Part 39

यति भन्दा भन्दै उहा रोकिनु भयो,अगाडी बढ्न चाहनु भएन,सायद उहाले यहि कुरा लुकाएर बस्नु भएको थियो अहिले सम्म,जुन कसैलाई थाहाछैन,तर आज उहाको मुखबाट फुत्कियो,जसरि तेल लगाएको हातबाट सिसा फुत्किन्छ|
कती सोधे उहालाई तर उहाले केहि भन्न मान्नु भएन आफ्नु अतितको बारेमा|त्यो मुभिको मध्यानतरमा एउटा नयाँ कहाँनी सुरु भएको छ तर यो नयाँ कहाँनिको मध्यानतर अघिको पृस्तभुमी मलाई केहि पत्तो छैन| हल देखि,हलपछि गएको क्याफे,अनि त्यसपछि बेलुका सुत्ने बेला अघि सम्म , एक पल त्यस्तो थिएन जब मैले उहालाई सोधिन होला तर उहाको जवाफ कहिले आएन। जवाफ त आयो तर जहिले कुरा उहाले अरु तिर मोड्ने ।
मेरो मान्यता जहिलेवाट उही थियो,प्रेम प्रस्ताभ राख्ने काम केटाको हो,केटीको हैन तर आज उहाले गर्दा आजबाट मेरो यो मान्यता बिलिन भयो। अघि दिउसो पनि मैले उहालाई प्रेम प्रस्ताभ राखे,चाहे त्यो सिधै नभएपनि।मेरो प्रस्ताभ सिधै थिएन तर उहाको उत्तर भने सिधै थियो,जसले मेरो मनको कति छिया गर्यो गर्यो। 
पहिलो पल्ट हो लाज लाग्ने,अब त मेरो लाज पनि पचि सक्यो। हो मलाइ केहि थाहाछैन उसको अतितको बारेमा,तर उहाको भबिस्य म हुन चाहन्छु। फेरी पनि उहाको अघि प्रेम प्रस्ताभ राखे।
“म हजुरको मायामा समर्पित हुन चाहन्छु ,जस्तै फुल समर्पित हुन्छ भगवानको अगाडी।”
“अर्कै फुल पनि धेरे अघि समर्पित भएको थियो मेरो मायामा ।” 
“तर त्यो फुल म जति सुन्दर छैन होला नि ।”
“सुन्दर भएर के गर्नु , उनि जस्तै ओइलाएर जानछस् त पनि।”
“म ओइलाएर जाने फुल हैन,सधै संगै हुन्छु ।”
“मखमली पनि कहिले ओइलाउदैन, तर जहिले बिजाउछ।”
“उहिले झरी गएको फुललाइ कति महत्व दिनु हुन्छ।”
“पारिजात हो नि त उनि, झरी गए पछि झन् महत्व बढ्ने।”
“जे साथमा छैन,त्यसलाई महत्व दिएर के हुन्छ भन्नुस त।”
“साथमा नभए मनमा त छ नि ।”
“मरेको कुरालाइ कहिले सम्म राख्नु हुन्छ मनमा,मन हो हजुरको चिहान हैन ।”
“चिहान नै भने पनि हुन्छ, तर उसको माया निकालेर फ्याल्न सक्दिन।”
“त्यसो भए त्यो चिहानमा मलाई पनि राख्नुस्,म पनि मर्न तैयार छु हजुरको मायालाई।”
“भन्न सजिलो छ तर मायामा लास हुनु सजिलो छैन।”
“हजुरलाई थाहाछैन,तर म हजुरको मायाको अवाभमा पल पल मर्दै छु।” 
“मेरो माया अक्सिजन हैन,जसको अवाभमा कसैको ज्यान जान्छ ।”
“सबैलाई बाच्न अक्सिजन नै चाहिन्न। बिरुवालाई अक्सिजन चाहिन्छ बाच्नलाई? हजुरको मायाको आभास नै हो अब मेरो लागि बाच्ने आधार।”
“मलाइ माफ गर्,म तलाई बचाउन सक्दिन त्यसो भए।”
“त्यसो भए अब मेरो लास हेर्नुस् भोलि।” यति भन्दै मेरो मेसेन्जरको भिडियो अन भयो र उहालै देखाउदै मैले आफ्नु हात एक ठाउमा काट्न लागे। डर चाही थिएन मनमा एक रत्ति पनि.किन थाहाछैन । कहिले सोचेको थिन,कसैको लागि म आफ्नु ज्यान दिन सक्छु।
“हेर्नुस ,यहि रातो रंगको सिन्धुर लगाउन मन थियो हजुरको मायाको तर यहि रातो रंग संगै मेरो जीवन सकिन्छ।” सायद अब मैले बोल्ने अन्तिम शब्दहरु मध्य यो एक थियो ।
“त पागल नबन,त्यो चक्कु हता आफ्नु हातबाट।” मेरो मनमा डर थिएन तर उहा डराएको म पहिलो पल्ट देख्दै छु र उहाको आखामा अरु केहि पनि थियो तर के भनेर मैले बुझ्न सकिन,सायद मेरो आखाको द्रिस्य धमिलो हुदै गएर होला ।आखाले सबै धमिलो देखे पनि ,आफ्नु रगत जुन मेरो ओक्षान भरि छ,त्यो चाही प्रस्ट गरि देख्दै छु।
“मायामा पागल थिए,अब साच्चिकै हुदैछु,के भयो र?” अब यसपछि म केहि बोल्छु भन्ने आश छैन मलाई ।अघि सम्म जे धमिलो देख्दै थिए ,त्यो सबै अन्धकारमा बिलाउन लाग्यो र मेरो आखा अघि पुरै अन्धकार छारिदै गयो।
“म पनि तलाई ……. ” उहाले यति मात्र भनेको सुने र त्यसपछि के भयो याद छैन। सायद म ढले होला तर जब आखा खुल्यो म हस्पिटलमा …….

Previous article
Next article

Latest Posts