सुरु हुन्छ फ्लिम| उनको आखा स्क्रिनमा मेरो उनीमा| उनि फ्लिम हेरेर मस्किदै थिइन्, म उनलाई| उनको ओठको स्पर्श पपकर्णले पाउदै थियो, अनि मेरो ओठले पनि| हैन हैन, मेरो ओठमा पाइप थियो, पेप्सीको पाइप| बाहिर ५०-६० पर्ने कोकलाई १३० तिरेको छु, पैसा वसुल गर्नै पर्यो| हरेक सिटमा मान्छे थिए, कुनै सिट खालि थिएन| वरिपरीको एउटा दुइटा सिट खालि हुदो हो त, हात र ओठको थोरै भए नि काम बढ्ने थियो तर दुवै सिमित छन् अहिले आफ्नै स्थानमा|
“आमा, ढिलो हुन्छ| कलेजको असाइन्मेन्ट धेरै छ|” हाल्फ़ टाइममा… फ्लिमको भासामा भन्ने हो भने, पप्कर्णलाइ सुनको भाउ तिरेर किन्ने समयमा, उनले घरमा फोन गरेर बहाना बनाइन्|
“अहिले सम्म? ढिलो भएन? यहि आएर गर्न मिल्दैन? कसरि आउछस्? बुवालाइ लिन पठाउछु है|” उनको आमाले यस्तै केहि भनेको हुनुपर्छ| आमाले के भन्नु भयो मैले सुनेको हैन, मेरो आकलन मात्र| मैले अनुमान हावामा तिर हानेको जसरि गरेको हैन| रोजिताले “मिल्दैन मामु, सबै साथिहरु छन्| सरले पुर्याइदिनु हुन्छ|” भने पछी गरेको अनुमान हो|
“पुर्याइदिनु हुन्छ नि? मैले हजुरलाइ नसोधी भने” फोन काट्ने बित्तिकै उनले मलाई सोधिन्| मैले हुन्छ भन्नु नै पर्यो| कर हैन, रहर हो| हरेक केटाको इच्छा हुन्छ, एकचोटी गर्लफ्रेन्डको घर पुग्ने| नपुगे पनि हेर्ने इच्छा पक्कै हुन्छ| सबै केटा भनेको मुटु जोडिएको केटा, थुतुनो र मुतुनो मात्र जोड्न खोज्नेहरु oyo तिर मात्र जान खोज्छन्| भयो, यहाँ मायाको कुरा गरेर कसैको मानहानिको मुद्धा झेल्नु छैन|
हालको दुनिया बेग्लै हुन्छ| हजुरहरु यसमा सहमत नहुन सक्नु हुन्छ तर मलाई आफ्नो तर्क राख्न दिनु| त्यो एउटा फ्लिममा हामि त्यहि दुनियामा पुग्छौ जुन फ्लिमको निर्माताले चाहेको छ| यहाँ म बहुमतको कुरा गर्दै छु| कोहि कोहि भिन्न पनि हुन सक्छन| एक पटक हलको परिसर भित्र पुगेपछि, बाहिर के हुदै छ केहि थाहा हुन्न| भूकम्प नै आउनु पर्छ थाहा हुनलाइ नत्र बाहिर मान्छे उडाउने हावाहुरी चलोस् या बाढी आओस्, केहि थाहा हुन्न| ठिक त्यहि नै भयो| हलबाट बाहिर निक्लिदा मौसम चिसो छ, बाटोमा हिलो| ठुलै पानि परेको हुनुपर्छ|
“कफी?” उलाई मलाई जस्तै कफीको तलतल लागेछ| तर यति राति? कफीको लागि अबेला भएको हैन, उनको घर पुग्न अबेला होला कि|
“सर पनि| सरले जुन बेला पुर्याए पनि आमाले केहि भन्नु हुन्छ र?” उनले अघि आमासंग बोलेको झुठको सन्दर्भ जोड्दै, समय पर्याप्त भएको बताइन्|
कफी बहाना थियो, उनको उदेश्य केहि अरु थियो| ढिलो मगजमा पस्यो यो कुरा| एकान्त, वरिपरी कोहि नहुदा, उनले चुरोटलाइ चुम्न छाडेर मेरो ओठलाइ चुम्न लागिन्| बल्ल मेरो भागको चुम्बन मैले पाए| अघि सम्म मेरो भागमा रहेकोको चुम्बनमा, कफीको कप र चुरोटको ठुटोले अतिक्रमण गर्दै थियो| समय ११ बजेको छ,उनको घर कहाँ अहिले सम्म पनि थाहा थिएन|
कुमारीपाटिमा कफीको चुस्की लिएपछि, बाइकमा उनको घरको यात्रा सुरु भयो| लगनखेल हुदै सातदोबाटो अनि त्यहाँबाट चापागाउ| उनको घर चापागाउ हो| निकै आतुर थिए उनको घर पुग्नलाइ| थाहा छ उनले घरभित्र सम्म लग्दीन मलाई| तर पनि उनको घरको एक झलक भए नि पाउनेछु| दुइ तल्ले घर, भुइँ तल्लामा खासै चहक थिएन| माथिल्लो तल्लामा बत्तिको चहक निकै थियो|
ढोका लागेको थियो| उनले फोन गरिन् र म भने घर जानको लागि बाइक स्टार्ट गरे| उनले एकछिन पर्खिन आग्रह गरिन्| कुकुर देखि एकदमै डर लाग्ने रैछ उनलाई| उनको घरको मूल धोका खुल्यो, आमा आउनु भएको थियो| आमाले आउने बित्तिकै हाल खबर सोध्दै मलाई दुख भएको भनि धन्यबाद दिनु भयो| भित्र आउन भनि निकै नै जिद्दी गर्नु भयो तर अबेला भयो भन्दै म त्यहाँबाट निक्लिए|
“आमाले मलाई जिस्काउदै हुनुहुन्थियो| सर त young handsome हुनुहुदो रैछ भन्दै हुनुहुन्थियो||”
“तिमीले के भनेउ नि?”
