Part 45

थोरै अझै बल लगाए र आफुलाई उसको पकडबाट मुक्त बनाउन खोजे| उसको पकड मजबुत छ, मेरो प्रयास व्यर्थ गयो| ऐनामा मैले उसको अनहार देखे तर उ क्षितिज हैन| उसको अनुहार छोपिएको छ अनि संग एउटा डायरी जस्तो केहि छ| यो सपना हो कि यथार्थ  बुझ्न नै गाह्रो भयो| सपना हो भने एकछिनमा बिउझिने छु, हैन रैछ भने शरीरबाट आत्माले मुक्ति पाउनेछ| म थप कोशिश गर्न सक्दिन र प्रयास गर्न छाडिदिए| मेरो अनुहार अझै बेस्सरी ऐनामा थिचिदै छ र यत्तिकैमा मेरो निन्द्रा खुल्छ| धेरै पछी फेरी पनि डरलाग्दो सपनाको सिकार भए म| सपना हो तर कहाँबाट? सुबोधसंग छुट्टिने बित्तिकै सबै सपना हो कि म दोस्रो पटक कोठामा आएपछी मेरो सपना सुरु भएको हो?

मोबाइल छेउमा छ, मोबाइल अनलक गरे अनि कल लग हेर्न लागे| मेरो मोवाइलमा नया नम्बरबाट फोन आएको रैछ हिजो| मेसेज नि? मेसेज बक्स खोले, त्यहाँ पनि हिजोको तिन वटा मेसेज देखे| मतलब बारको सबै घटना सत्य हो| मतलब म बार बाट कोठा पुगे, यो पनि सत्य हो| कोठाको चुकुल पनि मैले भित्रबाट लाएको छु| वासरुम गए, त्यहाँ सबै चिज आफ्नो ठाउमा छ| केहि सामान कहिँ पनि बिख्रिएको छैन| मतलब क्षितिज कहिले मेरो कोठामा आएको नै छैन| बारमा त्यो अंकलसंग बिबाद भएपछी म कोठा आएर निदाएको हुनुपर्छ, अनि सपना देखेको हुनुपर्छ| तर त्यो मेसेज अनि नम्बर कस्को हो?त्यो नम्बरमा फोन गरौ? कि एउटा घटना ठानेर भुलिदिउ त्यो नम्बर लाइ? यत्तिकैमा भाउजुको फोन आयो|

फोन उठाएर बोल्छु, हेल्लो भन्छु तर भाउजु केहि भन्नु हुन्न| दुइ तिन पल्ट हेल्लो भनि सके तर पनि भाउजुको तर्फबाट केहि आवाज नै आएन| भाउजुले दुइ तिन पल्ट फोन गर्नु भयो अनि मैले पनि तर मैले एकपल्ट पनि भाउजुको आवाज सुनिन| कहिँ भाउजुको मोबाइल बिग्रिएको त हैन नि? अब दाइको नम्बरबाट फोन आयो| तर कसरि? दाइ त अमेरिका हुनुहुन्छ| फोन उठाए, फेरी पनि कोहि बोलेन| एकछिनमा फेरी भाउजुले आफ्नो देवरको मोबाइलबाट फोन गर्नु भयो र फेरी पनि मैले केहि आवाज सुनिन| मतलब मेरो मोबाइल, बिग्रिएको रैछ| मेरो मोबाइलमा केहि आवाज नसुनिने भएको रैछ| मतलब हिजो फोन गर्ने मान्छे पनि बोलेको हुनुपर्छ, मैले मोबाइल बिग्रेको कारणले नसुनेको रैछु| रिसेप्सनमा गएर भाउजुलाइ फोन गरे|
“मैया हजुरको मोबाइल बिग्रिएको रैछ| मैले त मेरो मोबाइल बिग्रियो सोची रहेको| त्यसैले दाइ, बाबु सबैको नम्बरबाट फोन गरे|” भाउजुले यति भने पछी मेरो मोबाइल बिग्रिएको रैछ भनि म पक्का भए| भाउजुसंग गफ गर्न लागे| भाउजु आज साझको बसमा फर्किने रे| भाउजुसंग एकछिनको गफ पछी फोन राखे| हिजोको नम्बरमा फोन गर्नबाट आफुलाई रोक्न सकिन| फोन लाग्दै छ र फोनको घन्टीको आवाज भन्दा पनि मेरो मुटु धडकिएको अवाज ठुलो छ| आखिर को हो हिजो मलाई फोन गर्ने मान्छे? म किन नचिनेको मान्छेलाइ फोन लगाउदै छु? कुनै प्रश्नको पनि जवाफ छैन मसंग| त्यहि जवाफको खोजिमा नै म फोन गर्दैछु| फोन उठ्यो, र उताबाट कसैले “हेल्लो” पनि भन्यो, केटीको आवाज छ|

“ को बोल्नु भएको?” दिमागको जवाफ ओठमा ल्याए|
“ कस्लाई खोज्नु भएको?” प्रश्नको जवाफमा प्रश्न नै आयो|
“ हिजो मलाई यो नम्बरबाट आएको थियो|” मलाई जवाफ चाहिएको छ, त्यसैले मैले पनि त्यो मान्छेले खोजेको प्रश्नको जवाफ दिए|
“ परजुना पो बोलेको| हिजो के भएको तिमीलाई? कहिले फोन न उठाउने कहिले फोन उठाएर पनि नबोल्ने|” फोनमा को बोल्दै छ मैले नाचिने पनि, फोनमा बोल्ने मान्छेले चाही मलाई राम्ररि चिन्छ| उसको बोल्ने शैलीले यति चाही पक्का भए|

