Part 36

हजुरहरुले यति पढेर सकी सक्नु भयो तर पनि म अझै दोधारमा छु,बिस्वासलाइ मेसेज पठाउ कि नाई भनि| उहा रिसाको भए कसरि फकाउनु उहालाई, शोभा गएपछि उहा मात्र हुनु हुन्छ जो संग म भुल्लिदै छु, उहा पनि हुनु भएन भने म त एक्लो हुन्छु,मानौ खहरे खोला जस्तै,जसमा बर्सामा बाहेक कहिले हर्षको भेल आउदैन| मनको यस्तै अन्तर द्वन्द बीच, बिस्वासको फोन आयो,पहिलो पल्ट हो उहाले यति राति फोन गर्नु भएको, रिसाएर रातो पिरो हुनुहुन्छ जस्तो छ उहा|

“धन्यबाद|” उहाको पहिलो र एक मात्र वाक्य,उहालाई जति धेरै बुझ्न खोज्दै छु,त्यतिकै नै उहालाइ कम बुझेको जस्तो लाग्छ कहिले काही|

“किन नि?मैले के गरे?” धन्यबाद पाउने खाले मैले केहि काम गरेको मलाई लाग्दैन,अब आफुलाई नलागेपछि,सोध्नु त पर्यो|

“आज मैले जीवन मै पहिलो पटक वाचन गरेको हो तिमीले गर्दा,मान्छेलाई मन परेछ,त्यसैले|” पहिलो पल्ट मै यति राम्रो वाचन,अचम्म लाग्यो| अरु कुरा पनि चल्दै थियो मेरो दिमागमा,तर उहालाई खुसि देखेर सबै कुरा कहा गए गए,उहाको खुसि नै मेरो खुसि भएको छ अहिले त|

उहा खुसि हुनु हुन्छ, अनि उहाको खुसीमा म पनि खुसि छु, उहाले आफ्नु खुसि मेरो सामु प्रकट गर्नु भयो त्यसैले थाहा पाए उहा खुसि हुनुहुन्छ भनि, तर म खुसि छु भनि मैले उहालाइ भनेकी छैन,त्यसैले उहालाई थाहाछैन होला कि म पनि खुसि छु भनि| के भयो मेरो यो मनलाई,उहाको खुसीमा खुसि हुन्छ,उहाको खुसि खोजि हिड्छ,उहाकै आवाजमा भुल्न खोज्छ,उहाकै जीवनमा घुल्न खोज्छ, जहाँ उहा पहिले मेरो लागि एउटा चासोको बिषय हुनु हुन्थियो,अहिले चाही उहा मेरो लागि मायाको केन्द्र बिन्दु बन्नु भएको छ|

 फोनमा पहिलो पटक कुरा हुदैछ,भन्ने कुरा धेरै छ, मसंग समय पर्याप्त छ,समयको अवाभ उहाको पक्षमा पनि देखिन मैले, एउटा पछी अर्को गरि कुरा फुर्न लागे हामि बीच,केहि कुरा नया थिए र केहि पुराना| हामि दिनकै भेट्ने गरेर होला, कुरा एक पछी अर्को गरि ताती लागेर बसेका छन् र 48 मिनेट गएको पत्तो भएन|

काम छ भन्दै उहाले फोन राख्नु भयोउहाले,काम मेरो पनि बाकि थियो तर उहा जति महत्वपुर्ण केहि छैन मलाई अहिलेको क्षणमा,त्यसैले उहाले नभनेसम्म मैले फोन काट्ने कुनै सवाल नै थिएन| ओछ्यानमा पनि एउटा बेग्लै जादु छ,एकपल्ट त्यहाँ पल्टिनु मात्र पर्छ, मायाको यस्तो अन्गालो हाल्छ, उठ्न कुरा नै हुन्न,म पनि उठिन र ओछ्यानमा बसेर, मोबाइल चलाउन लागे| फोन पहिले देखि प्यारो लाग्ने अब झन् मूल्य बढेको हुनुपर्ने यसको,आखिर बिस्वासको आवाजको स्पर्श यसले पनि महसुस गर्यो|

शोभा सधै जस्तो अनलाइन नै थि,सधै जसरि नै मेरो मेसेन्जरबाट उसको मेसेन्जरमा हाम्रो फोन जोडियो र फोन संगै हाम्रो कुरा पनि,बिस्वाससंग आज भएको सबै कुरा उसलाई सुनाउन लागे नारदले झैँ|कुरा आजको मात्र हैन,अहिले सम्म भन्न बाकि रहेका सबै कुरा भन्न लागे, धेरै पहिले नै भनिसकेको थिए,केहि जानी जानी भनेकी थिइन र केहि अन्जानमा छुटेका थिए|

“बिस्वासले सहयोग मात्र गरेको मात्र पनि हुन सक्छ,तलाई मात्र मायाको भान भएको हुन सक्छ है|” मेरो कुरा सबै सुनिसकेपछि शोभाले आफ्नु निस्कर्ष निकाली र उसले यत्तिनै भनि|

“सहयोग एक पल्ट दुइ पल्ट हुन्छ, सधै भयो भने त्यो सहयोग हैन माया हो|” मेरो जवाफ सादा थियो तर वजनदार|

“ल सहयोग हैन रे तर माया पनि नहुन सक्छ नि| उहाले तलाई साथि मात्र सोचेको हुन सक्छ नि|” शोभाले आफ्नु तर्क फेरी राखी,उसले सबै कुरा सोचेर मात्र बोल्छे र उसको प्रश्न जवाफ फर्काउन गाह्रो नै हुन्छ|

“अनि के साथीहरु एक अर्कामा माया गर्न सक्दैनन् र? के आजको साथि भोलिको जीवन साथि बन्न सक्दैन र?” शोभाले प्रश्न गरेकी थिइ,र मेरो मनले यहि उत्तर दियो| “ल तैले माया गरिस् रे? तर के उहाले पनि माया गर्नु पर्दैन र? उहाले माया गर्ने अरु कोहि छ कि?” शोभाको यो प्रश्नको उत्तर मैले झट्टै दिन सकिन र हाम्रो कुरा मोडियो अन्तै तिर| कुरा अन्तै मोडिए पनि मेरो मन चाही शोभाकै प्रश्नमा अड्किएर बस्यो, उसले भनेको जस्तै भयो  भने के गर्ने मैले?सोच्न लागे शोभासंगको गफ पछी र मन मनै एउट कुरा खेल्न लाग्यो|

Previous article
Next article

Latest Posts