“केहि भनिन| भने पनि, नभने पनि, आमाको मनमा पसेको शंकालाइ हटाउन सक्ने हैन मैले|”
“अहिले केहि नभन, पछी सरलाई ज्वाई भन्नु पर्दा आमा ट्वा|” बिहेको चर्चाको सुरुवात मैले गरे|
“बिहे कहिले गर्ने हामि?” उनले निकै कठिन प्रश्न गरिन्|
“बिहेलाइ समय छ| अहिले माया गरौ, बिहे पछी|”
“अनि माया मात्र गर्नु भयो भने? बिहे चाही गर्नु भएन भने?”
“के लाग्छ? बिहे गर्दिन होला?”
“गर्नु हुन्छ| मलाई हजुरको जति बिस्वास कसैको लाग्दैन|
“बिस्वास धेरै लाग्छ कि माया?”
“बिस्वास नलाग्ने भए माया कसरि लाग्थियो?”
खास हुदा हुदै साथ भयौ| त्यो दिन देखि सुरु भयो हाम्रो भबिस्यको कुरा अनि मायाको बयान| सधै एक अर्कालाइ कति माया गर्छौ, माया के हो, सधैको बार्तालाप यहि बिषयको वरिपरी घुम्ने| एक पछि अर्को इँटा राख्दै भबिस्यको निर्माण गर्न थालेउ|
बिहे कहिले गर्ने टुंगो भएको छैन तर त्यस बाहेक सबै टुंगो लाग्यो| विहे पछी कहाँ बस्ने| के गर्ने| खाना कसले पकाउने, कसले बिहानको चिया पकाउने| सबै अहिले देखि टुंगो लगाउन लागियो| यहाँ सम्म कि दुइटा बच्चाको योजना बन्यो, नाम चाही सोचेको छैन| पहिलो बच्चा पछी दोस्रो बच्चाको समय अन्तर जम्मा दुइ बर्ष राख्ने भइयो| दुइटा बच्चा संगै हुर्काउन सजिलो हुन्छ भनेर|
फेरी बिहे गर्ने बित्तिकै बच्चा हैन, बिहे गरेको ४ 5 बर्ष पछी| ४ 5 बर्ष भने धित मर्ने गरि घुम्ने| पहिले देश अनि विदेश| यति पछी मात्र आमा बुवा हुने जिम्मेवारी बोक्ने भइयो| यहाँ सम्म कि बच्चाहरुलाई के पढाउने, कहाँ पढाउने भनि सोची सकेको थियौ| भयो, हजुरहरुलाइ वाक्क लाग्यो होला है|
यति दिनमा एउटा खुसिको कुरा सुनाउछु| सानो तिनो मन मोटाव हुनु स्वाभाविक हो, त्यो भनेको सम्बन्धको पिलर हो| तर झगडा कहिले भएन| खुसिको कुरा हैन? पहिले भन्दा एक अर्कालाइ बुझ्ने भएका थियौ| केहि समझदारी अनि केहि सम्झौता, यस्तै थियो सम्बन्ध|
शनिबारको दिन हामि पाइलट बाबा पुगेको थियौ| बसेर गफ गर्दै थियौ, बुवाको फोन आयो| उनले लाउड स्पिकरमा नै बोल्न लगाइन् मलाई|
“हेल्लो
