बिहिबार ४ बजे, सुरु भयो यात्रा पाच पोखरीको| 5 दिन को भ्रमण| अफिसमा धेरै भनसुन गरेर मिलाएको बिदा| मंगलबार अफिस जसरि पनि पुग्नु पर्ने| “भाइ, फोन चाही आउछ|” दाइले बिदामा काम नगरे पनि, फोनमा सहयोग चाही गर्नु पर्ने बताइन्| बिदा मिलेको भए, बिहिबार बिहान हिडेर मंगलबार फर्किनु उत्तम हुने| तर मेरो कारणले सम्पूर्ण प्लान नै फेरियो| बिहिबार बेलुका ४ बजे भोटांगको लागि गाडी हिड्यो| रोजिताको एउटा प्रशान्त भन्ने साथि छ, जो हामिसंग नै छ भ्रमणमा, उसकै गाडीमा गएको हो| समय अभाव थियो, त्यसैले बेलुका हिडेको हो, नत्र बेलुका पुग्नु पर्ने थियो| बानेस्वरमा मलाई लिन आइपुगेको गाडी, सिधै धुलिखेल पुगेर मात्र रोकियो| भोकले पेट मन भन्दा खालि भएको थियो| भोकले एक पाइला चलन नसक्ने भएको थिए| बेलुका छिट्टै निक्लिनु पर्ने भएर, बिहान खाना खाएपछि, आफ्नो डेस्कबाट उठ्न पनि पाएको थिएन| धुलिखेलमा म:म: को डल्लो पेटमा परेपछि मात्र जिउमा उर्जाको उत्पत्ति भयो| एक पाइला हैन, चन्द्रमा मा पनि पुग्न सक्छु|
जीवन, मृत्यु थाहा छैन मलाई| भोक हो सत्य मेरो लागि| अघि सम्म रोजिताले हात समातेको देखि बोलेको सम्ममा रिसाउदै थिए| भोकले गर्दा केहि नदेख्ने नसुन्ने भएको थिए| मोटे बच्चाले भने जसरि नै “ये मेरो दुश्मन है, वोह मेरा दुश्मन है” सबै मेरो दुश्मन मानेको थियो मनले| पेट टन्न भएपछी स्वर्ग भयो सबै| धुलिखेल पछी गाडी मेलम्चीमा रोकियो| त्यो पनि मेरो लागि|
पांच पोखरीको ट्रीपलाइ मैले हुन्छ भन्नु अघि मेरो केहि सर्त थियो| पहिलो, मलाई रेडियोको प्रोग्राम चलाउन दिनु पर्छ| दोस्रो सोमबार बेलुका सम्म जसरि पनि काठमान्डू फर्किने| कार्यक्रमको लागि बाह्रबिसेमा रोकियौ एक घण्टा भन्दा अलि धेरैको लागि| पहिलो दिन भोटांग, दोस्रो दिन नसिमपाटि, तेस्रो दिन पांच पोखरी, चौथो दिन फेरी भोटांग फर्किने अनि पाचौ दिन काठमाण्डौ फर्किने| यस्तो थियो योजना, सबै भने जसरि नै भयो| रमाइलो भयो| तिन दिन यति हिडियो, खुट्टा छ कि नाइँ पनि थाहा भएको थिएन सुत्ने बेला| पाच पोखरीको सुन्दरताको बखान गर्दिन यहाँ| यति बुझ्न्नु, ३ हैन ३० दिन हिडेर पुगेको भए पनि, त्यो द्रिस्य हेर्दा सबै दुखाइ बिलाएर जान्छ| मलाई थाहा थिएन त्यति हिड्नु पर्छ भनि|
फोक्सोले सास भन्दा धेरै चुरोटको धुवा भित्र लिन्थियो| ३ दिन हिड्दा गाह्रो हुने र सास फुल्ने चाही भएको हो| अरु भन्दा धेरै थाकेको पनि हो म| रोजिताको आड लिएर हिडेको पनि हो| उनले नै मेरो खयाल गरेकी पनि हो| उनि नभएको भए, सायद म त्यहाँ पुग्थिन होला| तर माया गर्यो खयाल गर्यो भन्दैमा, जे पनि गर्न पाइन्छ र? उनको गुलाम बन्नु पर्छ र म? उनले जे भन्यो त्यो सबै मान्नु नै पर्छ र मैले| संसार भुलेर माया गर्छिन् मलाई तर जब रिस उठ्छ संसारको सबै ओकल्छिन्|
भोटांगमा यस्तै भएको थियो| भोटांग पुगेको दिन मलाई रक्सि पिउन मन थिएन| जिउ थाकेको थियो, फेरी अफिसको दाइले फोन पनि गर्दै हुनुहुन्थियो| मैले सिझो शब्दमा आज पिउन मन छैन भनेको थिए, उनले मानिन| उनको जिद्दीले गर्दा रक्सिको ग्लास समातेर बसे| धेरै हैन, दुइ तिन पेग पिए मैले पनि| जिद्दी मात्र गरेको भए पिउथीन होला तर उनि ठुस्की सकेकी थिइन्| उनलाई खुसि बनाउन पनि रक्सिको ग्लास समातेको हो मैले| अफिसबाट फोन आयो, दाइको फोन उठाए| त्यहाँ रमाइलो हुदै थियो, हल्ला थियो त्यसैले थोरै पर गएर दाइसंग बोले| अफिसको टेन्सन सकियो, अफिसको तनाबले पनि हो पिउन मन लागेको थिएन| अब त ढल्ने गरि पिउन मन थियो| साबि भएको ठाउमा गएर बसे र रक्सि खनाए आफ्नो ग्लासमा| रोजिताको साथी प्रियाले मलाई बसेको ठाउबाट तानेर नाच्न लगिन्| हामि रमाउनको निम्ति नै त घुम्न हिडेको थियौ, रमाउदै थिए| एकछिन नाचे पछी, फेरी थोरै रक्सि थपेर रोजिताको छेउमा गएर बसे| रोजिताको काधमा हात राखे, उनले मेरो हात निकालिन्| फेरी राखे फेरी निकालिन्| के भयो भनी सोध्दा पनि केहि जवाफ आएन|
“नाच्न पाएपछि त मन नलागेको रक्सि पनि पिउने रैछौ त|” कोठा पुग्ने बित्तिकै झर्किएर मलाई बचन पो लगाइन् उनले| मैले नाचेको मन नपरेको कि रक्सि पिएको? यहि कारणले उनि अघि देखि चुप बसेको हो?
