Part 4


एकदिन मैतिदेबी मन्दिर छेउमा बसेर, चिया र चुरोटको मज लिदै थिए| त्यहि दिन मात्र तलब आएको थियो, खुसि अनि पैसा दोब्बर थियो| त्यो महिना देखि तलब पनि महिनाको १००० बाट १५०० भएको थियो| सधै होटेलको साउनीले चिया ल्याउने, आज कुनै केटिको हातबाट मेरो टेबुलमा चिया राखियो| उनको उमेर पनि त्यहि १५ १६ हुनुपर्छ| बोल्नलाइ शब्द चाहिन्न भनि मलाई के थाहा| जब आखा एक अर्कामा बात गर्न लागे अनि थाहा पाए, आखा काबिल छन् कुरा अगाडी लग्न|
प्रेम सम्बन्ध हैन तर केहि सम्बन्ध भने अबस्य थियो| म बाट चाही माया पूर्ण थियो| माया थियो र त, पहिले दिनको ५ कप चिया पिउने मान्छे, अहिले १० कप पिउन लागेको छु| खालि समयमा खल्ती खालि नहुन्जेल, उनको नै पसल जाने गर्थिए| एकदिन बाहिर पनि भेट भयो, त्यहाँ देखि सम्बन्ध झन् बेग्लै भयो| पहिलो पटक उनि संग बोलेको पनि त्यहि दिन हो| उनको अनुहारमा फिदा भएको म, बोलिमा पनि फिदा भए| त्यस दिनपछि सधै साझमा भेट हुन लाग्यो| उनले आफ्नो बारेमा भन्दै गइन्| परिवारको बारेमा भनिन्, जहाँ दाइ , भाइ, उनि, अनि आमा बाबा हुनु हुन्छ भनेर| घरमा पैसाको कमि भएर काठमान्डौ काम गर्न आएको पनि भनिन् उनले| मैले पनि आफ्नो बारे सबै नै भने|
एकदिनको कुरा हो, निकै निराश थिइन् उनि| कति सोधे के भयो भनि, केहि भनिन| मैले धेरै नै केरेपछी मात्र भनिन् उनले, उनलाई केहि पैसाको जरुरत छ| भर्खर तलब आएको मेरो, १५०० थापेको थिए, १००० उनको हातमा हालिदिए| भोलि पल्ट चिया पसलमा जान्छु, उनि छैनन्| एक दिन, दुइ दिन, यसरि नै हफ्ता दिन बित्यो तर उनिसंग भेट नै भएन| न चिया पसलमा, न कहिँ| हामि जहिले भेट्ने भनेको सेतोपुलमा थियो, त्यहाँ पनि कहिले देखिन उनलाई| कति दिन चिया पसल अनि कति दिन सेतोपुल, उनलाई पर्खेर बसे तर उनि आइनन्| बाध्य भएर चिया पसलको साउ जी लाइ सोधे|
“ दाइ, एक जना हुनु हुन्थियो नि यहाँ काम गर्ने, देखिन्न नि उहालाई|”
“कुरै नगर बाबु| गरिब दुखि भनेर काममा राखेको, कुलंगार रैछे| पसलको पैसा अनि केहि सामान लिएर कहाँ भागि भागि|”
उनले मलाई पुरै झुठ बोलेकी रैछे| म उनको सुनको अन्दा दिने मुर्गा रैछु| पर्खी बसे, त उनि आइनन्| क्या क्या क्या बोर भयो|”
सुरेन्द्र जी ले गितको शैलीमा नै आफ्नो कहानी टुंग्याउनु भयो| हास्न नहुने हो यस्तो बेला तर हासो रोक्न सकिन र हास्न लागे| म संग सुरेन्द्र जी पनि हास्नु भयो| एकछिनको हासो पछी फेरी पनि थोरै गफ हुन लाग्यो| गित बन्द गरेको थिए मैले|
सुरेन्द्र: “हजुरको पनि केहि यस्तै कहानी होला नि सर?”
यस्तै त हैन, तर यस्तो यस्तै कहानी थियो| मलाई पनि क्या क्या बोर भएको थियो| सुरेन्द्र जी ले प्रस्ताभ राख्ने बित्तिकै कहानी भन्न इच्छुक भए म|
म: “ म पनि

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts