“अविशको फोन|” भन्दै भिनाजुले मलाई बोलाउनु भयो| मैले भिनाजुको हातबाट फोन लिए र हेल्लो भने| अविशले मलाई आज, जिन्दगि भुल्न नसक्ने उपहार दियो|
“भोलि पैसा फिर्ता आउछ, अनि म तिमीलाई पठाउछु है|” उ यति सुनेर खुसि हुन्छ भनि सोचेको थिए
“पर्दैन अब|” कहिले चिनीर दुध बिनाको खिर खानु भएको छ? छैन भने एक पटक खानुस्| त्यसरी नै भाव र कुनै उर्जा बिहिन बोल्दै थियो अविश| पैसा नि पर्दैन भन्यो, सायद अरु कहिँबाट मिल्यो होला पैसा| किन भनि सोधिन| उसको पढाइ अझै कति महिना बाकि छ सोधे उसलाई| लगभग २० महिना भन्यो उनले|
“त्यसपछि हाम्रो भेट हुन्छ|” खुसि हुदै भने| उसको सम्झना धेरै आउने गरेको छ अचेल|
“म सायद आउन्न होला|” अविशको यो जवाफले तमाचा हान्यो मलाई| अनुहार कालो भएर आयो, खुसि छैन म, मनबाट पनिअनि अनुहारबाट पनि| उसलाई किन भनि सोधे|
उसको जवाफ हाम्रो सम्बन्धको लागि फासी थियो| म अहिले सम्म आफ्नो मनमा सम्बन्धको लास राखेर बसेको थिए| उसले उही बस्ने निर्णय गरेको छ| कारण भिन्न छन्| उसले उतै बस्छु भन्दा, मेरो खुसिको मृत्यु भयो तर मेरो आत्मा त्यो बखत मर्यो जब उसले भन्यो “मैले यतै बिहे गर्न लागे|”
म माथि बन्चरो प्रहार भयो यति सुन्दा| उसले भन्दै गयो बाकि पनि| उसंगै पढ्ने एउटा केटि रहिछिन्| दुवै नजिकिदै गएछन| एक अर्कालाइ सहयोग गर्दा गर्दै, मनमा एक अर्कालाई राखेछन्| अविशसंग रिस उठ्यो| उ यति दिन देखि ब्यस्त हैन, मसंग पर जान खोज्दै थियो| उसले मलाई पहिले भन्नु पर्ने थियो| उसले अहिले सम्म लुकाउनु पर्थिएन| यदि उ यसमै खुसि थियो भने म पनि सजिलै स्विकार्थिए तर यसरि झुठ बोल्नु ठिक हैन| अहिले पनि स्वीकार्न तैयार छु उसको यो निर्णय| स्विकार्नु बाहेको अरु केहि उपाय पनि छैन|
“खुसि हुनु|” यति भनि फोन राखीदिए| फोन राखेर आफ्नै कोठा गए| दिदिले के भयो भन्दै हुनुहुन्थियो मैले केहि हैन भनि झुठ बोले| नुहाएर आउछु भन्दै नुहाउन पसे| धारासंग मेरो आखाको जुहारी पर्यो| धारामा पानीको बहाव धेरै कि मेरो आखामा आशुको, दैवले जानुन् यो कुरा| मनको पिडा आशु बन्दै बग्दै गयो तर आशु र पिडाको मुहान सुक्न नमान्ने| आशु बगे मात्र हुन्थियो तर पिडाले आशु मात्र बगाउन मानेन| आवाज रोक्ने मुख छोपी रुन थाले| दिदिले सुन्नु भयो भने, अर्को आपत आइपर्छ| दिदि यसै बिरामी मान्छे, यो सुनिसकेपछी, उहा झन् कम्जोर हुनुहुनेछ| दिदिको लागि भएपनि आफुलाई बलियो बनाए|
दिदिलाइ सुत्नु अघि जहिले खुट्टामा तेल लगाईदिने गरेको छु| मिठो निन्द्रा लाग्छ भनि| दिदिको खुट्टा मिच्दै थिए, दिदीले अविशको बारेमा सोध्नु भयो| मैले सबै ठिक छ भनि झुठ बोले तर दिदिले आफै मेरो मनको कुरा बोल्नु भयो| तर उहाले कसरि थाहा पाउनु भयो? दिदीलाई कस्ले भन्यो? अचम्म लाग्यो| मनमा पाप सोचे| बुवाले पनि बित्नु अघि जे पनि थाहा पाउनु भएको थियो| उहाले बोलेको पुग्थियो वा पुगेको बोल्नु हुन्थियो| थु.. थु… के सोचेको मैले फेरी यस्तो| मेरो दिदिलाइ केहि हुन्न| भगवान बरु मेरो उमेर पनि दिदिलाइ दिनु| केहि दिनमा निको हुनुहुन्छ दिदि| हुनु भएन भने म बरु बाहिरबाट डाक्टर बोलाउछु| दिदिसंग गफ सकेर आफ्नो कोठा गए|
