Part 46

जावलाखेलबाट निक्लिए र बाइक चाह्बेलको सुपर मार्टमा रोके| ब्रेक पछी रक्सि हैन कफी चाहिन्छ मलाई| कोठामा कफी अनि मुटुमा माया सकिएको थियो| कफी किने, कोठा पुगे| break up पछी पनि कुनै पिडा महसुस गरेको थिईन मैले| मन हलुङ्गो थियो| थोरै रिस पनि थियो| उनको नाटक देखेर जसलाई पनि रिस उठ्छ| जसलाई पनि किन रिस उठ्नु पर्यो, मलाई मात्र रिस उठे हुन्छ| रिस उठ्नु पर्ने मलाई मात्र हो| मलाई रिस उठ्दै थियो तर रिसलाइ हावी हुन दिन|

दुइ कप कफीले पनि तृष्णा मेट्न सकेन| कफीलाइ चुरोटले पनि साथ दिदै थियो तर मेरो मनको तृष्णा मेटिएन| मैले आफुलाई नै ढाती रहेको रैछु| मलाई चित्त नदुखेको हैन रैछ| मेरो चित्तमा डढेलो लागेको रैछ| त्यसैले त्यहि झोकमा चुरोट सल्काउदै रैछु| नत्र दुइ कप कफीको अघि २० खिल्ली चुरोटलिया सहिद बनाउने थिन मैले| चुरोट सकियो, चुरोट लिन पसल पुगे| दुइ बट्टा चुरोट संगै एक क्वाटर रक्सि पनि ल्याए| कफीले मात्र काफी नहुने भयो मनको आगो निभाउन| रक्सिले पनि छुन मानेन आज| तर थप रक्सि लिन जाने जागर छैन|

अब के गर्ने? कफीलाइ बिटुलो के बनाउनु रक्सिसंग मिसाएर|

अब के गर्नु? ओछ्यानमा पल्टिए तर निन्द्रा लागेन| यसरि तनाबमा जकडिएको समय मलाई निन्द्राले पनि छोप्दै जान्थियो तर आज निकै भिन्न छ| न निन्द्राले छोयो न रक्सिले| आयुस्माको याद आयो| तर आबेशमा आएर फोन गर्नु उचित होला र? एकछिन सोचे, दिमागलाइ घोचे अनि फोन गरे आयुस्मालाइ|

“के गर्दै छौ?” यहाँबाट सुरुवात भयो गफ| उनले मेरो र रोजिताको बारेमा सोध्नु अघिनै मैले उनलाई उनको सम्बन्धको बारे सोधे| सधैको जस्तो केहि बदलाव थिएन उनको पनि| त्यहि हो, बदलाव, झगडा, कहिले चित्त नबुझ्ने| म र आयुस्मामा मात्र एउटा फरक पाए मैले| मेरो ब्रेकअप भैसक्यो र उनको हुन बाकि छ| सम्बन्धमा ब्रेक अप पक्का छ| ब्रेक अप र मृत्यु उस्तै हो, कसैको ढिलो आउछ कसैको चाडै| रोजितालाइ जिस्किएर एउटा लाइन भन्थिए| त्यो लाइन याद आयो| “हाम्रोचार्जर त मिल्दैन, मन कसरि मिल्यो?” भनि उनलाई जिस्काएको जिस्काई गर्थिए| आज यो लाइनलाइ धोरे तोडफोड गरेर पुरा गर्न मन लाग्यो|

“जुठो स्याउ बोकेर झुठो माया गर्ने उनको बारेमा के भन्नु| उनको मोबाइलसंग चार्जर त आउदैन, साथ झन् के होला| झन्…” भयो उनको चरित्र हत्या गर्नु उचित हुन्न| सम्बन्धमा हुदा मायालु र सम्बन्ध पछी आलु भन्नु हुन्न कसैलाई|

“म त अब कहिले बोल्दिन उ संग| आज मलाई मुख छाड्यो त्यो खातेले|” आयुस्माले यस्तो शब्द प्रयोग गरेको कहिले पनि थाहा थिएन मलाई| उनलाई आज असाध्यै रिस उठेको छ| ठिकै हो| सम्बन्धमा सहन क्षमता हैन खुसि चाहिन्छ| फेरी मेरो ब्रेक भएको अनि आयुस्मा पनि त्यहि हालतमा थिइन्| म पनि यहि चाहदै थिए कि उनको पनि सम्बन्धको टुंगो लागोस्| उनि त्यो सम्बन्धमा अब फर्किन्न| मतलब उनको पनि ब्रेक अप पक्का हो| बरु समयमा नै गरे हुन्छ| किन मनमा कुरा खेलाउनु| आयुस्माले अरु पनि धेरै कुरा बताउदै थिइन् मलाई| उनलाई के के चित्त बुझेको छैन, सबै नै भन्दै गइन्|

