उहाले केहि भन्न नचाहेको हो कि नसकेको थाहाछैन मलाइ,अनि थाहा पाउनु पनि छैन| मलाई यति थाहा छ,अब मैले केहि पाइला चाली सके,पछाडी आउन सक्दिन|
बिहानको खाना खाइसक्दा ११ बजेको थियो, अनि हामि त्यो होटेलबाट निक्लिदा लगभग ११:३०, बिस्वाससंगै म अगाडी उहाको छेउमा बसेकी थिए,अनि शोभा र संजोक पछाडी| लोकन्थलीसम्म मात्र थियो संजोक र शोभाको साथ,त्यहि बस्ने रैछन दुवै| मेरो र बिस्वासले बिदा अझै 3 दिन बाकि थियो,हामि आजै बुटवल फर्किन्नौ भन्ने कुरामा बिस्वस्त छु तर आज कहाँ बस्छौ हामि?यो प्रश्न आयो फेरी दिमागमा,बिस्वासले केहि न केहि त पक्कै पनि सोच्नु भएको होला भनेर म फेरी पनि बिस्वस्त भए| मनमा यो एउटा कुरा खेल्दै थियो भने म अनि बिस्वास भने अरु केहि कुरा गर्दै थियौ| शोभाबाट सुरु भएको कुरा बिस्तारै संजोकमा पुग्यो,उहालाई पनि मलाई जस्तै संजोक मन परेन छ,मान्छे हैन उसको व्यवहार| त्यसपछि उहाले ल्याइदिएको औसधि मैले खाए कि नाई भनि सोध्नु भयो र मैले पनि मुन्टोको इशाराले खाए भने|
शोभाहरुलाइ लोकन्थलीमा छाडेपछि हिडेको हाम्रो कार सिधै गौशलामा गएर रोकियो, पक्कै आज पनि होटेलमा नै बस्ने होला हामि| काठमान्डौमा मेरो मामाहरु पनि बस्नु हुन्छ तर मैले घरबाट पोखरा जादै छु भनेर हिडेकी थिए,त्यहाँ जान मिलेन अब,बिस्वासको घर नै काठमान्डौ हो तर उहाले आफ्नु घरमा मलाई कसरि लग्नु|
“आज हामि यहि गौशलामा नै बस्ने हो?” उहाले के सोच्नु भएको छ,त्यो मलाई जान्ने हक छ र मन पनि|
“हजुर,आज पनि अनि भोलि पनि|” यति भन्दै उहा कार बाट निक्लिनु भयो र उहा संगै म पनि, होटलको नाम नै मन पर्यो मलाइ,”श्रद्धा प्यालेस|”,होटेल चाही कस्तो छ त्यो हेर्न बाकि छ|
होटेलको रिसेप्शनमा उहाले कोठा खालि छ कि नै भनि बुझ्न लाग्नु भयो,खाली रैछ कोठा,उहाले दुइटा कोठा लिन लाग्नु भएको थियो तर मलाई उहा र म एउटा कोठामा बसेको केहि आपत्ति थिएन,झन् मेरो चाहना नै संगै बस्ने थियो,त्यसैले एकछिन सम्म हाम्रो यहि कुरामा सानो बादबिबाद भयो र जित मेरो भयो र एउटा मात्र कोत लिगेउ हामीले|हाम्रो कोठा नं.२११, यो चाही चाबी हेरेर थाहा पाएको मैले|
“भोक लागेको छ तलाई?” उहाको यो प्रश्नको उत्तरमा मैले छैन भनि जवाफ फर्काए|
“थाकेको छस्?” उहाको यो दोस्रो प्रश्न र मेरो जवाफ “छैन तर नुहाउन मन छ|” मै सिमित रहयो|
सुरुमा म फ्रेस भएर निक्लिए,अब पालो बिस्वासको| परभरमै निक्लिनु भयो बिस्वास पनि| निन्द्रा लागेको हैन, आलस्य भने त्तिनै थियो,अनि केहि थाकेको पनि थिए तर सुत्न मन भने छैन|
“त अहिले सम्म तैयार भएको छैनस्?” निक्लिने बित्तिकै बिस्वासको यो वाक्य,, उहाले मलाई तैयार हुन भनेको याद नै छैन मलाई,अनि कहिँ जाने भनेर पनि भन्नु भएको छैन|
“किन ?कहिँ जाने हो र?” कोठामा नै बस्ने भए किन तैयार हुनु म, आखिर थाहा हुनु त पर्यो नि मलाइ, आखिर बिस्वासले मन मनै के सोच्नु भएको छ,अब के गर्ने कहाँ जाने भनेर|
