“म मान्छे बरिस्त,अनि के गर्छौ त |” उनि एक्कासी बोल्न आउदा अकबक परे र दिन नहुने उत्तर फर्काए |
“ कस्तो टिमुर्केको के तिमि |” उसको यो जवाफ स्वाभाविक नै थियो |
“जिस्केको के लाटी |” सफाई दिनु उचित लाग्यो |
“थाहाछ के तिमि जिस्केको भनेर,मसंग त्यसरी बोलेउ भने त ज्यान लिन्छु तिम्रो |“ हास्दै भनिन् उसले|कस्तो मिठो हासो उसको | उसलाई हेरु कि उसको बोलि सुनु,पुरै दुबिधामा परे |
“अनि म चाही चुप लगेर बस्छु होला त ?” पहिले उसंग जसरि बोल्थिए,अहिले पनि बोल्ने शैली उही थियो मेरो |
“थाहाछ तिमि मान्छे चन्दाल हो | जे नि गर्न सक्छौ |” फेरी नया नाम आयो मेरो लागि | भेटे पटक न्वारन हुन्थियो मेरो |
यस्ता कुराकानी धेरै चल्यो | सम्बन्ध उही थिएन तर भाव भने पुरानै थियो | केहि बदलिएको थिएन हामीबीच | एकछिनमा साथि पनि बोलाउन आए |उसंग पर हुनुपर्यो फेरी | अरु साथिले उसलाई दिदि भन्दा खेरि मैले हासी हासी हात समातेर उसंग बोलेको देखेर,त्यहाँ जल्ने मान्छेको कमि थिएन | केटाहरु मात्र नभएर त्यो लिस्टमा बर्षाको नाम पनि थपियो | एकपल्ट त बर्षाले मलाई तानेर सारिकबाट पर पनि पारिन् |जे होस् त्यो दिन निकै मज्जाले कट्यो |
“आज अचानक भेटिएउ ,खुसि लाग्यो |” छुट्टिदा अन्तिमपल्ट उसले यति भनिन् |
“जिबन निकै लामो छ र संसार निकै सानु | जिबनमा हजार मोड छन् र हरेक मोड कुनै चौतारीमा पुग्छ |कुनै न कुनै चौतारीमा भेट त पक्कै हुन्छ,भेटेको बेला चौतारीमा बसेर फेरी मज्जाले बात मार्नु पर्छ है सोल्टिनी |” लामो भए नि एकै सासमा आफ्नु मनको कुरा भने|
काम केहि नगरे पनि थाकेको थिए | घर पुग्ने बितिकै निदाको पत्तो भएन |
<<<>>>
“हेल्लो,ओइ मुला किन अफ्लाइन गाको त ?वर्षा पर्खेर बसेकी छे |“ अभिको फोनले मलाई आफ्नु सम्झनाको यात्रा बात फेरी बर्तमानमा तान्यो |एकैछिनमा पुरै अतित सम्झिन पुगे मैले| mig33 मा बोल्दा बोल्दै,पुराना दिनहरु सम्झिने क्रममा,यस्तो मग्न भए कि अफलाइन गएको नि पत्तो भएन | म यता पुराना दिनहरु सम्झिदै मख्ख थिए,वर्षा भने मेरो रिप्लाई कुर्दै |
