Part 6

उनीले पनि ब्यागबाट एउटा कागज निकाल्दै. भनिन् “सरि हामि साथि मात्र है, लेउ यो तिम्रो चिट्ठी आफै राखी राख है”,उनको वाक्य यतिमै टुंगियो| मनको कुरा कागजमा ओरारेको मात्र थिए तर उसलाई मन परेन सायद|सायद मैले यो गल्ति नगरेको भए हाम्रो नाता अझै बलियो हुन्थियो सायद| त्यहि पनि उसले दिएको कागजमा अरु केहि लेखेको थियो कि भन्ने झिनो भए नि आश थियो तर उनीले मेरो प्रेमपत्र मलाई नै फर्ककी रैछिन|

मान्छेको सपना त पुरा हुन्छ,कहिले त देख्दै नदेखेको,सोच्दै नसोचेको सपना पनि पुरा हुन्छ | तर मैले त सपना देखेको मात्र हैन,सपना देखे,देखेको सपना बाचे पनि,सपना भन्न नमिल्ला,त्यो मेरो बिपना नै थियो,तर आज आएर जब बाचेको सपनालाई निरन्तरता दिन खोजे,भाग्यले ठग्यो मलाई | मिठो सपनालाइ तितो सत्यताले बिथोल्यो| म आफ्नु मायालाई बलि चढेको जन्तुको नजरले हेर्दै थिए,सुरुमा धेरै सत्कार भो र आज आएर मेरो माया को हत्या भो |त्यो पल त म कहिले नि सम्झिन चाहन्न तर बिडम्बना के छ भने त्यो घटना मेरो मानासपतल्मा गएर जिबन भरको लागि बसेको छ | जति चाहे पनि उनले मलाई “हुन्न” भनेको पल म भुल्न सक्दिन |

मलाई सबै कुराहरु प्रस्टै याद छ | मेरा खुट्टाहरु काप्दै थिए,म निकै कम्जोर महसुस गर्दै थिए,मेरो खुट्टालाई मेरो शरीरको भार थेग्न गार्हो हुदै थियो,कुन बेला ढल्छु जस्तो लाग्यो | उसलाई सम्झाउन खोज्दै थिए तर मेरो बोलि फुटेन,मैले केहि शब्द भन्न सकिन,कोशिस नगरेको हैन,शब्द मन र मस्तिस्क सम्म त आयो तर घाटीको यात्रा गर्दै मेरो बोलि को रुपमा बाहिर पोखिन सकेन | आखा रसाएको थियोनै,त्यसका साथै मेरो आत्मा नि रुदै थियो | मेरो संसारनै एकै पलमा भत्कियो,मन मस्तिस्क र आत्मा एक अर्कासंग गृहयुध गर्न थाले,मैले आफ्नु पुरै संसार एकै पलमा हारे,उनी मेरै सामुने मबाट टाढा हुदै थिन तर म लाचार थिए,केहि गर्न नसक्ने,म संग शक्ति नै थिएन,आश बाकि भए नि आत्माले हार खाइसकेको थियो | उनी आफ्नु घर तिर लागिन,मलाई एक्लै छाडेर, जिउदो लास पारेर |

यति भएपछी भित्रबाट टुक्रा टुक्रा भए,अनगिन्ती टुक्रामा विभाजित भए म,अभ त चाहेर पनि सिंगो हुन सक्दिन थिए|म बजारिएर लड्न चाहन्थे भुइँमा,भक्कानो छाडेर छाती पिट्दै रुन चाहन्थे,पागल सरि चिच्याउन चाहन्थे,उनीलाई आफ्नु बनाउन दुनियाको हरेक नियम र नीति लत्याउन चाहन्थे,चाहे जे होस् ,उनलाई पाउन चाहन्थे,उनी बिना त सबै त्यागेर संसारबाट बिदा लिन चाहन्थे,उनको यादमा आफैलाई सिध्याउन चाहन्थे, उनलाई बिन्ति गरेर भएपनि “हुन्छ” सुन्न चाहन्थे | मेरो कुरा सुनिदिने,मेरो पिडा बुझिदिने कोहि नभएर होला,म अझै अन्धकार र पीडाको चक्रबियुमा ज्याकिदै थिए | सुनिदिने र बुझिदिने कोहि भएको भए सायद म निकै हलुङ्गो महसुस गर्थिए होला | जब चोट पर्छ एकैपल्ट पर्छ,रातको अँधेरोमा आफ्नै छायाले त साथ् छोड्छ,झन् अहिले त मेरो जिबननै अधेरोमा थियो,अरुबाट साथको आशा गर्नु मेरै मुर्खता हो |त्यहाँ बाट सिधै अभिकोमा गए र उसको अगाडी भक्कानिए| जहिले सुन्ने गर्थिए केटा मान्छे भएर रुनु हुन्न,तर केटाहरु नरुने भए उनीहरुको आखामा आशु बनाएको किन ? आखाको आशु हातले पुछ्दै थिए तर मनको आशु भने अबिरल बग्दै थियो | घर जान मन थिएन, त्यसैले ……..

To be continue….

Previous article
Next article

Latest Posts