Part 35

हफ्ता दिन बित्यो र आज शुक्रबार| चितवन जाने दिन आज|८ जना साथि, ५ वटा बाइक| अस्मिता चन्द्रको बाइकमा, सनिरा पंकजको बाइकमा, साजन बिशालको बाइकमा, बाकि सबैसंग आफ्नै बाइक छ| बुटवलबाट चितवन कति नै पर हो र| झन् जवान केटाहरु, बाइकको गति यस्तो हुन्छ मानौ उनीहरु समय जित्न हिडेका छन्| दिउसो ११ नबज्दै चितवन पुगे| बाटोमा खाजा खाएकोले भोकले कसैलाई पनि सताएको छैन| धर्ममा सबैको मन नजान सक्छ तर अस्मिता र सनिरालाइ देवघाट जाने ठुलो इच्छा छ| उनिहरुकै आग्रहमा सबै देवघाट पुगे|

आपतारीबाट देवघाट सम्मको बाटो करिब १०किमी छ| दुरी कम र बाटो रमणीय| बाटो कुन बेला सकियो र देवघाट आइपुग्यो थाहानै भएन| देवघाट पुगीसकेका भने छैनन् तर त्यहाँ भन्दा अगाडी चाही हिडेर जानु पर्ने| बाइक रोके भन्दा १०० मिटर अगाडी झुल्न्गे पुल छ| त्यो पार गरेपछी देवघाट सुरु हुन्छ| झुलुंगे पुलमा सबै फोटो खिच्न नै ब्यस्त भए| एकछिन फोटो खिचेपछी उनिहरु अघि बढे| देवघाट कुनै एक स्थानमा रहेको सानो सोचेका थिए सबैले तर एउटा पुरै गाउ नै रैछ| सबै रम्दै थिए| एकछिन घुमघाम, मन्दिरमा भगवानको दर्शन, मान्छे छिर्न गाह्रो पर्ने गुफाको अवलोकन अनि खोला छेउमा थकान मेट्ने| हो यहि नै रहयो देवघाट भ्रमणको छोटो बिवरण| बाइक पार्क गरेको स्थान छेउमा नै धेरै कपडा पसल थियो| सबैले आफुलाई अनि परिवारको लागि केहि कपडा लिए, देवघाटको चिनो|

रातको बास सौराहामा, यो योजना पहिले बनेको हो| अनि अर्को योजना, सौराहा बेलुका मात्र पुग्ने| सौराहा बेलुका जाने भए, दिनको समय कसरि बिताउने? यसको पनि हल छ| चितवनको साथिलाइ कहाँ कहाँ घुम्ने भनि पहिले नै सोधी सकेका थिए| देवघाट पछिको यात्रा अब झोर कुसुमको| नाम निकै मन परेर गएका सबै, खिन्न भयो ९ जनाकै मन| खोलाको तिरमा बसेर बात मार्ने ठाउ रैछ| यसरि त उनीहरु देवघाटमा नै बसेको थिए| उनीहरुको दिमागमा यहि सोच छ| उनीहरुले झोर कुसुममा खोला देखे अनि खोलाको किनार तर झोर कुसुमको सुन्दरता देखेनन्|

सनिरासंगै भएपछी पंकजलाइ जुनै पल र जुनै ठाउ पनि रमणीय लाग्छ| पंकजलाइ देवघाट जत्तिकै, झोर कुसुम पनि मन पर्यो| उसलाई ठाउको वातावरण हैन, सनिराको साथ मन परेको हुनुपर्छ| हरेक स्थानमा उनीहरको हात एक अर्कामा बाधिएका हुन्छन र आखा एक अर्कालाई नियाल्दै हुनछन| झोर कुसुमबाट चितवन महोत्सव पुगे सबै| निकै रमणीय लाग्यो सबैलाई| बिभिन्न खेल, बिभिन्न खानेकुरा अनि मोटरवाला जहाजमा घुमफिर| चितवनमा बिताएको सबै भन्दा स्मरणीय पल नै यहि भयो|

 “बिस हजारे ताल” आजै पुग्ने योजना थियो उनिहरुको तर समयको पाबन्धि र आकाशमा देखिएको काल बादलले गरेर भोलिलाइ धकेलियो यो योजना| पुल्चोकबाट सौराहाको दुरी 22 किमी| पुग्नलाइ ४५ मिनेट लाग्छ भनि google map के भन्दैछ| बुटवलबाट चितवन आउदा, छिट्टै पुगेर google map को अनुमान र जानकारीलाइ गलत साबित गरेका थिए उनीहरुले| अहिले पनि त्यहि होला त? छिटो पुग्नु रहर मात्र नभएर कर पनि हो| रेनकोट छैन, पानि बर्षियो भने सबै भिज्नेछन् या कहिँ ओत लाग्नु पर्नेछ जसले गर्दा समय खेर जाने| बाइकको गति बढाए उनिहरुले लागे सौराहा तिर|

“टाडी” पुग्दा सिमसिमे पानिले भिजाउन सुरु गर्यो| समय र प्रकृतिलिया जित्नु मानवको हातमा छैन| हो त्यहि भयो| सौराहा भन्दा 4 किमीको दुरीमा ठुलो पानि पर्यो र ओत लाग्न बिबश भए उनिहरु| एकछिनसम्म पनि पानि नरोएकीपछी खाजा खान भनि होटेल छिरे उनिहरु| भैसीको छोइला, भुट्टन, सेकुवा अनि घोंगी| यति खानेकुरा पेटमा हुलेपछी भोक पनि मेटियो र ९ बजे तिर पानि पनि रोकियो| होटेल बन्द गर्ने सुरसार गरीसकेका थिए साउले, समय उहिले भएको हो होटेल बन्द गर्ने| पंकज हरुको बिचल्ली हुन्छ भनेर मात्र पर्खी बसेका थिए|

