“गल्ति गर्ने तिमि हैन, तिमीले किन सरि भन्नु पर्यो| जस्ले खाल्डो पुर्नु पर्ने हो, उनीहरु कहिले यो खाल्डोमा पर्दैनन् अनि उनीहरुलाई थाहा पनि हुन्न| एक जना हिड्दा, १० वटा गाडी लिएर पुरै बाटो रोकेर हिडछन्, अनि हामि चाही दुख भोग्छौ|” इस्मीले मलाई केहि भन्छे भनेको, उ गम्भीर मुद्रामा पुगिन् र नेतालाइ सराप्न लागिन्| उनले यस्तो केहि भन्छिन भनि आश पनि गरेको थिइन मैले| एक्कासी उनि किन यसरि गम्भीर भएकी, सोध्न पनि संकोच लाग्यो|
“अनि यति राति ढोका कसले खोल्दिन्छ? घरपेतीले केहि भन्नु हुन्न?” मैले बार्तालापको बिषय मोडे|
“ पुजारीलाइ मन्दिर प्रवेशको के चिन्ता|” उनले मेरो प्रश्न नसुनेकी हो कि के हो? मेरो प्रश्नको यो जवाफ हुन सक्दैन| तर उनले सिधै जवाफ दिन नखोजेको पनि हुन सक्छ नि|
“के भनेको? बुझ्ने गरि भन न|” उनको कुरा नबुझेपछी, मैले भन्न सक्ने यति नै हो|
“ म आफै घरपेटी हु भनेको| बुझेउ?” उनले अघि यति सरल भाषामा भनेकी भए, अघि नै बुझ्थिए नि|
“ अनि नेपालीमा भन्नु पर्छ नि, कसले संस्कृत बोल्न भनेको थियो तिमीलाई|” उनको जवाफलाइ उछ्छिने जवाफ दिने कोशिश हो मेरो|
“ आफुले नबुझे पछी जे पनि है| बरु तिमीलाई गाह्रो हुन्न? यति राति घर जादा, घरपेटीले केहि भन्दैनन्?” मेरो प्रश्न, मलाई नै गरिन् उनले| यसको जवाफ दिन मलाई कुनै आपत्ति छैन|
“ त्यो घरमा हामि केटा मात्र बस्छौ| चिनेको त हैन, तर कोठा बस्दै गरेर चिनेको| घरपेटी बस्नु हुन्न, कोहि नातेदार हाम्रै उमेरको छ| उ पनि मिल्ने साथि भइसक्यो| त्यसैले केहि टेन्सन नै छैन|” सत्य जे हो, हुबहु शब्दमा परिणत गरे सत्यलाइ शब्दमा| “सजिलो रहेछ|” उनको जवाफ यति मात्र आयो| फेरी एकछिन मौनता छायो, अनि हामि कोटेश्वरमा छौ|
“अघि घरबाट फोन आएको तिम्रो?” मौनता चिर्नलाइ प्रश्न गरे तर गल्ति प्रश्न गरे सायद| उनको निजि जीवनमा मैले यति चासो देखाउनु गलत हो| उनलाई के लाग्छ थाहाछैन तर मलाई चाही यहि लाग्छ|
“अरु दिन खाना पकाउदै भिडियो कल गर्थिए| आज बाहिर नै खाए अनि बाहिर हुन्छु भनि भनेको थिइन| एक्लो मान्छे, बिरामी परे कि भनेर चिन्तित हुनु भएको रैछ|” सरल जवाफ आयो उनीबाट| उनले जवाफ दिईन् तर मलाई केहि प्रश्न गरिनन्| उनले केहि प्रश्न सोधेको भए, त्यसको जवाफ दिन हुन्थियो र थप गफ हुन्थियो| तर अब बोल्नलाइ केहि छैन| मैले कति प्रश्न गर्नु, उनले फेरी के सोच्दी हो| उनले के सोच्दी हो भनि मैले चिन्ता लिनु पर्छ र? भर्खर हामि संगै खाजा खाएर आउदै छौ| हामि नजिकिदै छौ| यस्तै सोच तिब्र गतिमा दिमागमा चल्न लाग्यो र बाइकको गति कम हुदै गएछ| ४० किमी प्रति घण्टाबाट २० किमी प्रति घण्टामा पुगेछ बाइकको गति| अनि म अहिले पनि सोच बीच घेरिएको छु|
“ हेर्दा बाइक जस्तै छ तर किन साइकल भन्दा बिस्तारै चल्दै छ|” इस्मीले मेरो खिल्ली उडाउने मौका खेर फ्यालिन|
