Part 37

उहा अहिले म संग जति नजिक हुनुहुन्छ नि,त्यति अरु कोहि संग हुनु हुन्न र उहाको बारेमा मलाई जति थाहाछ,त्यति अरु कसैलाइ थाहा छैन” शोभाले उब्जाएको दोधार माथि मेरो बिस्वासले जित हासिल गर्यो, बिस्वास भन्ने शब्दलाई मेरो भन्दा त यति आनन्दीय महसुस हुदै छ,झन् बिस्वास्लाई नै आफ्नु भन्न पाउदा कस्तो महसुस हुन्छ होला|

मिठास नै बेग्लै छ उहाको साथमा, कफी खासै मन नपर्ने मलाई,उहाको संगतले चिनी बिनाको कफी पनि मिठो लाग्न लागेको छ मलाई,उहाको मायाको मिठासले त होला| अफिस पहिले भन्दा निकै फरक भइसकेको छ मेरो लागि,काम आफ्नु ठाउमा छ,त्यसबाहेक चाही अब बाकि रहेको एक एक पल बिस्वास संग बित्ने मेरो| पहिले त बोलिन्थ्यो मात्र तर अब मैले आफै उहा संग जिस्किन पनि थालेकी छु, उहाले पनि जिस्काउन लाग्नु भएको छ सानु सानु कुरामा, हामीले दुबैले चिया खादा होस् या उहाले चुरोट खादा,हामि संगै नै हुनेगरेको छौ अचेल| अफिसमा संगै भयौ नै,प्राय दिन बिराएर नै अफिस पछि कफीको लागि जाने गर्छौ हामि| त्यसपछि उहाले नै जहिले मलाई घर सम्म छाड्ने,अनि बिहान अफिसको लागि लिन पनि आउनु हुन्छ| घर गएर मेरो काम भनेको कि त मामुलाई सघाउने कि उहासंग बोल्ने, ए हैन हैन,कि त उहा संग बोल्ने मात्र कि त मामुलाई सघाउदै उहासंग बोल्ने|

शनिबार अफिस नहुने तर त्यो दिन पनि भेट चाही हुने हाम्रो,कहिले पुरै शनिबार संगै भइने भने कहिले १ घन्टाको लागि भए पनि भेटिने|उहाको एउटा बानि चाही फेरी पनि अचम्मको लाग्यो, उहा किन हो पार्क,सिनेमा वा अरु जोडीहरु घुम्न जाने ठाउमा नजाने,साच्ची हामि जोडी पनि त हैन नि|जहिले हामि कि त कुनै क्याफे वा रेस्टुरेन्टमा बसेर खाजा खादै गफ गर्थिएउ भने कहिले उहाको बाइक कुनै एक ठाउमा राखी बाटोमा हिड्दै| बाटोमा हिड्दा हिड्दै उहाको र मेरो हात जानी नजानी ठोक्किदा, या मैले जानी जानी ठोक्याउदा, त्यो आनन्दीय महसुस मेरो हात हुदै मुटुसम्म पुग्छ अनि म उहाको हातलाई आफ्नु हात भित्र कैद गर्न पुग्छु| उहाको अंगालोमा एक पल्ट बाधिन मन छ मलाई,उहाले आफै हात त समाउनु हुन्न,झन् अंगालोमा के हाल्नु होला, यो चाहना मेरो अपुरो छ धेरै दिनबाट| थाहाछैन किन तर म आफै अकर्सित हुदै गएको छु उहा तर्फ,चाहे त्यो मनबाट होस् या….

सिधा शब्दको अक्षेता लगाउने हो भने,उहा र म जोडी त हो तर हामीले अहिले सम्म यो सम्बन्धलाइ कुनै नाम दिएको छैनौ| म उहाले पहिलो पाइला चाल्नु हुन्छ भनि पर्खेर बसेकी छु र उहा चाही किन ढिला गर्दै हुनु हुन्छ थाहा भएन मलाइ| अब त एकपल पनि उहासंग पर भइ बस्न सक्दिन म,कि उहा संगै कि उहा संग बोल्दै,नत्र भने उहालाइ सम्झिदै, यसरि नै बाचेकी छु म| उहा मेरो लागि खास हुनु हुन्छ,र मलाई थाहा छ म पनि उहाको लागि खास नै छु ,उहाले केहि नभनेपनि|

“हामि भोलि मुभि हेर्न जाम न|” उहाले कहिले यस्तो भन्नु भएन,त्यसैले आफैले भन्नु पर्यो मैले| मैले पर्खेर बसेको मुभि हो यो,उहाले पनि थाहा छ,उहाले नाई भन्नु भएन| भ्यु सिनेमा,बुटवलको नामी चलचित्र मन्दिर,हो त्यहि जाने भईयो हामी| दुइटा चिसो,एउटा लेज र एउटा पपकर्न,अनि हामि दुइ जना,अनि उता पर्दामा चलचित्र सुरु भयो|

हामि संगै हुदा जहिले हाम्रो हात एक अर्कामा बाधिएको हुन्छ,र आज पनि केहि फरक छैन| मेरो टाउकोले आज नया सिरानी पाएको छ,उहाको काध| मैले आफ्नु टाउकोला उहाको काधमा बिसाएर ,आफ्नु दाहिने हातले उहाको देब्रे हातलाइ समाए र मुभि हेर्न लागे,अनि बेला बेला उहा संग बोल्न पनि|
मुभिको कथाबस्तु हामि संग केहि मिल्न गयो, पर्दामा एक जना केटा र एक जना केटि थिए जस्को अफिस एक थियो र उनीहरु बिस्तारै एक अर्कासंग नजिकिदै थिए र केटाले केटीलाई प्रेम प्रस्ताभ राख्यो मध्यान्तर अगाडी| मध्यान्तर सम्म मैले थाहा पाएको कहानी यति हो,हाम्रो कहानी पनि मध्यान्तरमा छ,बल्ल बुझे मैले|

“हाम्रै कहानी हो कि के हो| मिल्न मिल्न खोज्दै छ |” मुभिको मध्यान्तरको मौका मिलाएर उहासंग जिस्किदै यति भने,आश चाही हाम्रो कहानी जुन मध्यान्तरमा छ,त्यसलाई अघि लाग्ने थियो| तर उहाको जवाफ यस्तो आयो जसले मन खिन्न मात्र हैन म आफै पनि चिसिए|

Previous article
Next article

Latest Posts