अघि सम्म आफुलाई सम्हालेर राखेको थिए तर आफ्नो कोठा पुग्ने बित्तिकै भक्कानिएर रुन लागे| अविशलाइ सम्झेर हैन तर उसले बोलेको झुठ सम्झेर रुन लागे| आफ्नो भाग्य सोचेर रुन लागे| एक बर्षमा दुइटा मान्छे गुमाए| पहिलो बुवा, जसले मलाई सबै भन्दा धेरै माया गर्नु हुन्थियो| अनि अर्को जसले मायाको नाटक गर्दै थियो| पैसा सम्झिए, झनै रिस उठ्यो| जब उसले उता कोहि अरु पाईसकेको थियो, त्यसो भए किन मसंग सहयोग मागेको? सहयोग माग्नु गल्ति भनेको हैन तर झुठ बोलेर मागेको सहयोग ठगि हो, धोका हो|
“के भयो आसिमा?” भिनाजुले म रुदै गरेको सुन्नु भयो| ढोकाको चुक्कुल लगाउन भुलेछु| भिनाजु मेरो अघि हुनु हुन्थियो| उहालाई अंगालेर रुन लागे| मैले त्यस्तो गर्नु हुन्थिएन तर एक्लोले चिसो शरीरलाइ पनि साथि मान्छ| भिनाजु त मेरो कुरा बुझ्ने साथि हो|
“दिदिले केहि भनि?” भिनाजुले सोध्नु भयो| हैन भने मैले|
“बुवाको याद आयो?” भिनाजुले फेरी सोध्नु भयो| हैन भने|
एकछिन सम्म भिनाजुको छातीलाई सिरानी बनाएर रोए| भिज्यो सिरानी…. भिनाजुलाई सबै भने| सधै जिस्काउने भिनाजुले आज मलाई सम्झाउदै हुनु हुन्थियो| भिनाजुसंग मनको कुरा नपोखेको भए म रात भरि रोएर बस्थिए होला| अनि भिनाजुले यसरी नसम्झाएको भए, कति दिन सम्म यहि कुराले सताउथियो होला मलाई| तर भिनाजुले मलाई यो सब भन्दा बाहिर निक्लिन मदत गर्नु भयो|
त्यो दिन देखि भिनाजुसंग झनै नजिकिदै गए म| पहिले भन्दा धेरै जिस्काउन थाल्नु भयो भिनाजुले| म पनि मस्कि दिन्थिए, जिस्कि दिन्थिए| पहिले स्वरले मात्र जिस्किने हामि, अहिले एक अर्काको आखा मुनेर, कम्मरमा काउगुदी लगाइदिएर, कहिले चिमाटेर, यसरि नै जिस्किन्थियो| कहिले एकान्तमा हुन्थियो कहिले दिदिको अघि नै जिस्किनु हुन्थियो भिनाजु| दिदि रिसाउनु हुन्छ कि सोचेको थिए तर दिदिले केहि भन्नु भएन| अचम्म लाग्यो|
उता दिदिको स्वास्थ्य झनै बिग्रिदै गयो र यता भिनाजुसंग म नजिकिदै गए| छ महिना भन्दा बढी भएछ| थाहा छ हामीलाई यो गलत हो तर हामि एक अर्कासंग नजिकिदै छौ| सुरुमा भावना बिकसित भयो, त्यसपछि हाइ शारीरिक रुपमा पनि नजिकिदै गयौ| दिदिलाइ म अन्याय गर्दै छु कि? कहिले दिदिले थाहा पाईसक्नु भयो लाग्थियो तर फेरी हैन लाग्थियो| म भिनाजुसंग नजिकिनुको कारण मलाई थाहाछैन| सहि गलत थाहा छैन| न्याय अन्याय थाहाछैन| तर हामिले एक अर्कैलाइ रोक्न सकेनौ| यो शरीर हैन, मन नजिकिन खोजेको हो| म यो सम्बन्धको बारे केहि भन्दिन तर अविशको स्थान भिनाजुले लिनु भयो| अबिशंग भन्दा भिनाजुसंग नजिकिदै गए म|
भारत अंकल आउनु भयो एकदिन घरमा| भारत अंकलको अनुहारमा निरास्ता र आक्रोश दुवै थियो….
