Part 35

उनी भन्दा म निकै सानु थिए उमेरमा तर उनको चालामाला देख्दा उनि म भन्दा निकै सानु देखिने |यति सानु कुराले पनि कति खुसि दिएको उनीलाई,लाग्दैथियो उनीले कुनै ठुलै प्रतियोगिता जितेर आकी छिन| तालि पिटेर हास्नु,दुइ हात टाउकोमा राखी,जिब्रो निकाली,आखा ठुलो बनाएर मलाई गिज्याउदै थिन् | झन् बेला बेलामा मेरो गाला तानेर बिचरा भनेर गिज्याउन पनि छोडिन | सानु सानु कुरामा रमाउनु,जे कुरालाई पनि हलुंगो तरिकाले लिनु,ठाउँको ठाउँ नै बच्चा जस्तो बोलि निकाल्नु,यहि कुराहरुले उनीलाई अरु भन्दा अलग बनाउथियो | अरु भन्दा निकै भिन्न थिन् उनी,त्यसैले यो आखाँको तृष्णा र मनको तृप्ति कहिले नमेटिने उसलाई जति हेरेपनि |
मैरो ओठले पुनः एकपल्ट उनको ओठ सम्मको गन्तब्य तय गर्न खोज्यो | नगरोस त पनि कसरि उनको ओठको यात्रा तय गर्दा जुन स्वर्गीय आनन्द महसुस हुन्थियो,त्यो त केवल मलाई थाह छ |
“ कति पल्ट हौ?” प्रतिकार गरिन् उसले |
उनीलाई कसरि बुझाउ म,आफुलाई म:म: मा अचार त तिन पल्ट थप्नु पर्छ,उनी भने एकपल्ट भन्दा धेरै ओठ जोड्न खोज्दा नाई भन्छे |उनको ओठमा जुन मिठास थियो,त्यो मिठास थियो,त्यो मिठासलाई न त कुनै चक्लेटले उछिन्न सक्थियो न त अमृतले नै|
“खोइ मेरो बर्थडे गिफ्ट?” उनिलाई केहि अप्ठ्यारो महसुस जस्तो लाग्यो ,हामि बिचको माहोललाई मोड्न खोज्दै भनिएको वाक्य थियो यो |
“म आए भेट्न,यति भए पुगेन?” मैले बोल्ने ठाउँ नै नराखी उत्तर आयो उसको | मैले केहि भनिन पनि यसपछि,मात्र हुन्छ भन्ने पारामा टाउको हल्लाए | भनु पनि कसरि,उनको बोलीमा मिठास नै यति थियो, प्रतिकार गर्ने मुर्खले मात्र हो |
“कस्तो हुन्छ पनि नभनेको,छुच्चे |” अभ फेरी अर्को नाम थपियो मेरो,उनी त नामकरण गर्ने पण्डित हुनु पर्ने |
“मैले हुन्न भने र?”
“तर हुन्छ पनि भनिनौ नि |”
“सबै कुरा भन्नु पर्छ र,केहि त तिमि नि आफै पनि बुझन |”
“अनि तिमीले नभनी कसरि बुझ्नु मैले ?”
“मैले त्यति भने त| आफै सुनिनौ,अनि दोष मलाई |”
“झुठे,कुन बेला भनेउ ?मैले तिमीले भनेको देखिन पनि सुनिन पनि |”
“मनको बोलि बोलेको,तिमीले सुनिनौ |”
“त्यस्तो है,खुब कुरा जान्ने भएको छौ |”
“तिमिबाट सिकेको त हो |”
“है है ,अनि मलाई के सिकाउछौ तिमीले |”
उसको यति वाक्य सकिने बित्तिकै,मैले आफ्नु ओठलाई उसको ओठमा लगेर जोडे | यो पल्ट उसले प्रतिकार पनि गरिनन् |हाम्रो आखाँ चिम्म,पारा भिन्न , माया मनमा, हलचल तनमा, मिलनको यात्रामा लुकेको प्रेमको भाका, मुटुको बढेको धड्कनले त्यो पललाई कुनै शब्द बिनै बयान गर्दै थियो |
“हो यहि सिकाउछु तिमीलाई |” हाम्रो ओठको मिलन पछि को मेरो पहिलो शब्द |
यतिकैमा उसले आफ्नु ब्यागबाट एक जोडी पन्जा झिकेर मेरो हातमा राख्दिन् र भनिन् “तिम्रो बाइक छ हैन ? तिमीलाई बाइक चलाउन सजिलो हुन्छ |लेउ तिम्रो बर्थडे गिफ्ट |”
मैले कहिले आफ्नु बाइक छ भनेको थिन तर उसले यो कुरा आफै भनिन् र मैले उसलाई छैन भन्न नि सकिन |मैले उसलाई बोलेको झुठहरुको लिस्टमा एउटा कुरा अझै थपियो | साझ परिसकेको थियो,उसलाई ढिलो हुने भएर हामि त्यहाँबाट निक्लिएउ र उनी गाडी चढेर आफ्नु घर गईन्,र म चाही साथिहरुलाइ फोन गर्न तिर|
Previous article
Next article

Latest Posts