Part 46

“त किन आएको बुटवल चाही?” यो प्रश्न नसोधी बस्न सकिन र राखे प्रश्न निष्ठा सामु|

“हफ्ता दिन बिदा छ| काठमाण्डौमा के गर्ने भयो| त्यसैले घुम्न आएको|” निष्ठाले एकपल्ट पनि न अड्किएर यति मज्जाले झुठ बोलि, मसंग यो कला चाही छैन|

“अनि बुटवल नै चाही किन नि| मामाघर छ, अरु ठाउ छ|” चित्त बुझेन उसको जवाफ, अझै केर्न लागे निष्ठालाई|

“ मामाघर पनि कति जानु| जहिले त्यहि ठाउ घुम्न पनि रमाइलो न हुनेरैछ|” उसले अघि भर्खर आफैले दिएको जवाफलाई सहि पुस्टि गर्न खोज्दै छे तर मलाई अझै चित्त बुझेको छैन|

“मामुलाई भेट्न गएको भए मामु पनि खुसि हुनु हुन्थियो होला|” हैन म किन यो सबै भन्दै छु, मलाई आफै थाहाछैन|

“हजुरलाई खुसि लागेन म यहाँ आउदा? हजुर खुसि हुनुहुन्न?” अत्ति गर्नु अत्त्याचार नगर्नु भन्छन, मैले पनि त्यहि एउटा प्रश्न सोधेर अत्त्याचार नै गरे निष्ठालाइ| त्यसैले उ पनि रिसाई, म पनि रिसाउथिए होला यदि म उसको ठाउमा भएको भए|

“मैले खुसि छैन भने र?” अब पालो उसको रिसलाइ लगाम लगाउने, त्यहि गर्न तात्पर भए म|

“नभने पनि त्यस्तै जताउदै हुनुहुन्छ| खुसि भए किन यति धेरै प्रश्न?” अघि सम्म मेरो पालो थियो प्रश्न सोध्ने, अब पालो निष्ठाको|

“ धेरै खुसि हुन डर लाग्छ, कति सम्म निर्धक्क भइ खुसि हुन सक्छु भनि थाहापाउनलाइ|” उसको रिस ठाउमा ल्याउने यस भन्दा उचित उपाय अरु केहि भेटिन|

एक फुल रक्सिमा अझै आधा भन्दा धेरै बाकि छ, मतलब रात पनि बाकि छ अनि रक्सि पनि र निकै गफ पनि| नशा रक्सिले दिदै छ अनि त्यसको साथै निष्ठा नजिकै हुनुको महसुसले पनि| उसको कलेज के हुदै छ, जिन्दगि कस्तो चल्दैछ, मामुको सरुवा कता भएको, एक्लै बस्न कति गाह्रो हुदैछ? यस्तै अनगिन्ती प्रश्नले हाम्रो मनको दुरी मेटीदैछ भने हामि बिचको दुरी चाही अहिले अलिकति पनि छैन| अघिसम्म मेरो सामु बसेकी थिइ उनि, अहिले भने मेरै छेउमा छे उ, मेरो काधमा उसको शिर छ अनि उसको हात मेरो शरीरमा|

बोतल रित्तिदै गयो, घडीले एक बजेको सुइ छोई सकेको छ र हामि दुवै नशामा चुर्लुम्म दुबीसकेको|  मनमोहक नशा हो कि यो पल छुट्टायाउन सकिन मैले| नशा निष्ठाको साथले दिएको कि रक्सिले छुट्टयान चाहिन मैले| यो पल रमाउने हो, आफैलाइ प्रश्न गर्ने हैन, त्यसैले मन भरि कुरा खेलाउन बन्द गरे| तर एउटा प्रश्नले अझै पनि न्याय पाएको छैन, त्यो प्रश्नले रम्न दिएन मलाई|

“त बुटवल किन आएको?” निष्ठा फेरी रिसाउने सक्छे यो प्रश्न सुनेपछि तर यो प्रश्नले न्याय पाउनुपर्छ, निष्ठाको रिसलाई नजर अन्दाज गरेर यो प्रश्न फेरी गरे|

मैले प्रश्न सोध्ने बित्तिकै मनमा डर भनेछ, उ रिसाई भने भनि| नभन्दै, मेरो काधबाट उसले आफ्नु टाउको हटाई, आफ्नु हात मेरो कम्मरबाट निकाली| आफ्नो हात मेरो काधमा ल्याई, मलाई उ तिर तानी, हाम्रो मुहार बीच निकै कम दुरीछ, नामको मात्र दुरी| उसको अनुहार यति नजिकबाट धेरै पछी देखेको मैले, उसको सासलाई सुन्न मात्र हैन महसुस गर्न सक्छु म| उसको पलक एक पल्ट पनि चलेको छैन, एकसुरले उसले मलाई हेर्दै छे अनि मैले पनि उसलाई|दुबैको सास भारि र लामो हुदै आयो, म उसको पुरै मुहार निहाल्न ब्यस्त थिए तर जब आखामा पुगे, एक टक भइ आखामा दुबे उसको| “हजुरलाई भेट्न आएको|”  सासे बोलीमा उसले मलाई यति भनि, जति बिस्तारै मलाई उसले यो वाक्य भनि, त्यति बिस्तारै उसले आफ्नो ओठ मेरो ओठतिर बढाउदै गइ र जोडिन पुग्यो हाम्रो ओठ| मेरो जिउ भरि नै एउटा नया तरंग महसुस गर्न सक्छु म, यो भावानालाई ब्यक्त गर्न शब्द कुनै भेटिन| यति मात्र भन्न सक्छु कि, त्यो एकपलमा मैले पुरै संसारको यात्रा तय गर्न पुगे तर त्यो पल यति सानो छ, उसको ओठ र मेरो ओठ सायद १ सेकेन्डलाइ पनि संगै रहेन| उस्ले आफ्नो ओठले मेरो ओठलाई छोएर मात्र फेरी पर लगी, सायद यति थोरै पलमा त आखा पनि झिम्क्याउन भ्याइन्न|

 “भनेर त आउनु पर्छ नि?”

“भनेर आएको भए हजुरले आउन दिनु हुन्थियो र?”

“मैले भनेको मान्ने गरेको छस् र?”

“भन्नु न मात्र, के मान्नु पर्यो|”

“अनि म यहाँ नभएको भए चाही के गर्थिस्?”

“फर्किन्थिए होला भनेर सोच्नु भएको होला| तर मैले चिनेको एक जना दिदि पनि हुनु हुन्छ नि|”

“जे भए पनि भनेर त आउनु पर्छ नि|”

“भनेर आएको भए हजुरले यसरि प्रश्न सोध्न पाउनु हुन्थिएन नि फेरी|”

“कति बोल्न सिकीसकिछे| नसक्ने भए म तसंग|”

“सक्नु हुन्छ भनेर मैले भनेको छु र? चाहे भने म अहिले हजुरको बोल्ती बन्द गरिदिन्छु|”

“कसरि?”

Previous article
Next article

Latest Posts