Part 5

अलग भए नि सम्झिनलाई,मसंग हामीले संगै बिताको पलको मिठो याद थियो | तर मलाई उसको अनुपस्थितिले पिरोर्थियो | गएको केहि वर्ष त झन् संगै बसेको,धेरै कुरा भयो त्यो बिचमा,उसले नि माया गर्छे कि जस्तो लाग्दै थियो | संगै बिताएको ३ वर्षको एक एक पल याद छ मलाई|याद त्यो सबै अझै ताजा छ,रानी थिन उनी कहानीको राजा म,उ संगै हुनुको मज्जा बेग्लै थियो,उसको मुहारले मेरो मुटुमा खेल खेल्दै थियो,गफको भरमा पुरै दिन काटीन्थियो,हाम्रो सम्बन्ध साथि भन्दा केहि माथि थियो, उसको त्यो पुरानो हुदैन माया को भाका,त्यो सुन्दै दिन बित्थियो आधा,सायद म पनि उसको लागि केहि खास थिए,एकदिन लुकेर उसको झोलामा प्रेमपत्र नि राख्थिए,तर नाम खोल्ने हिम्मत मैले गरिन,माया गरेपनि हिम्मत जुटाउन सक्ने म परिन|यस्तै थिए छुट्टिनु अगाडीको यादहरु| कक्षा कोठा भिन्न भएसी बिस्तारै दिनहरु खल्लो हुदै थियो|बोलचाल त हुन्थियो तर पहिले भन्दा निकै कम|

हामि केटाको केहि बानि चै सारै खराब | कोहिसंगको बिछोड सहनै नसक्ने|बिरालोले बच्चा सारे भन्दा हामीले आफ्नु मन सार्छौ यो बेलामा |अर्को बानि चाही कोइ केटिले हासेर हेरी भने छुट्याउन सक्दैनौ,हासेर हेरेको हो कि हेरेर हासेको | उनले नि जहिले हासेर हेर्थिन|मैले माया हो कि मित्रता छुत्याउनै सकिन | धेरै सोचे कि सोच्दै सोचिन थाछैन मलाई |त्यो सहि हो कि गलत त्यो नि थाछैन मलाई |जे ठिक लाग्यो त्यहि गरे |क्लास ८ को जिल्ला स्तरीय परिक्षाको अन्तिम दिन थियो | बिस्तारै बालकपनले छोड्यो ठुलो भयौ हामि,रहिन मा राजा तर अझै थिन उनी मेरो रानी,अभ त अत्ति भयो भनेर हिम्मत जोडे,उनलाई एकान्तमा पारेर प्रेमपत्र दिदै रोके| हुन त मेरो प्रेमपत्र उनीले पहिले पनि पाइसकेकी थिइन्, तर नाम चाही खोलिएको थिएन | यसपाली चाही आफ्नै हातले दिए, नाम खोलि रहनु नि परेन| त्यो लिएर उनि घर तिर लागिन र म भने प्रतिक्षा गर्न लागे|

त्यो प्रेम पत्रको प्रत्यक शब्द याद छ मलाई, हुन त जम्मा ३ वाक्य थियो, याद किन नाहोस्|३ वाक्य भएर के गर्नु र , मैले मनमा भएको र भन्न खोजेको सबै कुरा समेटेको थिए त्यसमा| “ब्यक्त गर्न जान्दिन म यी कुराहरु | न त लेख्न आउछ , न नै कुन समयमा कसरि भन्ने जान्दछु म यी कुराहरु| जान्दछु त केवल कि म माया गर्छु तिमीलाई र गरि रहनेछु |” यहि तिन वाक्यले सजिएको थियो |

अभ पल थियो प्रतिक्षाको, ६ महिने बालकले आफ्नु आमाको स्तनपान पर्खेझैँ, साइलीले विदेशमा भएको साइलोलाइ पर्खे झैँ, साझको ७ बजे कुनै मान्छेले बानेश्वर चौकमा गाडी पर्खे झैँ,नेपालीले बिकास पर्खेझैँ, काठमाडौँ बासीले मेलम्ची पर्खेझैँ, रा.प्र.पा. ले राजा पर्खे झैँ, मेस्सी र रोनाल्डोले विश्वकपको ताज पर्खेझैँ , म पनि उनको जवाफको पर्खाइमा थिए| जिल्ला स्तरीय पछी लगतै १ महिना बिदा भएको थियो र मेरो पर्खाईको पनि लम्बिएको | स्कुल खुलेको पहिलो दिनमै उसको घर अघिको बाटो गएर उभिए र केहि थप पर्खिए| उनि आइन् र उनि संग मेरो थुप्रै सपनाहरु पनि आउदै थिए| “के सोचेउ त?” उनि मेरो सामु आउने बितिकै मेरो पहिलो वाक्य नै यहि थियो | हुन त मैले उसलाई सोच्न नि भनेको थिन, मैले त केवल आफ्नु मनको भावना उनीसामुराखेको थिए| उनीले पनि ब्यागबाट एउटा कागज निकाल्दै. भनिन् “…………”

Previous article
Next article

Latest Posts