उहाले मेरो प्रश्नको जवाफ दिनु भएन,सायद जरुरि नै ठान्नु भएन| उहा तैयार हुनु भयो र उहा संग म पनि तैयार भए| कार निकाल्नु भयो उहाले र होटेलबाट हामि लम्किएउ हाम्रो गन्तब्य तिर, त्यो गन्तब्य जुन मलाई थाहा नै छैन| गौशलाबाट कोटेश्वर पुगियो,त्यहाँबाट कौशलटार हुदै ठिमी,यो सबै मैले होर्दिंग बोर्ड पढेर थाहा पाए| ठिमीबाट अलि भित्र लग्नु भयो उहाले कार, अब चाही झन् प्रश्नहरु आउन लाग्यो,आखिर हामि जादै कहाँ छौ| कार एउटा घरको अघि लगेर रोक्नु भयो, गन्तब्य यहि नै हो कि हैन,थाहा छैन मलाई त्यो पनि|
“यहीं हो,ल जाम|” उहाले यति भनेपछि गाडीबाट निक्लिएउ दुवै जना,यो कुन ठाउ हो पनि सोध्न चाहिन मैले,,सायद उह| उहाको हातमा उइता दुइटा झोला छ,के को झोला थाहा छैन,झोलामा के छ थाहाछैन,कस्को लागि हो थाहाछैन,भन्नु पर्दा मलाई केहि नै थाहा छैन
त्यो घर भित्र छिरेउ हामि, बिस्वासको आफ्नु घर पो लग्नु भएको रैछ,म केहि बोल्न सक्ने स्थिति मै छैन अहिले, अचम्मित छु| उहालाई देखेर आमा बुवा को खुसीको कुनै सिमा नै छैन,आमाको आखामा खुसीको आसु अनि बाबाको मुहारमा मुस्कान बेग्लै थियो,गर्भान्बित हुनु हुन्छ बाबा पनि| बुझ्दै जादा थाहा भयो कि बिस्वास लगभग दुइ बर्ष पछि मात्र घर आउनु भएको हो|
त्यहा धेरै बसिनौ हामि, उहाले ६ बजेको फ्लाइट छ भनि झुठ बोल्नु भयो,एक घन्टा बसियो होला धेरैमा| बिस्वास घर पुग्दा उहाको बाबा आमा जति खुसि हुनु हुन्थियो नि, हो उहा हिड्ने बेला बाबाआमा त्यतिनै दुखि पनि| आमाको आखाले नजा भन्दै थियो भने बाबाको मुहारमा त्यो कुरा झल्किदै थियो| त्यहाँ बाट निक्लिने बित्तिकै मेरो मनमा अरु धेरै प्रश्नहरु आउँन लागे,जवाफ खोज्न लागे आफु भित्र तर थाहाछ मलाइ,जवाफ मैले यसरि भेट्दिन,जवाफ बिस्वास संग छ| उहासंग जवाफ माग्ने चेस्टा गर्न सकिन मैले|
“अब हामि कहाँ जाने?” यति मात्र सोध्न सके विश्वास संग|
“तलाई कहाँ जान मन छ?” बिस्वासको यो बानि राम्रो भन्नु कि नराम्रो,प्रश्नको जवाफमा अर्को प्रश्न आयो उहाबाट|
“स्वयम्भु जाउ न| मैले नपलाएको माया भन्ने कथा पढेकी थिए, त्यसमा स्वयम्भूको बर्णन यसरि गरिएको थियो,मलाई अहिले याद आयो|” धेरै पहिले एउटा कथा पढेको थिए, नाम थियो नपलाएको माया| त्यहाँ स्वयम्भूको प्रशंशा मुक्तकंथ खोलेर गरिएको थियो| बिस्वास हास्नु लाग्नु भयो यति सुने पछी| मैले किन भनि सोधे र थाहा भयो त्यो कथा उहाले नै लेख्नु भएको रैछ|
“स्वम्भु भोलि जाने| आज बसन्तपुर जाम|” उहाले यति भनेपछि मैले हुन्छ भने किनकि नपलाएको मायामा बसन्तपुरको पनि जिकिर भएको थियो|
बसन्तपुरमा एउटा ठाउ रोजेर हामि बस्न पुगेउ, त्यहाँ मान्छेको घुइचो थियो तर त्यो घुइचो पनि मन पर्दैछ मलाई,सायद मन परेको घुइचो हैन बिस्वासको साथ हो|
“एउटा फोटो लिगम न|” मैले यति भन्दै मोबाइल निकाले अनि बिस्वासले मलाई अंगाल्नु भयो,यसरि एउटा सुन्दर पलमा सुन्दर फोटोको सृजना भयो|
फोटोमा जसरि नै जीवन भरको लागि आफ्नु मन भित्र कैद गर्न मन छ उहालाई| बसन्तपुरबाट निक्लिदा लगभग ६ बज्न लागेको थियो,धेरै बेर बसिएन् त्यहा| अब यहा बाट कहा जाने भन्ने कुरा आउन लाग्यो मेरो दिमागमा|