पानि रोकिएसी सबै जना सौराहा तिर बढे| लगातार पानिमा भिजेर, बिशालको बाइकको headlight नबल्ने भएछ| अहिले रात परिसक्यो, बनाउने ठाउ कहिँ भेटिन्न| यसरि नै सौराहा पुग्नु पर्ने भयो बिशाल र साजन| पानि परेकोले बाटो चिप्लो छ र बिशालको headlight बलेको छैन| अघि खाजा खाएको होटेल भन्दा ५०० मिटर अगाडी गएर बिशालको बाइक चिप्लियो अनि बिशाल र साजन कुलोमा पुगे| जिउ भरि हिलो लाग्यो, धन्न चोट लागेको छैन| या चोट लागे पनि अहिले महसुस नभएर चाल नपाएका| बाइकको sidelight बाहेक केहि बिग्रिएको छैन| साजन बिशालको बाइक छाडी सौगातको बाइकमा बस्न गयो र सबै होटेल सकुशल नै पुगे यहाँ पछी|

सौराहामा होटेल पुगेपछि, सबैले धुलोमा चोबिएको र पानीले भिजेको कपडा खोलेर अर्को कपडा लगाए| पानिमा भिजेको अनि मौसम पनि चिसो, सबै नकापे पनि जाडो भएको छ| Barbeque को लागि आगोको वरीपरि गोलो बनाएर बसे सबै जना र सौगातले गितार बजाउन लाग्यो| सौगातको गितारको धुन, रक्सिको धोरै नशा र रमाउने इच्छा, सबै नाच्न र झुम्न लागे| आगोले न्यानो दिदै छ तर अब सित पनि खस्न लाग्यो| कोठामा जानै पर्यो सबै| गितार, रक्सिको बोतल अनि ग्लास र सितन, यो सबै बोकेर सबै कोठा पुगे|

कोठा पुगेर सबै गफ संगै रक्सि पिउदै थिए| सौगातले साजनलाइ केहि इशारा गर्यो| गाजा ल्याएका रैछन दुवै मिलेर र कसैलाई भनेका छैनन्| साजन उठेर आफ्नो कोठा गयो र एकछिनमा अत्तालिदै आयो|

“मेरो पर्स छैन| बाटोमा खस्यो जस्तो छ|”
“राम्रै हेर, कहाँ खस्नु बाटोमा|”
“सबै हेरे मैले| प्यान्टमा पनि छैन र ब्यागमा पनि|”
“अघि लडेको ठाउमा त खसेन नि?”
“हुन सक्छ, अब अहिले कसरि जानु त्यहा?”
“जानै पर्छ| भोलि बिहान कुन बेला उठिन्छ थाहा हुन्न, अहिले गएन भने त पाइन्न|”
यो साजन के भएको| जहिले केहि न केहि हराउने| पोखरा जादा होटेलको चाबी र अहिले आफ्नै पर्स| रातको 3 बजे, सबै नशामा चुर्लुम्म डुबेका छन्, अब को जाने यो पर्स लिन? सौगात र साजन जाने भए| पर्स त्यहि लडेको ठाउमा नै रैछ, पर्स त लिएर आए दुवै तर साजनको सात्तो चाही बाटोमा नै उडेछ| सुगातले झ्यापको तालमा खै कसरि बाइक चलायो| फर्की आउदा साजनको सात्तोपुत्तो उडेको छ र आउने बित्तिकै साजन भन्छ “यसको बाइकमा अब जिन्दगि चढ़दिन|”

साजनले गाजा केलाउदै थियो, सौगात भुस भइसकेछ| बिशाल पनि सुत्न लाग्यो र प्रविन उहिले भुस भएको| बाकि साजन, निकेश,चन्द्र, पंकज र दुइ केटि| एकछिन केहि बेरको गफ पछी, निकेश चन्द्र र अस्मिता पनि आफ्नो आफ्नो कोठा  तिर लम्किए| सनिरालाइ पनि पंकजले लग्न खोज्दै थियो तर सनिरा गाजा तान्छु भनि जिद्दी गर्दै छिन्| सनिराको ढिप्पीलाइ पंकजले जित्न सकेन र पंकज त्यहि बस्यो| एक सर्को पछी सनिरा फिलिली भइहालिन् र त्यहि निदाइन्| सनिरालाइ कोठासम्म पुर्याइदिनको निम्ति पंकजले सनिरालाइ बोक्यो र सनिराको कोठा सम्म लग्यो| अस्मिता निदाई सकेकी थिइन्| सनिरालाइ ओच्छ्यानमा राखेर पंकज हिड्न लागेको मात्र के थियो सनिराको मोबाइल चार्जमा देख्यो र फोन आउदै छ “महेश” को|
फोन उठाउन उपयुक्त मानेन पंकजले तर पुरानो घटना फेरी आखाँ अगाडी आयो पंकजको| अनि मोबाइल चार्जबाट निकाल्यो र सनिराको औला प्रयोग गरेर अनलक गर्यो…

Previous article
Next article

Latest Posts