उसले मेरो प्रश्न सुन्ने बित्तिकै मेरो आखामा हेर्यो, अनि मलाई चुम्न लाग्यो| मैले प्रतिकार गर्नु पर्ने हो तर किन गर्न सकिन| उसले मलाई चुम्दै ओछ्यानमा पल्टायो अनि मेरो माथि चढ्यो| “आइ लब यु|” यति भन्यो र छेउको सिरानी हातमा लिएर, त्यो सिरानीले मेरो अनुहार थिच्न लाग्यो| उ मेरो माथि छ, आफ्नो शरीरले मेरो शरीर थिचेको छ, म हल्लिन पनि सकेको छैन| सकेजति तागत लगाएपनि उसलाई आफु माथिबाट पन्छाउन सकेको छैन| उसले आफ्नो पुरै बल लगाएर आफ्नो दुवै हातले मेरो अनुहार थिच्दै छ| म निस्सासिन लागे, मेरो शरीरमा थप तागत छैन| अघि सम्म हात खुट्टा छट्पटाउदै थिए मेरा, अहिले त्यसमा पनि जान छैन| अब केहि सेकेन्ड, अनि सास संगै मुटुको धड्कन रोकिन्छ, सकिन्छ मेरो जीवनको यात्रा यहि| आखा अगाडी अतितका सबै पल आउदै छन्| पल संगै जीवनका महत्वपुर्ण मान्छे पनि आखा अगाडी छन्|
यत्तिकैमा मेरो दाहिने हात केहि बस्तुमा पुग्यो, मेरो हातमा कलम छ| यहि हो मेरो बाच्ने अन्तिम आश| बाकि रहेको शक्ति जुटाए अनि त्यो कलम समाए र त्यसले क्षितिजको जिउमा प्रहार गर्न लागे| पहिलो प्रहारसंगै उसले अझै बेस्सरी सिरानीले मेरो अनुहार थिच्दै छ| मेरो दोस्रो प्रहार अनि अझै उसको पकड मजबुत भयो| अब थप शक्ति छैन, जति शक्ति छ, एक पटकको प्रयासमा लगाउनु पर्छ| फेरी पनि कलमले क्षितिजमाथि प्रहार गरे र यो पालि एक पटक हैन तिन पटक| कलम भिज्यो, उसको रहू कलममा छ, उसको पकड केहि कम भयो र मौकाको फाईद उठाउदै मैले उसलाई आफुमाथिबाट हुत्त्याए| उ ओछ्यान भन्दा केहि पर गएर पछ्छारियो| भित्तामा ठोकिएको हुनु पर्छ, ठुलो आवाज आएको छ| उ कहाँ छ, कस्तो हालतमा छ, त्यो हेर्न लागे भने म फेरी पनि उसको पकडमा पुग्छु| ढोका बन्द छ, बाहिर जानलाइ ढोका खोल्नु पर्छ र त्यो बेला सम्म क्षितिज पनि आफ्नो खुट्टामा हुन्छ| त्यो गर्न मिल्दैन| म दौडिएर, वासरुम गए|
म पछाडी पछाडी क्षितिज पनि आउदै छ, उसको पाइलाको आवाज सुन्न सक्छु| म वासरुम भित्र पसे र ढोका लगाए| थोरै पनि ढिलो गरेको भए, क्षितिजले मलाई फेरी पनि समाउथियो| मैले वासरुमको ढोका लगाउदा उसको औला च्यापिएको हुनुपर्छ, उ बेस्सरी चिच्यायो| म केहि बेरको लागि मात्र म यहाँ सुरक्षित छु| यहाँ बाट बाहिर निक्लिनु पर्छ| तर कसरि? बाहिर कसैलाइ फोन गरे भने उनिहरु सहयोगको लागि आउनेछन्| हात बगलीमा लागे, बगलीमा मोबाइल छैन| बाहिर खसे छ| दिमागमा एउटा मात्र उपाय छ, त्यो पनि काम लागेन| अब के गर्ने? वासरुममा भेन्टिलेसन छ, निकै सानो छ| त्यहाँबाट निक्लिनु अस्वम्भव छ| तर म त्यहाँबाट चिच्याउन त सक्छु नि| “बचाउ! बचाउ!” भनि चिच्याउन लागे| एकछिन चिच्याए तर कसैले सुनेन सायद| सुनेको भए मदतको लागि कोहि आउथियो| कोहि आएन, अब न कुनै उपाय छ न कुनै आशा|
बाहिर अझै पनि आवाज आउदै छ| क्षितिज केहि गर्दैछ, केहि खोज्दै छ| उसले दुइ तिन पल्ट वासरुमको ढोकामा पनि हिर्कायो| फुटाउन खोजेको हो उसले तर सकेन| एकछिन पछी आवाज अचानक बन्द भयो| के क्षितिज गयो कोठाबाट? के अझै पनि कोठामा छ? ढोका खोलेर हेर्न आट आएन| यदि आट आएको भएपनि त्यो मुर्खता हो बहादुरी हैन| के थाहा क्षितिज मलाई पर्खेर बस्दै छ कि? मैले ढोका खोल्नु अनि उसले मलाई दबोच्नु संगै हुने हो कि? कुनै जोखिम लिने हालतमा छैन, अहिले मेरो ज्यान नै दाउमा छ| केहि न केहि वा कोहि न कोहि पक्का आउछ मदतको लागि, यहि आश गरि बसेको छु|
बाहिर कोहि हिडेको आवाज आयो, क्षितिज हो पक्कै| मतलब उ अघि कोठामा थिएन? राम्रो मौका थियो मसंग भाग्ने तर खेर गयो| तर के थाहा उ बाहिर चारा ढुके झैँ मलाई ढुकेर बसेको पनि हुन सक्छ नि| उसको पाइला वासरुमको ढोका तिर बढ्दै छ| उसको पाइलाको आवाज, वासरुमको ढोका निर आएर रोकियो| उसको पाइलाको आवाज रोकियो तरकेहि अरु आवाज आउन लाग्यो| बाहिर उसले केहि खन्याउदै छ| वासरुमको ढोकाबाट वासरुम भित्र केहि आउदै छ| हेर्दा पानि जस्तो छ तर पहेलो छ| कहिँ उसले सु… हैन हैन, त्यो हुन सक्दैन| थुक्क, पेट्रोल हो| पेट्रोल गनायो| उसले बाहिरबाट पेट्रोल खन्याउदै छ| उसले मलाई जिउदै जलाउन खोज्दै छ? आखिर किन? मैले के गरे त्यस्तो? झगडा भएको थियो तर मेरो ज्यान लिनु पर्ने झगडा हैन| झगडा जति ठुलो भयो भने पनि, बिबादमा सोचमा आउने हो तर ज्यान लिन त मिल्दैन नि| कहिँ म सुबोधसंग नजिक हुदै छु भनेर उसले यो सबै गरेको हैन नि? उसले मलाइ अरुसंग देख्न नसकेको हैन नि?
बाहिरबाट लाइटरको आवाज आउदै छ| पहिलो प्रयासमा बलेन, त्यसैले दोस्रो प्रयास गर्दै छ उसले| म यहाँ भित्र यसरि नै बसे भने मेरो बच्ने सम्भावना एक रत्ति पनि हुदैन| म यहि जल्नेछु, तड़पिने छु| यदि मर्नु नै छ भने, बाच्ने कोशिश गरेर मर्छु| बाच्नु अघि नै हार मानेर दुइ पल्ट मर्नु छैन| मैले ढोका खोलेर भाग्ने प्रयास गर्ने भने बाच्ने सम्भावना थोरै भए पनि हुन्छ| ढोका खोले र ढोका खोल्ने बित्तिकै मलाई क्षितिजले समात्यो| मैले चिच्याउन खोजे, उसले आफ्नो हातले मेरो मुख थुन्यो र मलाई वासरुम भित्र लग्यो| उसले मलाई पछाडीबाट यसरि जकडिएको छ, म पूर्ण रुपमा उसको काबुमा छु| उसले वासरुमको ढोका लगायो र मेरो अनुहार वासरुमको ऐनामा जोत्यो| वासरुमको ऐनामा मेरो अनुहार जोडिएको छ र उसले थप बल लगाउदै छ| उसले अझै थोरै बल लगाए भने मेरो अनुहार ऐना भित्र नै जानेछ या ऐना फुट्नेछ| ऐनामा मैले केहि देख्दैछु| त्यहाँ केरिएको छ सायद| थोरै बल लगाए र आफ्नु अनुहार ऐनाबाट थोरै पर हटाउन खोजे| एक सेकेन्डको लागि सफल भए तर फेरी पनि क्षितिजले मेरो अनुहार ऐनामा पुर्यायो| र यो पालि अझै धेरै बल लगाएर| त्यो एक सेकेन्डमा मैले ऐनामा के कोरिएको छ देखे| त्यहाँ जुँगा कोरिएको छ|
यसको मतलब? अहिले सम्म मैले भोग्दै थिए, त्यो भुत या प्रेत थिएन? क्षितिजको खेल थियो सबै? मतलब क्षितिजले पहिले पनि मेरो प्राण लिन खोज्दै थियो? मतलब क्षितिजले मलाई कहिले माया नै गरेन? मतलब क्षितिजले मेरो डरको फाइदा उठाउदै थियो? मलाई त्यो भयानक र डरलाग्दो सपना आउने, मैले त्यस्तोआकार देख्ने क्षितिजसंग भए पछी मात्र भोगेको हो| त्यसैले त क्षितिज मबाट पर भएपछी एक चोटि पनि मसंग यस्तो घटना दोहोरिएन| क्षितिजले म विरुद्ध षडयंत्र रच्दै थियो अहिले सम्म| तर किन? क्षितिजले यो सबै किन गर्दै छ? मैले गल्ति मान्छेलाइ माया अनि बिस्वास गरेछु|
थोरै अझै बल लगाए र…