“कति फोन गर्न सकेको होला|” अहिले पनि उसले आयुस्मालाई फोन गर्दै थियो| आयुस्मालाइ उसंग बोल्न मन छैन| तर उनलाई त्यो बारम्बार आएको फोनले चिडन् भइसकेछ|

“म आज कुरा फाइनल गरेर आउछु| तिमि कहिँ नजाउ| म फोन गरेर आइहाले|” यस्तो भनेर गएकी उनि, 10 मिनेट सम्म पनि आएको हैन| उनलाई फोन गरे, फोन उठेन| कल वेतिंगमा पनि थिएन| कहाँ गायब भइन् अचानक उनि|

मैले फोन गरेको अर्को मिनेट उनको मेसेज आयो| लेखिएको थियो “i love you|” आफ्नो आखामा बिस्वास गर्न मुस्किल भयो| आखा मिचे अनि हेरे, त्यो मेसेज त्यहि थियो| त्यो मेरो कल्पना हैन बास्तबिकता नै रैछ| आयुस्मा प्रति मेरो मनमा भावना थियो तर हाम्रो सम्बन्धलाइ नया रुप दिन तैयार थिन म| मन नभएको हैन तर आयो सबै निकै चाडै भयो| केहि घण्टा अघि ब्रेक अप गरेर आएको, अहिले अर्को सम्बन्धमा कसरि जानु फेरी| सम्बन्ध हो, ब्ल्याक कफी हैन, एउटा सकिने बित्तिकै अर्को मगाउनलाइ| तर यदि मैले आज नाइँ भने भने, आयुस्माले मलाइ फेरी कहिले पनि मायाको जिकिर गर्ने छैनन्|

“I love you too” लेखे र पठाउनै लागेको थिए, दिमागले औलामा रक्त संचार रोकिदियो| एकछिन पर्खिए र सोचे, के यो निर्णय सहि हुनेछ? मेसेज पठाउनु अघि कफीको एक चुस्की माग्यो शरीरले| ब्ल्याक कफी बनाउन गए| आउने बित्तिकै त्यो अघि लेखेको मेसेज पठाउछु भनि सोचेको थिए र मोबाइल टेबुलमा नै छाडेर गए|

कफी बनाउदै थिए, ग्यास सकियो| ग्यासको भरि सिलिन्डर छतमा छ| त्यो ल्याएर जोडे र कफी बनाए| टिसर्ट फोहोर भए यत्तिमै| हातमा कफीको कप लिएर फर्किए| कफीको कप टेबुलमा राखेर टिसर्ट फेर्न गए| टिसर्ट फेरेर आउने बित्तिकै, एउटा हातमा कफीको कप अनि अर्कोमा मोबाइल लिए| १५ मिनेट बितीसकेछ यतिमा| आयुस्माको अरु मेसेज पनि थियो| ३ वटा मेसेज|

“सरि अघि आघि मेसेज मात्र सेन्ड भयो| उसले I love you भन्दै थियो, मैले नाइँ भने| मेरो घर मुनि नै रैछ|” पहिलो मेसेज|

“मेरो आखा अगाडी छ तर म भेट्न जान्न|” उनको दोस्रो मेसेज

“ओइ, त्यो त मेरो घर भित्रै आउदै छ| मान्छेहरु पनि छन् त्योसंग|” तेस्रो मेसेज| यो मेसेज पढेर पनि बुझ्न सकिन के हुदै छ भनि| अर्को चौथो मेसेज खोले|

“उ आफ्नो परिवारसंग आएको थियो| मेरो बिहे पक्का भयो|” उनको अन्तिम मेसेज| “congratulation” लेखेर पठाए र मोबाइललाइ भित्तामा हुर्याउन लागेको थिए, याद आयो| मुटु टुटीसकेको छ , मोबाइल फुटाउन जरुरि छैन|

त्यो दिन, मैले तिन जना गुमाए| पहिलो रोजिता, दोस्रो आयुष्मा अनि तेस्रो आफुलाई| उनको याद र ब्ल्याक कफी, दुवैले अहिले पनि रातभरि सुत्न दिदैन| फरक यति छ, ब्ल्याक कफीलाई मैले रोजेको हो अनि उनको यादले मलाई|

<<समाप्त >>

Previous article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts