Part 34

१२ घण्टा मात्र बोलचाल रोकिए जस्तो लाग्यो हैन? यति सामान्य छैन अब आउने घटना| यो त पहिलो झलक हो| मुख्य घटना पस्किन बाकि छ|

****

सम्बन्धमा गासिए पछीको पहिलो नोकझोक यहि थियो सनिरा र पंकज बीच| पहिलो भन्ने कि सुरुवात भन्ने| मनमा अहिले माया भए पनि कहिँ कुनै कुनामा बिष र शंका पनि पक्का छ| गल्तिलाइ क्षमा दिन सकिन्छ तर भुल्न गाह्रो छ नि| सुरुवात भन्दैमा दिनहु झगडा पर्ने वा बोलचाल बन्द हुने पनि हैन| त्यो दिन पछी एक पल्ट पनि झगडा परेको छैन| 

अन्तिम semester, presentation नै धेरै हुने| कोहि कुनै बिषयमा पोख्त हुन्छ र कुनै| त्यसरीनै पंकजको नोट गरिदिने जिम्मा सनिराको थियो र सनिराको presentation सक्ने जिम्मा पंकजको| पालोको पैंचो भन्ने कि, सौदा भन्ने कि मायाको खेल| यसरि नै सक्याउन लागे उनीहरुले अन्तिम semester| धेरैलाई हजम नहोला, तर सनिरालाइ राम्ररि presentation पनि बनाउन आउदैन| पंकज फेरी अब्बल यसमा पनि| presentation सकिएर मात्र नहुने, इमेल पनि गर्नु पर्ने| सनिरालाइ त्यो पनि आएन| २५ एम.बि. भन्दा बढी साइजको फाइल जिमेलमा सिधै इमेल पठाउन मिल्दैन भन्ने थाहा रैनछ सनिरालाइ| सनिराले आफ्नो जिमेलको पास्वोर्ड र आइडी पंकजलाइ दिएपछि पकज्ले त्यो पनि गरिदियो|

कलेज सकिन लाग्यो| अब २ महिना पक्षि परिक्षा छ| 4 बर्ष संगै बिताएका साथिहरु पनि अब आफ्नो आफ्नो बाटो लाग्नेछन्| सबैको आफ्नो आफ्नो योजना छ| कोहि काठमाण्डौ जाने सोचमा छन् भने कोहि विदेश अनि कोहि बिहेको लागि घरमा कसरि कुरा लाग्ने भनि सोच्दैछन्| बिहे गर्ने सोच सनिरा-पंकजको हैन नि फेरी| परिक्षा सकिने बित्तिकै सनिरा आफ्नो मामाघर इन्डिया जाने सोचमा छिन् भने पंकज पनि काठमाण्डौ जानेछ| स्नातक पछी बसाइ सराइ गर्ने भनि उ राजि जो भएको थियो घरमा|

परिक्षा पछी एक हफ्ताको लागि मात्र भएपनि सनिरा इन्डिया जाने कुराले पंकज खिन्न चाही छ| पंकज भन्दा खिन्न सनिरा छिन्, आखिर पंकज सधैको लागि काठमान्डौ जादै छ| तर यो सबै योजना दुइ महिना पछीको हो| भबिस्यको चिन्ता लिएर बर्तमानलिया नै अर्थ बिहिन बनाउन पनि त मिलेन नि| सनिरालाइ पंकजले काठमाण्डौ नै आउ भनि आग्रह गरेको छ मास्टरसको लागि| सनिराले आफ्नो घरबाट अनुमति लिन सक्छिन् कि नाई त्यो पनि समयले नै बताउनेछ|

पंकजको घरमा कोहि हुनु हुन्न अब दुइ दिनको लागि| बा-आमा दुवै काठमाण्डौ जानु भएको छ| पंकज घरमा एक्लै| साथिहरु सबै संगै बसेर रमाइलो गर्ने भनि प्रस्ताभ राख्यो पंकजले सबै सामु| अस्मिता, बिशाल र सौगात कसैको नमिल्ने बहर यो योजना नबन्दै रद्ध भयो| पंकजले यो प्रस्ताभ राख्दा सबै भन्दा खुसि भएको नै सनिरा हुन् तर उनि खुसि हुनु मात्र भयो| पंकजको घरमा बस्न नमिले पनि अर्को हफ्ता सबै जना चितवन जाने भनि तैयार भए| कलेज तिन दिनको बिदा हुने भएकोले सबै राजि भए| सायद परिक्षा अघिको अन्तिम भ्रमण यहि हुन्छ ओला सबैको| परिक्षा सकिएपछी पनि भेट्ने बाचा सबैले गरेको छन् नि तर त्यो पुरा हुन्छ भनि आश चाही छैन| हफ्ता दिन पछिको रमाइलो कल्पना गरेर सबै खुसि रही तर सनिरा निराश|
“के भयो तिमीलाई ग्वाच?” सनिराको अनुहारमा रहेको उनको उदास्तालाइ उनको मेकअपले पनि ढाक्न सकेको छैन र त्यो उदास्तालाइ मध्यनजर गर्दै घर फर्किदा पंकजले सनिरालाइ सोध्यो|

“म कस्तो खुसि भएको थिए आज तिम्रो घर जाने भनेर| मलाई तिम्रो घर जान कस्तो मन थियो|” सनिराले पंकजसंग लुकाउनु केहि छैन र  सत्य बोलिन्|
“अनि अहिले पनि खुसि भए भइहाल्छ नि| अरुको पो मिल्दैन, तिम्रो मिल्छ हैन?” पंकजले सनिरालाइ फेरी पनि खुसि बनाउने हरेक प्रयास गर्दैछ|
“अनि म मात्र जादा टोल छिमेकले के सोच्छ?” सनिराले काइदाको प्रश्न गरिन्| यस्तो समयमा छिमेकीहरु नारद भन्दा पनि बेसी कुरा काटछन्|
“ तिमि टोल-छिमेकको घर जान लागेको हो र उनिहरुले के सोच्छन भनि तिमीले सोच्नलाइ| घरमा छोरा बुहारी आउदा छिमेकलाइ कि टाउको दुखाइ|” पंकजले पनि काइदाको नै जवाफ दियो र सनिराको मनमा रहेक संकोच पनि बिलायो| सधै कलेज पछी सनिराको घर जान्थिए दुवै तर आज पंकजको|

पंकज घरमा एक्लै, खाना तैयार हुने कुरै हुन्न| पकाउनलाइ मान्छे कोहि त हुनुपर्छ नि, पंकज भर्खर आउदैछ र पंकज बाहेक घरमा कोहि छैन| अहिलेको लागि मोमो र बिर्यानी ल्याएका छन् दुबैलाई अनि दिउसोको लागि अन्दा चाउचाउ| “तिमिलाइ आज मा यति मिठो चाउ चाउ खुवाउछु|” भन्दै सनिराले चाउ चाउ किन लगाएकी हो पंकजलाइ| खाना १२ बजेसम्म सक्याए उनिहरुले अनि नोट १ बजे| अब दिउसो भर के गर्ने? पंकजको घरमा रहेको फोटो एल्बम हेर्न लागे दुबैले| एकछिनको लागि हो अनि फोटो पनि सबै हेरेर भ्याए| अब?
आराम गर्नलाइ सनिराले पंकजको काखमा आफ्नो सिर राखिन् र पल्टीईन् निस्फिक्री भएर| पकज पनि सनिराको

गाला सुमसुमाउदै र कपाल खेलाउदै गफ गर्न लाग्यो| सनिराको गालाको स्पर्श मात्र हैन, पंकजले बेला बेला झेला गरि आफ्नो औला सनिराको ओठमा पनि पुर्याउथियो| आफ्नो औलाहरुले कहिले माथिलो ओठको स्पर्श लिन्थियो भने कहिले मुनिको| गफ कुन बेला रोकियो थाहाछैन| शब्द छैन अहिले ओठमा, मायाको तृष्णा छ| सनिराले पंकजको औला टोकीन् र पंकजले औला सनिराको ओठबाट झिक्यो| “दुख्यो? आउ ठिक पारिदिन्छु|” भन्दै सनिराले पंकजको आखामा हेर्दै पकजको औलालाइ चुमिन् र आफ्नो ओठ भित्र लगेर चुस्दै जिब्रोली खेलाउन लागिन्| दुबैको दमको बिरामी झैँ लामो र भारि सास लिदै छैन| स्वास-प्रस्वास र मुटुको गति दुवै बढेको छ दुवैको|

अघि सम्म सनिराको टाउको पंकजको काखमा थियो, अहिले सनिरा पंकजको काखमा| सनिरालाइ काखमा लिएर पंकजले सनिराको ओठहरु चुम्न लाग्यो| साथ सनिराले पनि भरपुर दिदै थिइन्| पंकजले जति तिब्र गतिमा उत्कन्थित भएर सनिरालाइ चुम्दै छ सनिरा पनि त्यहि नै दोहोर्याउदै छिन्| शिशुले आमाको स्तन चुसेझैँ उनीहरु एक अर्काको ओठ चुस्न लागे र ओठ पछी जिब्रोको पालि आयो| ओठबाट सुरु भएको चुम्बन, निधार देखि घाटी सम्म पुग्यो| दुवैको मायामा दाग नभएपनि, दुबैको मायाको दाग घाटीमा सबैले देख्न मिल्ने गरि चुम्दै छन् एक अर्कालाइ| पंकजको हात अघिसम्म सनिराको कपाल, कम्मर र घाटिम घुम्दै थियो| अहिले भने सनिराको छातिमा छ पंकजको हात| त्यो स्थान अब पंकजको लागि निषेधित रहेन|

दुवैलाइ एक अर्काको मुटु भित्र छिर्न कत्तिनै समय लागेको थिएन, त्यसरीनै पंकजको हातपनि कुन बेला सनिराको bra भित्र पुग्यो पुग्यो| न सनिरालाइ पत्तो छ पंकजलाइ| उनीहरु त खोला जसरि नै समयको बहावमा बग्दै छन्| 22 बर्षको उमेरमा आएर पंकज फेरी पनि बालापनमा फर्कियो र स्तनपान गर्न लाग्यो| सनिराले आफुलाई पूर्ण रुपमा समर्पण गरेकी छिन् पंकज सामु| दुवै पलमा यसरि हराएका छन्, मानौ अब भोलि कुनै दिन नै छैन| उनिहरुलाई फिकर छ भने केवल अहिले चली रहेको पलको| दुवै भर्खर जन्मेको शिशु झैँ नान्गिए एक अर्का सामु| आत्मा र मनबाट पहिलेबाट नै केहि लुकेको थिएन उनिहरु दुइ बीच| अहिले शारीरिक रुपमा एक हुन जादैछन्| पंकजले आफ्नो नाङ्गो शरीरले सनिराको नाङ्गो शरीरलाइ अंगालेर फेरी पनि चुम्न लाग्यो| मानौ सनिराको शरीर रसको मुहान हो र पंकज युगौ देखि प्यासी छ|  बाकि छ अब अन्तिम पाइला चाल्न| यो पलमा रमाउदै हराएकी सनिरा अचानक यो पलबाट निक्लीइन् र पंकजलाइ आफुबाट पर धकेल्दै , आफुलाई पंकजको अन्गालोबाट मुक्त गर्दै चिच्याइन् “छोड मलाई| म बाट पर जाउ|”

सनिराको शब्द र बदलिएको भाव देखेर पंकज निशब्द भयो| यस्तो अवस्थामा के गर्नु पर्छ र के बोल्नु पर्छ पंकजलाइ थाहा नै छैन| पंकजलाइ त यो पनि थाहा छैन कि किन सनिरामा अचानक यो बदलाव आयो| उ आफैलाइ प्रश्न गर्न लाग्यो कि उसले केहि गल्ति गर्यो कि भनि| पंकजले “के भयो?” भनि प्रश्न गर्न खोज्दा खोज्दै पनि सकेन र एकछिन पछी सनिराले आफै मागी माग्दै उनि अहिले तैयार नभएको बताईन्| गन्तब्यमा नपुगे पनि यात्रा सुन्दर रहयो भनि चित्त बुझायो पंकजले|
हफ्ता दिन बित्यो र आज शुक्रबार| चितवन जाने दिन… 

Previous article
Next article

Latest Posts