“कहाँ छस ओइ पात? बर्थडे पार्टी पचाइस हैन ?पहिले यस्तो लोभी थिनस त |हाम्रो संगत छोडेर क-कसको संगत गर्छस्,अनि यस्तो भईस |” पहिलो घन्टी पनि नबज्दै फोन उठाएर नानाथरी भन्न लागे साथीहरुले | उनीहरुले भन्ने पारानै भिन्न,जति जे भने पनि जिस्केर भन्छन, त्यसैले त खास छन मेरा साथिहरु|
“भरत चौकमा छु,पार्टी खाने भए आउ क्यारे तिमिहरु,नत्र म हिडेको घर |” साथीहरुलाई कसरि ठाउँमा ल्याउने मलाई थाहा छ नि | यति भनेपछि उनीहरु चुप लाग्छन, पक्का थिए म |
भनेजस्तै हुन्छ भन्दै फोन राखे र १० मिनेट भित्र मुन्टीए उनीहरु |
“कहाँ जाने ? अर्पणा स्विट्स कि पूजा स्विट्स ?” ठाउँ रोज्ने जिम्मा जहिले साथीहरुको नै हुन्थियो |
“कहिँ नजाने हामि ?” अभिले यस्तो भन्दा रिसाए कि सोचेको तर हैन रैछ |आज एउटा साथिकोमा बसेर रक्सि खाने योजना बनाएर आएका रैछन | मेरो मिल्ने साथिहरु मध्य सबैले रक्सि खान्थिए तर मैले अहिले सम्म खाको थिन | रक्सि खान धेरै पल्ट संगै बसेका थिएउ हामि तर किन हो किन मलाई चाही कहिले खान मन लागेन | हुन त आफ्नु आफ्नु कुरा हो,सबैलाई एकै कुरा मन पर्छ भन्ने हुन्न | साथीले खा भनेर नभनेका नि हैनन् तर मैले हुन्न भनेपछि कहिले नि जिद्दी गरेनन् | त्यसैले भन्छु ,मेरा साथि सबै भन्दा भिन्न छन् |
“म संग त्यति पैसा छैन |” भएको कुरा भन्नै पर्यो मैले |
“कति छ तसंग?”
“७००-८०० होला |”
“मज्जाले पुग्छ,हामिसंग पनि छ अलि अलि |”
खाने मुखलाई जुंगाले छेक्दैन हैन पिउने मान्छेलाई पैसाले रोक्दैन हुनुपर्ने | अघि सम्म कोहि सङ नभएको पैसा ,रक्सी भन्ने बित्तिकै सबैबाट अलि अलि निक्लियो। मैले भर्खर सिकेको नया कुरा | रक्सि पिउने भन्यो कि पैसाको व्यवस्था जहाबाट पनि गर्ने साथीहरुले | रातको लागि चाहिने खाने र पिउने कुरा लिएर हामि साथीको घर तिर लागेउ |