“ आफु को बोल्नु भएको?” को हो चिन्दिन म, के भनि सम्बोधन गर्ने भनि दोधारमा परे, अनि “आफु” भनि सम्बोधन गरे|
“ म कन्चन| लेउ रबिसंग बोल|” हिजो राति फोन गर्ने रबि र कन्चन  पो थिए| अनायसै तर्सिएको रैछु म| अनायसै मनमा कुरा खेलाउदै रैछु|
“मेरो नम्बर कसरि पायौ?” रबिले यति दिन पछी फोन गर्दै छ| के छ, कस्तो छ सोध्नु पर्ने हो मैले, तर मेरो प्रश्न भिन्न अनि गलत दुवै छ|
“ नम्बर पाउनु ठुलो कुरा हैन| तिम्रो साथिले दिएको| सन्चै छौ?” रबिले सजिलै मेरो प्रश्नको जवाफ दियो अनि मेरो हाल खबर पनि सोध्यो| रबिले मेरो हालखबर सोध्दा म खुसी पनि भए अनि शरममा डुबे पनि|
“सन्चै छु| तिमि नि?” यसरि गफ थोरै अघि लगे मैले| रबि र कन्चन, दुवैसंग गफ अघि बढ्यो| दुबैले मलाई हिजो बार बाहिर, सुबोधसंग बाटोमा हिड्दै गरेको देखेका रैछन्| अनि मेरो नम्बर पत्ता लगाएर फोन गरेका रैछन| दुबैको बाहिरको भिसा लागेछ अनि दुवै पोखरा घुम्न आएका रैछन| मलाई हिजो पोखरामा देखेसी, भेट्न खोज्दै छन्|  उनिहरुसंग भेट्दा म पनि खुसि हुन्छ र हर्षित भएर हुन्छ भने| रिसेप्सनको फोनबाट नै आधा घण्टा बोले अनि दिउसो १ बजे भेट्ने योजना बन्यो| मसंग मोबाइल हुन्न पनि बताए र दिउसो १ बजे रोड हाउस क्याफेमा भेट्ने तय भयो|
१२:३० मा होटेलबाट निक्लिए अनि मोबाइल बनाउन दिएर, रोड हाउस क्याफे पुगे| पहिले उनीहरु दुबैलाई देख्दा जल्थिए म, सहन सक्थिन, अनि अहिले उनीहरुलाइ खुसि देख्दा म पनि खुसि छु| मैले जिन्दगिमा कहिले चोखो माया पाइन, अनि चोखो मायाको लायक पनि पाउदिन म आफुलाई| मैले कति दुख दिए दुबैलाई| जे भयो भयो, अब सम्झेर केहि हुदैन| उनिहरुसंग अन्तिम पटक माफी मागे| उनीहरुले मलाई माफी मात्र दिएनन्, मलाई सम्झाए पनि अनि प्रोत्सान पनि दिए| 

“कफीमा मात्र खुसियाली मनाउने कि थोरै?” कन्चनले केहि प्रस्ताभ राखिन्| मैले नाइँ भन्न सकिन| आफ्नो पापको पिजडाबाट आजाद जो भएको छु| ४ बजे सम्म गफ अनि थोरै मदिरामा रम्दै समय गयो| मोबाइल पसलबाट फोन आयो, मोबाइल लिन जानु पर्ने| छुट्टिन मन थिएन, तर छुट्टिनु पर्छ अब| मोबाइल लिए र कोठा पुगे| ५ नबज्दै कोठा पुगे र अब कोठामा गर्नलाइ केहि काम छैन| सुबोध पनि सात बजे मात्र बारमा पुग्छ| थोरै रक्सि अघि नै पिएको थिए| रक्सि भनेको पेट्रोलमा लागेको आगो जस्तै हो, थोरैबाट सुरु हुन्छ र भयङ्कर रुप लिन्छ| 7 बज्नु अघि बार गएर पनि केहि फाइदा छैन| कोठामा नै ३ बोतल बियर मगाए र पिउन लागे| पिउनु अघि ६:३० को अलार्म लगाए, कहिँ भुल्छु कि भनि| पिउदा पिउदै निकै नै पिएछु| अलार्म बज्दा म थोरै पनि होस्मा थिइन| साच्ची आज शनिबार पो हो| सुबोधले शनिबार सम्म मात्र त्यो बार आउछु भनेको थियो| यदि आज म त्यो बार पुगिन भने, भोलि देखि सुबोध कहाँ हुन्छ मलाई केहि थाहा हुन्न| जसरि पनि म त्यो बार पुग्नु पर्ने हुन्छ| 

हत्तारिएर ओछ्यानबाट उठ्दा भुइँ भरि पानि पोखियो| एक बोतल पानि सर्ल्याक पोखियो|  पानिमा ध्यान दिने समय हैन,  वासरुम गएर तैयार भए| हतार हतारमा नै तैयार भए| बार जानु अघिनै झ्याप देखिनु त भएन नि| अनुहारमा जति जे पोते पनि आखालाइ कसरि लुकाउनु| मेरो आखा हेरे भने जसले पनि भन्न सक्छ कि म सहि हालतमा छैन| वासरुमबाट निक्लिए र ब्याग बोकेर हिड्ने भएको, अघि भर्खर पोखिएको पानीमा मेरो खुट्टा पर्यो र चिप्लिएर भुइमा पछारिए| नराम्ररी पछारिए| उठ्न नसक्ने गरि पछारिए| त्यहि निदाएछु र बिहान निन्द्रा खुल्दा पनि म भुइमा नै छु|

Previous article
Next article

Latest Posts