“खुब है, फेरी अघि जस्तो खाल्डो आउला भनेर हो|” झुठ बोले मैले| जिस्किएर झुठ बोले|
“ कहिले ४० भन्दा माथि गएको छौ?” इस्मीले गिज्याएको हुनुपर्छ तर मैले इख लिए|
२० बाट ८० अनि ८० बाट १००, स्पिड बढ्न थोरै समय लागेन| मैले बाइकको ह्यान्डल अठ्याएको छु अनि इस्मीले मेरो कम्मर| उनि खिल्खिलाउदै हास्दै छिन्| उनि रम्दै छिन्| उनले आफ्नो हात मेरो पेटसम्म लगेर मलाई अंगालिन् र आफ्नो टाउकोलाइ मेरो ढाडमा बिस्राम दिईन्| यो पल, ५ मिनेटको लागि पनि कायम भएन, ठिमी चौक आयो| ठिमी चौक आयो, बाइकको स्पिड घट्यो अनि इस्मीको टाउको मेरो ढाडबाट अनि हात मेरो पेटबाट हट्यो| बितेको केहि पलमा हामि भिन्न मान्छे थियौ र अहिले भिन्न|
“हेर्दा स्प्लेन्डर जस्तो देखिएपनि, उड्ने रैछ बाइक|” अहिले पनि इस्मीले मेरो मजाक उडाउदै छिन्|
“खुब स्प्लेनडर| युनिकर्ण १६० सिसि हो|” उसले के कति बुझिन् थाहा छैन तर मैले धक्कु लगाए| बोलेपछि मात्र बिचार गरे, किन बोले भनि|
इस्मीलाइ उनको घर पुर्याएर, म आफ्नो कोठा पुगे| पैसा दिन्थिन् उनले घर पुर्याईदिए बापत, आज पैसा हैन याद लिएर कोठा पुगे| मैले उनलाई मन पराउन थालेको हैन तर उनिसंग बिताएको पल, अहिले आखा अगाडी आउदै छ| उनको माया हैन साथ चाही खोज्दै छु| पठाओबाट मैले एउटा साथि भेटे| मैले उनलाई साथि सोचे जसरी उनले पनि मलाई साथि सोच्छिन होला| यदि नसोच्ने भए, उनले आज फोन किन गर्थिन्|
“बाइकमा केटि थियो त| नया छमिया पत्याईस्?” साथीले देखेको रैछ, घर पुगेर छतमा चुरोट पिउदै थिए, त्यहि बखत साथीले उल्लेख गर्यो|
“बोल्न पाएसी त …” साथिलै सुरुको दिन देखिको सबै चिज बताए| मिल्ने साथि, उसले यति थाहा पाउदा, केहि फरक पर्दैन|
“तलाई मुर्गा हान्दै छे त्यो केटीले| बिहान बेलुका फ्रिमा अफिस पुग्न पाउछु भन्ने आश छ त्यसलाई| लास्ट बाठी के| यो चक्कर मा नफस्|” साथीले यस्तो भन्दा, इस्मीको पक्ष लिएर, उनको लागि तर्क गर्न मन थियो तर… तर मैले त्यस्तो गर्नु भुल हुनेछ| साथीले जिस्काउन कुनै कसर बाकि राख्ने छैन| तर इस्मीलाइ जे पायो त्यो भनेको सुन्ने शक्ति पनि छैन मसंग| तर .. तर मैले इस्मीको पक्ष लिएर जे बोले पनि, त्यो खेर जानेछ|
“म पनि कम छैन सिलिन्डर, मैले चाहेको चिज पाएपछी, म चिप्किएर बस्छु होला?” मैले यस्तो जवाफ दिनु गलत हो अनि मैले मनबाट बोलेको हैन| मेरो मनमा यस्तो केहि छैन| तर हाम्रो केटाको बानि, जब सम्म दुइ तीनवटा केटिलाइ ओछ्यानमा पुर्याएको कहानी नभनेसम्म, केटाहरुले नानाथरी भनि मजाक गर्ने|अघिको शब्द बोल्न बाध्य थिए म| पहिले पनि शरीरको लागि माया गरेको हो मैले| गंगा त मैलो छिन्, म चोखो कसरि हुन सक्छु| तर इस्मीसंग मेरो त्यस्तो कुनै इरादा छैन|
इस्मी नराम्री हैन, अत्तिनै राम्री छिन् तर उनलाई त्यो नजरले अहिले सम्म हेरेको छैन| यो कुरा पछी, साथिको नाम किन सिलिन्डर भयो भन्छु है| पहिलो पटक काठमाण्डौ आउदा…
