Part 7

घर जान मन थिएन, तर जान चाहिँ गए। घर कुन बेला पुगे,कसरि पुगे ,कहाँ गए अभिको घरबाट निक्लिएर,पुग्नु अगाडी मलाई केहि याद छैन,उनीसंग अलग्गिएपछिको सबै घटनाहरु मेरो मस्तिस्कबाट मेटिए | अभ मलाई न त बाच्न मन थियो न त हास्न,न त उनिसंग आश थियो न त मायामा बिस्वास लाग्थियो,न त कुनै गुनासो थियो न त घृणा,न त मायाको प्यास थियो न त तृष्णा,न त मायाको सागरमा डुब्न चाहन्थे न त मायाको शिखरमा पुग्न चाहन्थे | केवल अभ एउटा कुरा गर्न चाहनथे,उसको यादहरु मेट्न चाहन्थे,र जिबनको नया पाना लेख्न चाहन्थे|मैले बुझिसकेको थिए कि भएको कुरा मेट्न मिल्दैन,भूत फेरी लेख्नन मिल्दैन,नया बाटो खोज्नु पर्छ,अर्को पाटो रोज्नु पर्छ |

स्कुल एक महिनाको लागि बिदा थियो,बिदा भरि क्लासका सबै घुम्न जाने कुरा थियो हाम्रो धेरै पहिले देखिनै | कहाँ जाने,कहाँ बस्ने,के के गर्ने,कति धेरै रमणीय हुन्छ भन्ने कल्पना गर्नुका साथै सबै व्यवस्था नि मिलाका थिएउ | यो कुरा निकाल्ने म नै थिए,तर मलाई अभ कहिँ जान मन थिएन | म नजाने कुराले सबैजना चकित त भए भए ,खिन्न नि महसुस गरे उनीहरुले | सबैले कति बिन्ति गरे,कति फकाउन खोजे,कहिले त घुर्की समेत लगाए तर पनि म जानलाई राजि भईन | अनगिन्ति प्रयास पछी पनि मेरो प्रतिक्रिया “हुन्न” नै थियो | अरु कुरा न आए पनि “हुन्न” भन्न चाही मैले सिकी सकेको थिए,धन्यवाद उनिलाई केहि त सिकाइन मलाई | सायद आफुले नि “हुन्न” सुनेर होला,अभ त जे कुरामा अभ मपनि “हुन्न”नै भन्न लाग्या थिए |

साथीले खेल्न जाउ भन्दा “हुन्न”,केहि गरम भन्दा “हुन्न” , घुम्न जाउ भन्दा “हुन्न” , फ्लिम हेर्न जाउ भन्दा “हुन्न” ,एकमुस्ट भन्नु पर्दा जे कुरा गर्दा नि मेरो जवाफ “हुन्न” हुन्थियो|सायद उसले दिएको साइनो भएर होला, “हुन्न” भन्ने शब्द मलाई निकै मन पर्नुको कारण,त्यसैले जुन परिस्थितिमा पनि “हुन्न”को प्रयोग अनिबार्य थियो मेरो लागि | कहिले काही त जिबनलाई पनि “हुन्न” भन्न मन लाग्छ तर मिलनले लत्यायो भन्दैमा निधनलाई अपनाउनु पनि उचित हैन बोध थियो मलाई |अचानक म मा आको परिवर्तनले गर्दा घर लगायत साथि भाइहरु निकै चिन्तित तथा आस्चर्यमा थिए | मेरो बिहान एउटा कोठामा सुरू हुन्थियो र दिन को अन्त्यपनी त्यहि कोठामा हुन्थियो |

त्यो कोठाको ४ भित्तालाई नै म आफ्नु साथि मान्न लागेको थिए, मेरो कोठामा भाको हरेक कुरा अभ मलाई आफ्नु मित्र जस्तो लागथियो,अनौठो साइनो गासिएको थियो हामीबीच | हुदा हुदै मैले सबै समानको नाम नि राख्न सुरु गरिसकेका थिए | एक्लै भए पछि दिन नि लामो लाग्न थाल्यो,झन् मनमा धेरै कुरा नि खेल्न लागे,यो सबै लाई भुल्न सायद यो ठिक लाग्यो मलाई | मेरो दिन भनेकै कि त टोलाउदै बित्थियो कि त सुतेर | मैले जे लाइ पनि “हुन्न” भन्दा साथीहरुले के के भने भने | “भाउ बढेको हो ,केटि जस्तो नाटक नगर्न,घाममा हिडे भने कालो हुन्नस त, यो पक्कै नि पछि घर ज्वाई हुन्छ“ यस्ता कति कुरा सुन्नु पर्यो मैले साथीहरुबाट | म बिस्तारै सबै नाता तोध्दै थिए यो दुनिया संग |
मैले सुनेनी नसुने झैँ गरिदिन्थे | रेडियो सुन्ने नयाँ बानि बस्यो मेरो |

Previous article
Next article

Latest Posts