“अभ तलाई त्यो केटाले छोडदैन” साथिहरुले मलाई सम्झाएर भनेको कि थर्काएर मैले त बुझ्नै सकिन | हुन पनि हो,त्यो केटासंग सबैजना डराउने,ज्यान र बल दुवै थियो उसंग ,फेरी केहिले पहिलेपनि उसको हातबाट भेटिसकेका थिए,यस्तोमा डराउनु नि स्वाभाविक हो | तर जे हुनु भईसक्यो,अब डराएर सबै सच्चिने हैन भनेर आफुलाई बलियो बनाउन खोज्दै त थिए तर भित्रबाट म निकै डराएको थिए | डरलाई मुहारमा चाही आउन दिएको थिन मैले |त्यसैले होला यो कुरा त्यहि सकियो र हामि बीच कुनै झगडा र रिसिबी नि रहेन | भाग्य बलियो थियो भन्छु मेरो|
त्यो दिन स्कुल पनि डर र खुसि को मिठो समिश्रण चाख्दै बित्यो | बिदाको घन्टी बज्यो र सबैजना घर जान आत्तुर थिए | क्लासबाट निक्लेर स्कुलको गेटमा पुगेको थिए,कसैले केहि भन्या जस्तो लाग्यो | “Thank You” उनले पहिलो पल्ट मसंग केहि भन्दै थिइन,मेरो खुसीको कुनै सिमा थिएन त्यो बेला,के भनु भनु भयो,मसंग राम्रो मौका थियो उनीसंग बोल्ने तर मैले सानु हासोको साथ उनीसंग बोल्ने मौका खेर फ्याले| सायद यसलाई भन्छ होला आफ्नै खुट्टामा बन्चरो हान्नु| जे भएनी यो सुरुवात थियो,त्यस्पछि हरेक दिन एक अर्का संग छोटो भए नि कुरा चाही हुन्थ्यो |
त्यो दिन देखि त बोलचाल मात्र सुरुभाको थियो,बिस्तारै बोलचाल नि बढ्दै गयो | समय बित्दै गयो र हाम्रो सम्बन्धमा मिठास बढ्दै थियो | अभ त बिस्तारै हामि संगै एउतै बेन्चमा बस्थिएउ,दिनभरी गफ गरिन्थ्यो,पढाई भन्दा एक अर्कामा ध्यान दिने,सधै एउटा नया चटकमा लाग्या हुन्थ्येउ हामि,उसको हात मेरो हात मा आउदा त झन् स्वर्गीय आनन्द को महसुस गर्थिये,मेरो मुटु ले आफ्नु ठाउँ छोडे झैँ हुन्थ्यो,शरीर भरि नै रक्तचाप बढेको अनुभव हुन्थ्यो,शरीरको हरेक कोषमा मैले माया संचालन भाको अनुभूति पाउथिए | अब त उसलाई एकदिन नदेख्दा नि संसार नै खल्लो लाग्ने,उ संग बोल्न नपाउदा त झन् हाल बेहाल हुन्थियो | उनी अभ मेरो माया मात्र नभएर मेरो संसार भैसकेकी थिन |
जिबनको अर्थ उनी,मिलनको हर्ष उनी,जितको तर्क उनी,गीतको मर्म उनी,मेरो गर्ब उनी,मेरो हरेक पर्ब उनी,जिबनको सहारा उनी,बाच्ने बहाना उनी,मेरो धन उनी,मेरो मन उनी,मेरो साथ् उनी,थाकेर बस्दा चाहिने काख उनी,मेरो अन्तिम आश उनी,मलाई जीवित राखेको सास उनी,मेरो मायाको गीत उनी,मेरो हरेक जित उनी,मेरो भूत उनी,मेरो वर्तमान उनी,मेरो भबिस्य उनी,उसको अगाडी सबै दुख अदृस्य हुने,मैले रोजेको देउता उनी,मैले खोजेको एउटा उनी | तर दिन सधै एउटी नरहने,हामि ७ क्लास पुग्दा हाम्रो कक्षा कोठा नै बेग्लै भयो | हामि फेरी अलग भयौ,मिलन त कहिले पो भाको हो र तर अलग हुदाको पिडा चाही किन हुदै थियो?किन सोचेको कहिले नपुग्ने?किन खुसि पछि पिडाको आक्रमण झेल्नु पर्ने यो मनले?मान्छेले मात्र हैन भगवानले पनि खेल्दो रैछन् हाम्रो भावना संग | तर मलाई जे हुदै थियो के उसलाई नि हुदैथियो त?
