बिहान उठ्दा, टाउको भारि भएको थियो| कसैले बाहिर अनि भित्र दुवै तिरबाट हतौडाले टंग टंग हान्दै गरे जस्तो| आखा खोले, आखा अगाडी रोजिता| हिजो के भयो भनि झझल्को मात्र छ दिमागमा, बाकि सबै मुत संगै बगेर गएको हुनुपर्छ| रोजितासंगै नाच्न गएको याद छ| आफ्नै जिउ थाम्न नसकेर कतिको जिउमा ठोकिएको पनि याद छ| नाचेर, नाचेर हैन, हल्लिएर अनि उफ्रिएर थाकेपछी फेरी सबैजना टेबुलमा जम्मा भएको पनि याद छ| याद त मैले पानि जसरि रक्सि पिएको पनि छ| नाचेर आएपछी, ठाडो घाटी लगाएर., एक फुल vat69 को १ चौथाई व्हिस्की निलेको पनि याद छ| त्यसको लगत्तै घाटी देखि छाती र पेट सबै पोलेको पनि याद छ| याद त सबै छ तर धमिलो छन् सबै यादहरु| याद भएकै जिकिर गर्ने हो भने, vat69 ठाडो घाटी लगाएको अर्को पल छाति देखि घाटी पोलेको भने है| त्यसको अर्को पल, उलुक उलुक, हुलुक्क हुलुक्क सुरु भयो र वासरुम पुगीहाले| पुरै हैन तर ५०% मदिरालिया बिदा गरे शरीरबाट| त्यस्तो महँगो रक्सिको गन्तब्य कमोड हुन पुग्यो| वाकेको केहि बेर सम्म केहि होश नै भएन| बिस्तारै होश आउदै गयो|
होश भन्नु गलत हुन्छ| नत्र टकिला सटलाइ हुन्छ भन्थिन मैले| ३ टकिला सट, आखा अगाडी सबै कालो, संसार नै कालो भयो| निन्द्रा खुल्दा अहिले म ओछ्यानमा छु, अनि मेरो अगाडी रोजिता| ओछ्यान कुन कोठाको हो, कोठा कुन घरको, घर कुन ठाउको, केहि थाहाछैन मलाई| रोजिताको औलाहरु मेरो कपाल बीच भ्रमण गर्दै छन्| मायाले मेरो कपाल सुमसुम्याउदै छिन्|
रोजिता माया गर्दैछिन्, आफुलाई लाज लागेको छ| पहिलो पटक उनीसंग घुम्न आएको थिए, मैले इज्जतको निलामी गरिदिए| सोझो शब्दमा भन्नु पर्दा, मैले हगीदिए| त्यसैले त लजाउनु परेको छ| हिजो हगे, अनि त्यसको गन्धले अहिले सम्म लज्जित छु| हग्नु मतलब, हर्कत देखाए, होसमा बस्न सकिन| रोजिताले के सोच्दै होलिन् मेरो बारेमा? तर मैले बिजोग नै हुने गरि त्यस्तो केहि गरे जस्तो मानिन नत्र रोजिताले यसरि माया गर्दिन थिइन् मलाई| उनले भने अनुसार, म होसमा नभए पनि, कोठासम्म आफै नै पुगे र कोठा पुग्ने बित्तिकै निदाएछु| सुकुनको सास लिए मैले|
रोजिताले हात कपाल हुदै मेरो गालामा ल्याइन्| थोरै झुक्दै मेरो ओठमा आफ्नो ओठ जोडिन्| फेरी सबै अचानक हुदै छ| के गर्ने के नगर्ने निर्णय नै गर्न सकिन र लास जस्तो अचल भइदिए| मेरो जिउमा माथि चढेर, मेरो ओठलाइ आफ्नो ओठले खेलाउदै, भमराले फुलको रस चुसे जस्तै मेरो ओठ चुस्न लागिन्| उनको चलखेलले मेरो ओथालाइ दमन गर्न कुनै कसर बाकि राखेन|
फोन बज्छ मेरो| फोन हेर्न खोज्छु तर मेरो हातमा फोन आउनै पाएन| मेरो हातको फोन उनले टेबुलमा राखीदीइन्| फेरी बज्छ फोन| फेरी पनि उनले उठाउन दिने हैन| 5 पटक सम्म यहि सिलसिला जारि रहयो|छैठो पटक फोन आउदा उनले पनि हार मानिन्|
“कति फोन गर्न सकेको होला|” भन्दै मेरो हातमा फोन दिइन्| अफिसको दाइले गर्नु भएको रैछ फोन| आज अफिस जानु पर्ने थियो| 10 पो बजी सकेछ| समयको खयाल नै भएन| हत्तारिएर उठे| रोजितालाइ चित्त बुझेको थिएन तर काम छ भनि निक्लिए कोठाबाट| बाहिर निक्लिएपछी मात्र थाहा भयो, लाजिम्पाट पुगिएको रैछ| अर्को १५ मिनेटमा अफिस पुगे|
जिन्दगि हो, कथा हो, vlog हैन| सधै केहि रमाइलो र देखाउनै पर्ने हुन्छ भन्ने छैन| केहि दिनहरु सपाट पनि हुन्छन| त्यसैले अब हाइलाइट र मुख्य पलहरु मात्र पस्किने छु| सम्बन्ध, सुरुको दुइ तिन हफ्ता, दिनमा किन २४ घण्टा मात्र हुन्छ भनि सोच्दो हुन्| आखिर के खायो, के गर्यो सबै भन्नु पर्ने| चुमुक चुमुक यसरि केहि हफ्ताको लागि हो| सुरु सुरुमा, जन्म देखिको सबै कुण्डली भन्नै पर्यो| त्यसपछी त सम्बन्ध पनि खाना खायो, के गर्दै र सुत्ने बेला भयोमा मात्र सिमित हुन्छ| चाहे त्यो सम्बन्ध दुइ प्रेमीको होस् या नया साथीको|
रोजितासंग नजिकिदै गए म| फेरी त्यो दिन देखि आयुस्मामा धेरै परिवर्तन पाए मैले| उनलाई आत्मग्लानी हुदो हो, उनको सम्बन्धको बारे उनले मलाई सबै भन्नु पर्ने थिएन सोच्दी हो| त्यसैले पनि उनलाई मसंग बोल्न अप्ठेरो लागेको हुनुपर्छ| भावनाको पहाडलाइ सम्याएर, सम्बन्धको बाटो बनाउन गाह्रो नै हुन्छ| साथि गुमाउन मन छैन, त्यो पनि यति मिल्ने साथि| सम्झाए, बुझाए र फेरी सबै सामान्य बनाए| दिन बित्दै गयो र आयुस्मासंग गर्ने गफ सकिदै गयो| मतलब पुराना बिषय सबै सकियो, नया बिषय कुनै थिएन| बन्धन अटुट छ तर गफ कम हुदै गयो आयुस्मासंग| मित्रता पनि फिक्स्ड डिपोजिट जस्तै हो, कहिले जम्मा भएर बसेको छ र चाहिएको बेला चलाउन मिल्ने| कहिले काही फोन गरेर खुसिको खबर सुनाउने गर्थिन्, कहिले झगडा भएपछी दुख सुनाउन| आकलझुकल भेट पनि हुन्थियो कहिले तर एक कप कफी वा चियाको लागि मात्र| सायद उनि पनि खुसि हुन सिक्दै थिइन्| अंकितलाइ यसरि उनि अरुसंग भेटेको मन पर्दैन भन्थीइन्| त्यसैले पनि हाम्रो भेट पातलिदै गयो| उनि खुसि छिन्, त्यति भए पुग्यो| जिन्दगीमा चाहिने खुसि नै त हो नि, कहिले आफ्नो कहिले अरुको| उनि पनि अंकितको खुसिमा रम्न सिक्दै थिइन्| आयुस्माको पात्र यहि सम्म सिमित भयो मेरो जीवनमा|
रोजितासंग नजिकिदै गए मैले अघि नै भने| भेट बाक्लिदै गयो| दिनको एक पटक पक्का, कहिले दुइ पटक| कहिले रात संगै बिताईन्थियो अनि कहिले दिन| उनीलाई म भन्दा प्रेम अरु कोहिसंग छ| त्यो हो जीवन| जीवनलाइ उनि खुलेर र रमेर बाच्न चाहन्छिन| हफ्ताको एक दिन क्लब, अर्को दिन घुम्न, कहले कहाँ कहाँ| कहिले यो गर्ने, कहले त्यो गर्ने| उनको लिस्ट कहिले नसकिने| “Life भनेको happening हुनुपर्छ|” उनले यहि नै भन्ने जहिले| यहि नै उनको जीवनको सिद्धानत बनिसकेको थियो| उनले गर्दा, म भित्र पनि बदलाव सुरु भइसकेको थियो| कार्यक्रम पछी सधै जस्तो कोठा पुग्ने म| अचेल हफ्ताको दुइ तिन दिन कोठा खालि हुन्छ| साथि भाइले जिद्दी गर्दा पनि, नया बर्षमा बार र पब नपुग्ने मान्छे, अहिले हफ्ताको एक पटक पुगी रहेको हुन्छु| भयो, यस्ता कुरा छाडौ|
५ पोखरी जाने प्लान बन्यो| उनि, उनको साथिहरु अनि म| उनको साथिहरु पनि आफ्नै साथिहरु जस्ता भइसकेका थिए| नजिकी सकेका थिए म संग| तर कोहि पनि आत्मीय थिएनन् मेरो लागि| आत्माले नै नजिक मानेको थिएन उनिहरुलाई तर मन नपर्ने पनि हैन| उनीहरु मेरो लागि बियरको बोतल जस्तै भएका थिए, नजिक हुने तर कहिले मनको घर भित्र राख्न नमिल्ने|
बिहिबार ४ बजे, सुरु भयो यात्रा पाच पोखरीको…
