Part 55

3 दिनको बिदा,3 दिन निष्ठासंग नै बोलेर बित्यो| बिदामा कहिँ घुम्न जान्छु सोचे थिए, घुमे त केवल निस्थाले गरेका गफहरुमा,त्यो पनि धित मर्ने गरि| अरु दिन जसरि बिहान देखि चाही कुरा भएन त्यो दिन, म कलेज जाड़ा सायद निष्ठा उठेकी पनि थिन र म कलेज बाट फर्किदा उनि स्कुलमा हुने पक्का थियो| ११ बजे कलेजबाट आउने बित्तिकै खाना खाएर,नोट्स गर्न बसेको मान्छे, नोट्स बल्ल तल्ल 4 बजे सकियो र झपक्क निदाएछु| 

“साझमा सुत्नु हुन्न,उठ|” मामुको यो आवाजले मान्छे भने बिउझिए तर दिमाग भने अहिले सम्म निन्द्रामा नै थियो| साझमा सुत्दा जहिले यहि हुने गर्छ म संग, आफ्नु वरीपरि पुरै अस्थिर भएको अबुभव हुने गरेको छ|
“खाजा के खान्छस?चाउचाउ कि रोटि?” मामुको माया भनेको मामुको माया हो, भोक पनि असाध्य लागेको थियो र मामुले पनि त्यहि बेला के खाने भनेर सोध्दा मायाको अनुभूति नहोस् पनि त कसरि|

“नखाने, म साथीको मा जानु छ,नोट लिन|” नोट केवल बहाना हो, चौक गएर भुइसिको म:म: बजाउने चाहना हो| हाहा| एकछिन साथीहरु पनि भेट हुने र गफ गाफ पनि मज्जाले जम्ने हुनाले केहि न केहि बहानाले म जहिले साझमा निक्लिन्थिए| जहिले निक्लिने भएर चुरोट खान्छ कि भन्ने पनि शंका नगरेको कहाँ हो | जहिले घर आउने बित्तिकै अनेकौ बहानाले हात र मुख सुघ्न खोज्ने मामुले, 3 4 दिन सम्म पनि केहि हात नालागेसी,मैले चुरोट खन्न भन्ने पक्का भयो उहालाई पनि| तर अहिले पनि बेला बेलामा छड्के हान्न चाही छोड्नु भएको थिएन, अनि मामुको हात लाग्यो शुन्य हुने जहिले |

नोट्स लिने बहानाले निक्लिए घरबाट र बन क्याफे भन्ने ठाउमा पुगी साथीहरुलाई फोन गरे| एकछिनमै भेला भए सबै,र चिया मगाइयो| चिसो मौसम र चियाको तातो कप, र साथीहरुको मिठो गफ, म यसमै भुलेको थिए| अचानक फोन आयो, नाम हेरेको “बिश्वास” लेखेको थियो, मतलब निष्ठाको फोन रैछ| 3 जना साथीको अघि कुरा गर्न केहि सहज महसुस भएन मलाई र एकछिन भन्दै निक्लिए|

“मेसेजको रिप्लाई कसले गर्छ उल्लु?” तीजमा महिलाको तिर्हरी कहाँ त्यति झल्किन्छ र जति उसको यो वाक्यमा रिस झाल्दिकै थियो|
“मैले थाहा पाइन नि त|” साथी गफमा भुलेको थिए म , साथीको गफ हैन,साथि संगको गफमा , कस्सम उसले मेसेज पठाको थाहा पाको थिन|
“कसरि थाहा पाउनु भएन हौ, ११ वटा पठाको छु ठ्याक्कै|” जानी जानी रिप्लाई नगरेको जस्तो पो गर्छे त उ |

“कस्सम हो के,तिम्रो कस्सम|” थाहा छैन यो वाक्यले के भयो उसलाई, उसको रिस कहाँ गयो गयो| एकछिन बोलेउ र मामु आउनु भयो भन्दै उसले फोन राखी |

फोन राखेर भित्र गएको, 4 प्लेट मोमो 3 जना साथीले सक्याई सकेछन, जम्मा एक पिस थियो| आफुलाई भोक लागेर मर्नु भाको थियो, भित आउदा मोमो छैन| 

“मेरो भाग मोमो खोइ त ?” भोकको तालमा केहि जंगिए म|

“अनि फोनमा आधा घण्टा झुन्दिन कसले भनेको थियो त?” उनीहरुको यो वाक्य सुन्ने बित्तिकै कल लग हेरेको त, २८ मिनेट बोलेको रैछु निष्ठा संग,उनीहरुले भनेको जसरि आधा घण्टा चाही हैन रैछ| 

“अनि एक पिस पनि किन राखिदेको त?खाको भए हुन्थियो नि|” मेरो रिस अझै नि मरेको थिएन|

“ हामि सबैले १३-१३ पिस खायौ, अनि यो १ पिस कसले खाने निधो गर्न सकिनौ,त्यसैले|” साथीको यो वाक्य पछी मेरो रिस पनि मर्यो|

त्यहाँ बाट सिधै घर गइयो र त्यसपछी पर्खिया पर्खिदै ११ बज्यो र बल्ल आयो निष्ठाको फोन| उसले केवल मलाई मन पराउछु भनेकी थि तर म भने उसलाई भित्र भित्रै माया गर्न लागि सकेको थिए|

“कति छिटो फोन गरेको?” मेरो पहिलो वाक्य नै यहि थियो,सायद उसमा हक जताउन लागेको थिए मैले |

“हजुरले भनेको जस्तो सजिलो हुन्छ नि,होमवर्क सकेर,मामु सुतेसी फोन गरेको हो मैले|” उसले भनेको पनि ठिकै हो , स्कुलमा गोरु जोते जस्तै जोताउछन् के जसलाई पनि| अनि त्यसपछी घर परिवारको डर नि हुदो हो त्यो उमेरमा,अहिले त हुन्छ त्यो डर|

फेरी सुरु भयो हाम्रो जहिलेको कुराकानी,त्यहि त हो नि, के गरेउ दिन भरि, के खायौ ,केके भयो दिउसो भरि| यो सकिएसी चाही केहि रोचक गफ भयो र उसले “च्याटमा आउनु है अभ” भन्दै फोन राखी|एकछिन च्याटमा मेसेज आदान प्रदान भयो तर आजको लागि गर्ने कुरा नै सकियो झैँ भयो, अभ बोल्न केहि थिएन, अभ के बोल्ने भनेर न उसलाई थाहा थिय न मलाई | तर सुत्न मन भने दुवै लाई थिएन|

“एउटा गेम खेल्ने हो?” उसको यो वाक्यले हाम्रो सुत्ने समय केहि बेरलाई भएपनि पछी ठेलियो|

“के गेम?” केहि थाहा नभई,कसरि हुन्छ भन्नु, फेरी स्कुल पढ्ने मान्छे, भाडा कुटी भनि पनि के गर्नु  |

“Truth or Dare” बडो राम्रो आइडिया थियो उनको|

“हुन्छ” यति भनेर हाम्रो गेम सुरु भयो|सुरुमा सामान्य नै रहयो| सामान्य प्रश्न र Dare बापतको कामहरुपनि सजिलै नै थियो| बिस्तारै प्रश्न र कामको खुड्किलो नि माथि जादै थियो| 

“के के लगाको छौ सबै भन|” उसलाई Truth परेको बेला अरु केहि दिमागमा आएन र यहि सोधे| सायद यति सोध्न्दा उनि नरिसाउदी हो, मैले केहि गर नि आट गरेर सोधिएको प्रश्न थियो|

“के हुनु, टि-सर्ट अनि सुरुवाल|” उसले मैले सोचे भन्दा निकै सजिलो जवाफ दि |

“मैले सबै भनेको,यति मात्र हैन होला तिमीले लगाको सबै लुगा त|” म भित्रको बोकापन बिस्तारै म्या म्या गर्दै निक्लिदै थियो बाहिर|

“छ्या कस्तो मात्तिएको के हजुर त |” उसले रिसले भनेको कि अझै कर गर्नु भनेर संकेत दिएकी बुझ्नै गार्हो भयो|

“हेर गेमको नियम भनेको नियम हो मान्नै पर्छ|” अभ चाही मा भित्रको बोका पुरै बाहिर आइसकेको थियो|

“हजुरलाई लाज लाग्दैन है? त्यहि पनि म सुत्ने बेला भित्रि लुगा केहि लगाउदीन कहिले पनि|” उसले कस्तो मज्जाले उत्तर दि, म एकछिन सोचमा पुगे, सोच भन्दा पनि कल्पनामा, उसको त्यो टि-सर्ट भित्रको कल्पनामा | टि-सर्ट भित्रको लुगाको रंग नि सोध्छु भनेर बसेको म,उसको जवाफले त्यो सोध्ने मौका नै दिएन| एकै दिन यसभन्दा धेरै माथि जानु हुन्न थाहा थियो मलाई, र कुरा अरु तिर मोडे|

उसलाई पनि सार्है नै असहज कसरि महसूस हुन दिनु मैले पनि | सुत्ने बेला भयो|उसको पो ९ बजे स्कुल हो,मेरो कलेज ६ बजे नैं थियो | ठ्याक्क १२ बज्नु र मैले शुभ रात्रि भन्नु एकै भयो|

“तिम्रो मन पराइ, माया तिर अघि बढ्यो कि नाई?” सुत्नु अघिको केहि वाक्य मध्यको एक वाक्य|

“थाहा छैन मलाई|” किन धेरै जसो मैले मिठो उत्तर खोजेको प्रश्न मा, उत्तर थाहा छैन नै हुन्छ उसको|

“मेरो चाही माया तिर गयो जस्तो छ|” यति लेखेर पठाए र सुत्न लागे,उसको जवाफ भने सामान्य नै थियो|

 

 

Previous article
Next article

Latest Posts