Part 53

आज फेरी पनि उठ्ने बित्तिकै खाना खानु पर्यो,त्यो पनि मामुको मिठो गालि संगै| हिजो निष्ठासंग गरेको एक एक कुरा, हरेक गास संगै मेरो आखा अघि आउदै थियो| खाना खादै गर्दा निष्ठालाई मैले आज आफैले सुरुमै मेसेज पठाए, उसंग बोल्न सार्है मन लागेको थियो एका बिहानै | आफुलाई औधि बोल्न मन लागेको, उ भने अनलाइन थिन, कस्तो खल्लो खल्लो लाग्यो, यहि कारणले होला म कहिले पनि कसैलाई सुरुमै मेसेज नपठाउने| पर्खिनु भने धेरै परेन, २० मिनेट जतिमा निष्ठाले मेसेज रिप्लाई गरि| “गुड मर्निंग” बाट सुरु भएको कुरा बिस्तारै अघि बढ्दै थियो | जति हावा कुराहरु हिजो हुदै थियो,आज त्यसको ठिक बिपरित आज हाम्रो गफ केहि गहन कुराहरुमा केन्द्रित थियो| उसको परिवार, अहिले सम्मको जीवनको यात्रा, घर, मामाघर, मामु सबैको बारेमा बिस्तारै बुझ्दै गए मैले | हिजो देखि उनको लागि इज्जत औधि नै बढेको थियो |

तर आज आएर, उनको लागि भन्दा उनको मामुको लागि इज्जत दोब्बर भयो, इज्जत र माया दुवै | हामीले एकतर्फी माया गर्ने मान्छेलाई आफ्नु जीवन बाट पर बनाउदा त निकै पिडा हुन्छ, जब कि त्यो मान्छे कहिले हाम्रो थिदैथिएन| झन् उहाले आफ्नु बुडा,जसको साथ र माया जीवन भरिको लागि निश्चित थियो,त्यस्तो मान्छेलाई गुमाउनु पर्दा के बित्यो होला उहा माथि| एक त आफ्नु प्राण प्रिय गुमाएको पिडा, अर्को तर्फ अभ ११ बर्षे नाबालक छोरी, मन भित्रको पिडा भित्र भित्रै दबाएर छोरीको लागि भए पनि हास्नु पर्ने बाध्यता| कति ठुलो जिम्मेवारी उहाको काधमा, छोरीलाइ हुर्काउन आफ्नु भागको माया पनि गर्नु पर्ने र त्यो संगै बुवाले झैँ सबै कर्तब्य पनि पुरा गर्नु पर्ने| हुन त घरको अरु मान्छे नि होलान, माइतले पनि हेर्लान, तर जहिले अरुको आशा गरेर पनि कति बस्नु, छोरीको सानु भन्दा सानु इक्षा देखि लिएर भबिस्यको आकार कोर्ने जिममा पनि उहाको नै थियो| म यस्तो आमालाई महान भनेर सम्बोधन कसरि नगर्नु| उहालाई पनि कति इक्षा हुदो हो आफ्नु जीवन आफ्नु तरिकाले बाच्ने तर छोरीको लागि सबै कुरा समर्पण गर्ने आमालाई भगवान कसरि नभनु म | बाबा छैन भन्दैमा, आमा छोरी दुबैलाई गिद्ध नजर लगाउने धेरै हुनछन, त्यो बात पन्छेर अघि बढ्ने आमालाई पुजना छोडेर किन अरु ढुंगाको भगवानलाई पुज्ने मैले | यस्ता धेरै कुरा खेल्दै थिए मेरो दिमागमा, एकपल्ट भएपनि निष्ठाको आमालाई भेटेर, उहालाई धन्यबाद भन्न इक्षा जाग्यो तर निष्ठाको अघि माथि उल्लेखित केहि कुरा भनिन|

कुरा गर्दै जाड़ा नम्बर पनि मागे उसको, अन्तिम अंक थाहा थियो, अहिले अगाडिको ९ अंक लिए| उसले पनि केहि नभनी सिधै नम्बर दि,हामि बोलेको आज तेस्रो दिन भएपनि, हाम्रो सम्बन्ध 3 वर्षा भन्दा पनि धेरै देखिको जस्तै लाग्न लाग्यो| फरक यति थियो, मलाई उसको बारे लगभग सबै थाहा थियो र उसलाई मेरो बारेमा म बाहेक खासै केहि थाहा थिएन| मेरो बारेमा खासै भन्नु पर्ने पनि केहि थिएन, अतित भत्किएको थियो, वर्तमान चल्दै थियो सामान्य रुपमा, भबिस्य कसले पो देखेको छ र |

“हजुरको नाम के भनेर सेभ गरु?”

“खोइ, एडमिन जी भनेर गरन?”

“नाई ,जे पायो त्यहि नभन्नु न,हजुरले के भनेर सेभ गर्नु भयो |”

“मैले त बिश्वास भनेर सेभ गरे, तिमीले आफै भनेको हैन निष्ठा भनेको बिश्वास हो भनेर|”

“आलु मान्छेले पहिलो पटक राम्रो कुरा गर्नु भयो,म पनि निष्ठा भनेर लेख्छु |”

“त्यसो भए म आजबाट आलु बाट फ्रेन्च फ्राई भए होला नि |”

“खुब, तर मलाई त्यो मन त पर्दैन|”

अघि सम्म गहन बिषयमा हुदै गरेको कुरा फेरी हासो ठट्यौली तिर मोडियो | कुनै बेला उसले हसाउने र कुनै बेला मैले उसलाई रिस उठाउने,यसरि नै कुरा अघि बढ्न लाग्यो| कतिजना संग बोल्दा बोल्दै, एकछिन पछी अनौठो मौनता छाउन्छ, के बोल्ने थाहा नभएर| तर निष्ठा संग बोल्दा यस्तो कहिले भएन| एउटा पछी अर्को बोल्ने कुरा हुन्थ्यो नै| झन् जुन बेला मोबाइलको ब्याट्री सकिने बेला हुन्थ्यो, झन् त्यो बेला हाम्रो कुरा बढ्दै जाने| रातको ११ बजेको थियो, उनको मेसेज आयो , मेसेन्जरमा हैन, मोबाइल मा , लेखिएको थियो “थाहा छैन किन, तर हजुर मलाई मन पर्नु हुन्छ|”…..

 

Previous article
Next article

Latest Posts