Part 38

“हाम्रै कहानी हो कि के हो| मिल्न मिल्न खोज्दै छ |” मुभिको मध्यान्तरको मौका मिलाएर उहासंग जिस्किदै यति भने,आश चाही हाम्रो कहानी जुन मध्यान्तरमा छ,त्यसलाई अघि लग्ने थियो| तर उहाको जवाफ यस्तो आयो जसले मन खिन्न मात्र हैन म आफै पनि चिसिए|

“अरु जे गर तर मलाई माया गर्ने गल्ति नगर| बुझिस् नि|” मैले जिस्किएर बोलेको वाक्यको यस्तो उत्तर आउदा, खिन्न हुन्न त म| मैले के नै भनेको थिए,त्यो पनि जिस्केर ,उहाले पनि जिस्केर लिएको भए हुन्थ्यो नि, जिउ नै चिसिएर आयो| केहि समय अघि भएको भए,म चुप लागेर बस्थिए होला तर अहिले भने जिद्दी गर्न सक्छु उहासंग, उहाले भन्न खोजेको चाहीजे हो,त्यो बुझ्न मन लाग्यो|

“किन र?” मैले सोधेको यो प्रश्न जम्मा दुइ शब्दको छ तर मैले खोजेको जवाफले उहाको मनको सबै कुरा समेट्नु पर्छ अब|

“म राम्रो मान्छे हैन,त्यसैले|”

“हजुर राम्रो हो कि हैन,त्यो अरुले भन्ने हो हजुरले हैन|”

“म राम्रो भए पनि, नराम्रो भएपनि,तेरो लागि चाही म सहि मान्छे हैन|”

“मैले न परिक्षा लिएको हो न परिक्षा दिएको हो,सहि गलत हेर्नलाई|”

“जीवन पनि एउटा परिक्षा नै हो,सहि गलत हेर्नु पर्छ|”

“संसारको सबै भन्दा धनि मान्छेले पनि कलेज छाडेको थियो,खै उसले परिक्षा पनि दिएन नि|त्यहि पनि उ अहिले सफल छ|”

“सफल छ उ तर के खुसि छ?”

“खै मैले अहिले सम्म दुखि देखेको छैन|”

“मुहारको हासोलाई खुसि कसरि मान्न सकिन्छ, जव आखाबाट यात्रा सुरु गरेका आशुहरु त्यो हासिरहने ओठ पुग्दा सम्म भेल हुन्छन र सबै खुसि बगाएर लाग्छन|”

“मनमा खुसीको बाध लगाउन सकेभने त्यस्ता दुखका धेरै भेल हरु छेक्न सकिन्छ|”

“खुसि हुने रहर सबैलाई हुदैन| कोहि त्यहि दुखको भेलमा बगी जान रुचाउछन्|”

“हजुर लेखक पर्नु भयो ,थाहा छ हजुरसँग बोलेर सक्दिन,एउटा प्रश्न सोध्छु,उत्तर दिनु हुन्छ?”

“प्रश्न चित्त बुझ्ने छ भने|”

“माया के हो हजुरको लागि?”

“माया त्यो सुमधुर संगीत हो,जसमा रमाउने धेरै हुन्छन् तर बुझ्ने केहि मात्र|”

“त्यसो भए बिस्वास के हो?”

“अत्तर हो!जुन छिट्टै लाग्छ,थोरै भए पुग्छतर कुन बेला उड्छ थाहा हुन्न|”

“त्यो अत्तर किन उडेर जान्छ?”

“शंका र समयको हुरी अघि के नै टिकेको छ र अहिले सम्म|”

“त्यसो भए सम्बन्ध कस्तो हुनु पर्छ?”

“चंगा जस्तै! जसमा यति विश्वास हुनु पर्छ कि तीमी स्वतन्त्र भएर उड्न सक्छौ र शंकाको हुरीले पनि चाडै चुडेर लग्न नसकोस्|”

“म पनि त्यसरी नै उड्न चाहन्छु,केवल हजुर डोरी भएर साथ दिनु|”

“यो डोरी पहिले नै चुड्डी सक्यो,अभ फेरी कसैलाई साथ दिने …….”

यति भन्दा भन्दै उहा रोकिनु भयो,अगाडी बढ्न चाहनु भएन,सायद उहाले यहि कुरा लुकाएर बस्नु भएको थियो अहिले सम्म,जुन कसैलाई थाहाछैन,तर आज उहाको मुखबाट फुत्कियो,जसरि तेल लगाएको हातबाट सिसा फुत्किन्छ|

Previous article
Next article

Latest Posts