच्थिए|

कलेजमा पनि जहिले उनलाई लुकेर हेर्ने| न कलेजमा कहिले गफ भयो, अनि बसमा बोल्ने कहिले मैले प्रयास नै गरिन| कलेजमा आफु बोल्न जाने कुरा भएन, साथीले बसी खान दिदैनन् त्यसो गरे भने र उनि आफै बोल्न न आउने| बसमा बोल्न मिल्ने तर मैले हिम्मत नगर्ने| सुन्दरतालाइ नियाल्न मजा आउने मलाई, अनि कसरि होस् बोलचाल| यस्तो केहि हैन फेरी| जन्मिदा खेरि पोलियोको खोपको ठाउमा, “pervert” को सुइ दिएको हुनुपर्छ मलाई तर त्यो खोप अपेक्षा अगाडी पुगेपछि निस्क्रिय भइदिन्छ|

एकदिनको कुरा हो, अपेक्षालाइ कलेजमा देखे तर बस स्टेसनमा देखिन| बिकासको लागि आएको पैसा जस्तै कहाँ गायब भइन् भइन् उनि| कहिँ म भन्दा पहिले, मैले नदेख्ने गरि बसमा चढीसकिन् कि? यहि सोचमा बस चढे तर कहिँ देखिन उनलाई| उदास भएर एउटा सिटमा बसे| बस गुड्न ;लाग्यो तर पनि उनि बसमा छैनन्| म पनि उत्रिउ कि बसौ भनि सोच्न लागे र बस्ने निर्णय गरे|

हावामा …

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts