Part 5

“फोन बज्छ स्टुडियोको| फोन बज्नु केहि नौलो हैन| यो एकघन्टामा अनगिन्ती पटक बज्छ त्यो फोन| अनगिन्ती पटक, अनगिन्ती मानिसले फोन गर्छन| bottleneck भन्न उचित हुन्छ| फोन गर्न हजार हुन्छन्, तर फोन उठाउने एक| जस्तै कोटेश्वरमा गाडीहरु जाममा पर्छन, हाम्रो स्टुडियोको लाइन पनि हरेक पल जाम नै हुन्छ, ब्यस्त छ भन्ने मात्र सुन्न पाउछन् धेरैले|

आजको कार्यक्रमको अन्तिम फोन| गित बन्द भयो, on-air भए म| श्रोतालाइ समयले साथि नदिएको भनि जानकारी गराउदै, एउटा मुक्तक भन्न लागे| अन्तिम फोन अगाडी जहिले एउटा मुक्तक भन्ने गरेको छु| कहिले आफ्ना मुक्तक कहिले अरुको| मुक्तक भन्दै थिए, टेक्निसियन दाइले अन्तिम फोन receive गर्नु भयो| फोन सिधै मैले रिसिभ गर्ने हैन| फोन सुरुमा टेक्निसियन दाइले receive गर्नु हुन्छ, अनि मलाई ट्रान्सफर गर्नु हुन्छ| मुक्तक सकियो, टेक्निसियन दाइले कल ट्रान्सफर गरौ भनि इशारा गर्नु भयो| मैले हुन्छ भनि इशारा दिए| इशारामा नै धेरै गफ हुन्छ टेक्निसियन दाइसंग|

“फोनमा हुनुहुन्छ आजको लागि हाम्रो अन्तिम कलर| उहालाई स्वागत गरौ| स्वागत छहजुरलाई, हजुरको नाम?” कार्यक्रममा सबैलाई यसरि नै स्वागत गर्छु| कार्यक्रम चलाउने मान्छे बदलिए, कार्यक्रममा फोन गर्ने मान्छे बदलिए, कार्यक्रमको श्रोता बदलिए तर मेरो शैली उही छ| यदि सबै बदलियो भने, सबै फेरी उही हुन्न र?

“धन्यबाद| नाम नभन्न मिल्दैन?” नाम भन्ने पर्छ भन्ने नियम छैन कार्यक्रममा| खासगरि भन्नु पर्दा, नियम केहि छैन| मात्र सभ्य भएर बोलिदिए हुन्छ| तर पहिलो पटक कसैले आफ्नो नाम नबताएर, यस्तो प्रश्न गर्दै छिन्| उनले पहिलो वाक्यमा नै मेरो ध्यान आफु तिर तानिन्|

“ नाम भन्नै पर्छ भन्ने छैन| कहाँ बस्नु हुन्छ?” नाम नभन्दैमा केहि हुन्न तर अब मैले के भनि सम्बोधन गर्ने उनलाई| नाम भन्नु भनि कर गरिन| बरु बसाइ सोधे|

“यो पनि नभन्न मिल्दैन?” उनको यो जवाफ… जवाफ के भन्नु, उनको यो प्रश्नले अवाक भए म| सोधेको जति नभन्ने भए किन फोन गर्नु? मेरो रुस्टता देखाउन नमिल्ने नत्र यहि भन्ने थिए| झुठ सुन्दर हुन्छ, त्यसैले झुठ बोल्छन मानिसहरु| यदि सबैले सत्य मात्र बोल्ने हो भने, यो संसार घिनलाग्दो बास्तबिकता हुन्थियो| टेक्निसियन दाइले मलाई हेरे, दाइको अनुहारमा प्रश्न थियो, “फोन drop गरिदिउ?” भनि| आखाले इशारा गर्दै पर्दैन भने|

“जे पनि मिल्छ हजुर| भन्न मिल्ने के छ हजुरको बारेमा, त्यहि भन्नु न है|” कार्यक्रमको अन्तिम फोनकल खल्लो नहोस् भन्ने इच्छा|

“मैले केहि भन्न फोन गरेको हैन| सोध्नलाइ हो|” उनको हरेक वाक्यमा रहस्य लुकेको छ| लुकेको हैन, उनले लुकाएकी हो| पहिलो वाक्यमा नाम लुकाइन्, दोस्रोमा आफ्नो बसाइ| भर्खरै आफ्नो फोन गर्ने उदेश्यमा रहस्य झल्काइन|

“कसलाई के सोध्नु छ? उहाले पनि हाम्रो कार्यक्रम सुन्नु हुन्छ?” रहस्यबाट पर्दा उठाउने प्रयास गर्दैछु| प्रयास के भन्नु, प्रयास हैन प्रश्न गर्दैछु|

“सुन्ने हैन संचालन गर्नु हुन्छ| हजुरलाइ नै सोध्नु छ|” उनको जवाफले मेरो मनमा कौतुहलताको खहरे खोला नै ल्यायो| उनको आवाज पहिलो पटक सुन्दैछु म| पहिले कहिले उनले कार्यक्रममा फोन गरे जस्तो लाग्दैन|

“पहिलो पटक कार्यक्रममा कसैले केहि सोध्दै छ मलाई| हुन्छ सोध्नु|” कौतुहलता मेट्ने उपाय यहि मात्र थियो|

“मलाई बिस्वास छ हजुरले झुठ बोल्नु हुदैन| अहिले सम्म कुनै श्रोतालाइ भेट्नु भएको छ?” उनको प्रश्न गाह्रो हैन| प्रश्न कुनै गाह्रो हुन्न| प्रश्न अघि जुन वाक्य उनले प्रयोग गरिन्, त्यसले गाह्रो बनायो| बिस्वासको भार भन्दा पश्चातापको भार उठाउन सजिलो|

“अहिले सम्म छैन|” जे सत्य हो, त्यहि जवाफ दिए|

“किन नि?” अघिको प्रश्न गार्हो थिएन, यो प्रश्न गाह्रो छ| किन को जवाफ मसंग नै छैन| मैले पनि कोहिसंग भेट्न खोजेको छैन| कोहि कोहि नजिक हुन खोज्छन् तर मैले मतलब नगरेपछी, उनिहरुको पनि रुची हराउदै जान्छ|

“खै, कोहि भेट्न नआएर होला|” सत्य हैन सजिलो जवाफ दिए| सत्य हैन, सुन्दर सुन्दा खुसि हुन्छन मान्छे| मैले सजिलो बोले|

“त्यसो भए कोहि भेट्न आए भने भेट्नु हुन्छ?” अर्को गाह्रो प्रश्न उनिबाट|

“परिस्थिति अनुकुल भयो भने किन नभेटनु?” गाह्रो प्रश्नको सजिलो जवाफ दिए|

“अनुकुल? मलाई बुझ्न थोरै गाह्रो भयो|” उनले यति भनेपछी मेरो दिमागले अर्को मोड लियो| कहिँ उनि मलाई भेट्न आउदै त हैन? साची भेट्न आइन् भने नि? अहिले सम्म कसैलाई भेटेको छैन मैले| यो एक घन्टाको अन्तरालमा जुन पात्रको भूमिका गर्दै छु, कार्यक्रम पछी मेरो भूमिका अनि अभिनय दुवै बदलिने छ| उनिहरु आर.जे. लाइ भेट्न आउनेछन्, तर आर.जे. गइसकेको हुन्छ अनि त्यहाँ सुलभ मात्र हुन्छ| उनीहरुलाइ सुलभ मन नपर्न सक्छ| एउटा मान्छे कसरि बदलिन सक्छ केहि घण्टामा? यहि प्रश्न आयो होला है? सजिलो छ, मात्र जीवनलाइ नाटक मान्नु, सबै सजिलो हुन्छ|

“मैले श्रोतालाइ नचिन्न सक्छु, श्रोताले मलाई नचिन्न सक्छन्| ठाउ पनि अनुकुल हुनु पर्यो| ठाउ पछी समय पनि अनुकुल हुनुपर्यो|” सोचेर जवाफ दिए| नसोची जवाफ दिनु भनेको, आफै आफ्नो जालमा फस्नु| उनि मलाई भेट्न आउछिन् भान भयो| अझै भन्नु पर्दा, अहिले नै बाहिर पर्खेर बसेकी छिन् भन्ने आकलन मेरो| तर यति राति भेट्न को आउछ र? आएपनि मलाई कसरि चिन्नु उनले| सपना अन्धोले पनि देख्छ, नास्तिकले भगवान देख्न सक्छ, मान्छे चिन्न केहि गाह्रो हुन्न नि होला|

“भेट्ने इच्छा छ भने, जसरि पनि भेटिन्छ|” उनले यति भन्नु र टेक्निसियन दाइले समय सकियो भनि इशारा गर्नु, संगै भयो|

उनलाई समय सकिएको जानकारी दिदै फोन राखे र कार्यक्रम सकियो पनि… 5 मिनेटको गफमा पनि उनको नाम थाहा भएन| सच्चि, नाम त… डायरी, तिमीलाई बाकि पछी भन्छु|”

>>

दिमागमा एउटा नया सोच आयो| जसले हिजो कार्यक्रममा फोन गरिन्, अनि जसले राति मेसेज गरिन्| दुबैले मलाई आफ्नो नाम भनिनन्| के दुवै….

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts