छतमा जाने निर्णय ठिक कि बेठिक छुट्याउन सकिन | आखा भरिएको थियो र गिलास रित्तो,बोतललाई केहि ढल्काएर गिलास भरे |आखा भने भर्नु नपर्ने,आफै भरिदै गयो | भर्खरै भरेको गिलास मेरो ओठको स्पर्ष पछि फेरी रित्तियो | पुर्णिमाको रात थियो,चन्द्रमा बन्द आखाले पनि देखिने गरि आफ्नु पूर्ण रूपमा थियो | अहिले सम्मको पिडा जसरि भए पनि सहदै थिए तर पिडा असहय त्यो बेला भयो जब चन्द्रमामा पनि सारिकाको मुहार देखिन लाग्यो | पिडा घटाउने अन्तिम उपाय भनेकोनै सारिकलाई फोन गर्नु थियो | तर आजबाट कहिले फोन नगर्न भनेर बाचा-कसम गराएकी थिन् | जब सम्बन्ध नै रहेन भने बाचा-कसमको के मोल | फोन लाग्यो,घन्टी बज्यो , गालि गर्छिन कि भनेको,उसको हालत म भन्दा नाजुक रहेछ | उसको बोलीबाट उनी रुदै गरेको कुरा स्पस्ट थियो |
“कति ढिलो फोन गरेको तिमीले?” उसको यो प्रश्नले उनी पर्खाईको पिडामा जल्दै गरेको कुरा बुझ्न मलाई गार्हो भएन | उसको त्यो सिथिल र रुन्चे स्वरले मेरो रोकिएको आशु फेरी बग्न थाले |
मुखबाट शब्द कम र नयनबाट आशुको बहाव धेरै थियो |एकान्त र शुन्यतामा खसेको आशुको मोल मात्र हुने भए,यो दुनिया अहिले निकै फरक हुन्थियो होला | उनीसंग बोल्दा बोल्दै कुन बेला निदाए पत्तो भएन | फोन राख्नु अघि हामीले बोलेको एक एक कुरा मलाई पूर्ण रुपमा याद छ | उसले बोलेको हरेक वाक्य अहिलेसम्म पनि मेरो कानमा हरेक पल गुन्जिन्छ | फोनमा बोल्दा बोल्दै भक्कानो छोडेर रोएको, थाहाछ एक छैनौ तर पनि छिन् छिनमा लब यु भन्ने,लब यु पछि फेरी रिसाउने| छुट्टिनु बाध्यता थियो र हामिले गरेको निर्णय पनि तर योबाट हामि दुइ मध्य कोहि पनि खुसि थिएनौ |खुसि भएको भए पक्कै पनि आशुको भेल बग्ने थिएन |
भुल्न नसक्ने पल धेरै छन् तर यो पल चाही हरेक बेला झझल्को बनि मेरो आखा अगाडी आउछ ,जब उसले रुदै सुरु गरिन्:
“धोका एउटाले दिन्छ तर किन जहिले दुबैलाई पिडा हुन्छ ?”
“पिडा जति मलाई देउ,खुसि तिमीले लिदा हुन्छ |“
“तिमीले भने जस्तै,सबै त्यति सजिलो हुन्छ र ?”
“त्यसो भए जिबन भर दुबैले आशु खसाल्नु गतिलो हुन्छ र ?”
“भाग्यमा लेखिएको यहि रहेछ, यसलाई अभ मेट्न सकिन्न ”
“भाग्य त हाम्रै हातमा छ,यसलाई फेरी लेख्न सकिन्छ |”
“भाग्य फेरी लेख्लाउ,तर मेरो मनको चोट कसरि मेत्छौ?”
“समय बित्दै जान्छ,बिस्तारै मलम पक्कै भेट्छौ |”
“चोट मेटिएला,पिडा भुलिएला तर तिमिबिना कसरि म खुसि भएर बाच्नु ?”
“सधै संगै भएनौ तर सम्झना त संगै छ,याद आए संगै बितेका पल सम्झेर हास्नु |”
“खुसि त तिमिसंग जानेछन मेरो, हास्ने कुरा गर्छौ यहाँ बाच्न पनि मुस्किल छ |”
“वहियात कुरा नगर, समय संगै सबै कुरा बिस्तारै भुलिन्छ |”
