“प्याज अलि धेरै काट है,रक्सिलाई सितन हुने गरि मज्जाले पकाउनु पर्छ मासु |” केटाहरु एकअर्कामा गफ गर्दै थिए|
“हो हो सितन चाही चाहिन्छ “ रक्सि नखाए पनि सितन चाही मनपर्ने मलाई | त्यसैले मेरो नाम नै सितन कुमार राखेका थिए साथीहरुले |
“उ बोल्यो सितन कुमार |” मैले भनेनी नाम नै राखेका छन |आज यो नाम कति पल्ट प्रयोगमा आउछ आउछ |
मैले केहि बोल्नु अघि,मेरो फोन बज्यो,सारीकाको फोन आयो | फोन बजेको थाहापाएर साथिहरु जिस्काउन लागे | कोठामा बसेर कुरा गर्ने स्तिथि थिएन | त्यसैले निक्लिए एकैछिनलाई भएपनि |
“तिमीले मसंग किन झुठो बोलेको ?” फोन उठ्ने बितिकै यो शब्द सुन्दा म आकाशबाट खसेको जस्तै भए |
“तिमि स्कुलमा पढ्ने रैछौ है,किन मलाई कलेज भनेको?मसंग यस्तो कुरा कसरि लुकाउन सक्छौ के तिमि ? “ प्रश्नको बाढी नै आयो र मसंग भने कुनैको उत्तर थिएन |
साथीहरुले फेसबुकमा हालेको बर्थडेको फोटोबाट मेरो झुठ उनी सामु खुलेको रैछ | गल्ति मेरो नै थियो,त्यसैले मैले भन्ने ठाउँ कहिँ थिएन |जे कुराको डर थियो त्यहि भयो | जे भयो ठिकै भयो,आज नभए भोलि उनीलाई थाहा हुन्थ्यो | पछी छुट्टिन झन् गार्हो हुन्थियो होला,अहिलेको पिडा केहि भए पनि कम होला | सहमति भने नि भयो या बाध्यता भने नि भयो,अन्तिम नतिजा के थियो भने हामि अलग भयौ | फोन राखेर म कोठा पसे र साथीको सामु आफ्नु मुहारमा कुनै परिबर्तन हुन नदिनु नै मेरो प्रयास थियो |
“ओइ मलाई पनि रक्सि हाल है |” उनी हुदा उनको मायाको नसामा रमाउने यो मन,रमाउन भने अहिले पनि छोडेको छैन |फरक यति छ,पहिले नसाको श्रोत उनको माया थियो भने अहिले सोमरसको बोतल |
मेरो यो एक वाक्य काफी थियो,त्यो कोठामा मौनता ल्याउन | सबैजना अचम्मित मुद्रामा मेरो मुहारतिर हेर्न लागे | सबैको आखाँ बल्ब जत्रै ठुला र मुहारमा अनेकौ प्रश्नको मिश्रण सजिलै देख्न सक्थिए मैले | हुन त जहिले नाई भन्ने मान्छेले आज आफै रक्सि पिउछु भन्दा जो पनि यस्तै हुन्थिए होला | पहिलो पल्ट भन्दा साथीले पत्याएनन् तर दोस्रो पटक भनेपछि मेरो भन्ने पाराले म जिस्केको हैन भनेर उनीहरुले बुझे |
कोहि भुलाउन पिउछन् र कोहि रमाउन, म भने मनको पिडा मनभित्रै लुकाउनलाई पिउदै थिए |पहिलो सुर्की पिउन केहि गाह्रो भयो | जब रक्सि गिलासबाट मेरो मुख हुदै पेट सम्म पुग्यो, स्वाद निकै तितो लाग्दैथियो र मुखबाट पेटसम्म पोलेको महसुस गरे | तर मेरो मनमा रहेको उनको सम्झना र पिडा यो रक्सि भन्दा निकै धेरै तितो थियो |त्यसैले होला दोस्रो पटक देखि गार्हो वा अप्ठ्यारो महसुस भएन | बिस्तारै रक्सीले पनि छुन लाग्यो |आखा धमिलो,बोलि तोते,हात खुट्टा लुरो त भयो भयो तर मन अझै कोमल हुदै गयो | जति जति बोत्तल रित्तिदै जान्थियो,त्यति नै यो दिमागमा उनको यादहरु भरिदै थियो | बिस्तारै रात संगै साथीहरु पनि यता उता ढल्न लागे | पुराना साथि सबै ढले तर पनि म भने एक्लै परिन |आज भर्खर बनाएको नयाँ साथि,मेरो बोतल चाही म संगै थियो | दाहिने हातमा बोतल,देब्रेमा मोबाइल र गिलास बोकेर म छठ तिर निक्लिए |
