धेरै भिड बीच एउटा मुहार चिने जस्तो लाग्यो र त्यो मुहार सारिकाको थियो | माया भन्ने चिज पनि कस्तो अचम्मको हुने, सुन्दरता चाही गुलाबको जस्तै अत्तिनै सुन्दर,प्रकृति भने मखमलीको जस्तै कहिले नओइलाउने | सारिकालाई देख्ने बित्तिकै किन हो किन पुराना दिनहरु एकाएक याद आए | उसलाई गएर भेटौ कि दुरी कायम राखु भनेर बादबिबाद चल्न लाग्यो मेरो मनमा | भेट्नु पर्छ भनेर मुटु पक्षमा उभिएको थियो र भेट्नु हुन्न भनेर मस्तिस्क बिपक्षमा उभिएको थियो | दुबैले आफ्नु आफ्नु तर्क राख्दै थिए |
“गएर भेट्न,केहि हुन्न, पहिले पनि बोलेको त होस् नि |”
“पहिले बोलेको भनेर हुन्छ र ! बल्ल तल्ल भुलेको छस्,नबोल |”
“उसको यादलाई भुलेको हो,उसलाई हैन |बोल्नै पर्छ तैले |”
“ पिडा याद छ अलग हुदाको? फेरी त्यहि पिडा चाहियो तलाई ?”
“खाना खादा एक पल्ट मुख पोल्यो भन्दैमा खाना खादै नखाने हो र ?”
“माया र खानामा धेरै फरक छ ? यो मुटुको कुरा नसुन पछी फेरी फस्छस् |”
“फरक रे ! खानाले जिबन दिन्छ र मायाले जिबन जिउन सिकाउछ | माया गर्ने बेला तैले दिमागलाई कहिले सोधिस ? अहिले किन सोध्नु ?गएर बोल |”
दुइतैको तर्क अब्बल थियो,म फैसला गर्न असमर्थ हुदै थिए | आखिर बोल्न जाउ कि नजाउ ? मैले बोल्न जादा उ बोलिनन् भने फेरी अर्को बेइज्जत |नबोले भने त ठिकै छ तर झर्कि भने मैले त्यहाँ आफ्नु मुख कसरि देखाउनु |