“त्यस्तो हैन, अफिसको काम सकियो| टेन्सन सकियो| त्यसैले पिएको|” उनलाई सम्झाउन खोजे तर झन् भनाभन् सुरु भयो| जे भन्दा जसो गर्दा पनि नबुझ्ने उसले| रातसंगै रिस मरोस् भनि फकाउन छाडीदिए मैले| नभन्दै बिहान उठ्दा उनको रिस मारीसकेको थियो| बिहान निन्द्रा खुल्दा मेरै अँगालोमा थिइन् उनि, अनि मलाई नै हेर्दै थिइन् मायालु नजरले| यहि बानि चाही उनको अनौठो छ, माया र रिस बराबर गर्छिन्|
ठिक यहि नसिमपाटिमा पनि दोहोरिएको थियो| दिउसो हिडेको, उनले नै साथ दिएकी थिइन्| नसिमपाटि पुगेपछि उसले नै खुट्टा मसाज गरेकी थिइन्| बेलुका सम्म संगै मायाको गफ गरेर पनि बसेको हो| थोरै सन्चो भएपछी सन्चो सबै जना आगोको वारीपरि गोलो बनाएर बसेउ| म मात्र थाकेको रैछु, अरु सब नाच्दै छन्| म भने रक्सिको नशामा घुम्दै थिए अनि बाकि नाच्दै| रोजिताले नाच्नको लागि मलाई उठाउन खोजिन् तर सक्दिन भनेर म उठिन| डिनर गरेर सबै सुत्न गयौ| भोलि बिहान उठेर फेरी हिड्नु थियो| कोठासम्म उसकै काधको सहारा थियो तर कोठा पुग्ने बित्तिकै उनको रुप फेरियो|
“प्रियाले बोलाएको भए त जिउ दुख्थिएन होला है|” उनले यति भनेको सुनेपछि म शब्द बिहिन भए| उनलाइ बुझ्ने मान्छे मानेको थिए तर उनिबाट यो शब्द सुन्दा, मन दुख्यो| उनीसंग रिस हैन चित्त दुख्यो| उनीबाट यो आशा थिएन| उनलाइ थाहा थियो, म कति पिडामा थिए दिउसो सम्म| मेरो खुट्टा कति दुखेको थियो उनलाई नै थाहा छ| उनले नै मिचेको पनि हो तर अहिले आएर यस्तो सुन्दा, मेरो मनमा बज्र हानेको जस्तो भयो कसैले| हिजो पहिलो दिन थियो, कामको तनाब हुदासम्म मैले रक्सि पनि छुन मानेको थिइन| कामको तनाब सकिएपछी रम्नलाइ नाचेको थिए तर उनले गलत सोची छिन्| त्यहि कुरा अहिले निकालेर, यसरि दोष लगाउनु जरुरि थिएन| शंका पनि हो यो| उनलाई म माथि बिस्वास छैन भने मसंग सम्बन्धमा नबसे हुन्छ|
भयो, सम्बन्धमा गल्ति मात्र केलाउने हो भने, माया कहिले भेटिन| गल्ति मात्र केलाउदै बस्ने हो भने, सम्बन्धको गन्तब्यमा कहिले पुगिन्न| झगडा अनि शंकाको दुंगालाइ पन्छाएर हैन, आफै पन्छिएर हिड्नु पर्छ| पाच पोखरीमा के भयो त्यहि छाडेर आए, लिएर आए केवल मिठो यादहरु| काठमाण्डौ फर्किदा, हातमा हात थियो अनि मनमा माया| त्यति भए पुग्छ|
मंगलबार अफिस पुग्दा काम थुप्रिएर बसेको थियो| रेडियोमा पनि, प्रताप दाइ, सुमन दाइ र सलिन दाइ पर्खिएर बसेका थिए|
“जिमु भाइ….
