घर फर्किएको १ घण्टा भएको छैन भाउजुले फोन गर्नु भयो र केहि यस्तो भन्नु भयो, म शब्द बिहिन भए| केहि यस्तो भन्नु भयो, कि मेरो ओठमा आवाज छैन| केहि यस्तो भन्नु भयो, मेरो खुट्टा मुनिबाट जमिन हरायो| केहि यस्तो भन्नु भयो, उहाको शब्दली मेरो शरीरबाट सबै बल निचोडेर मलाई भुइमा खसायो| केहि यस्तो भन्नु भयो, भुइमा लडेको म पातालमा पुग्दै छु| केहि यस्तो भन्नु भयो, फेरी पनि खुसि छिनिएको जस्तै भयो| केहि यस्तो भन्नु भयो, लाग्छ कसैले मलाई एक पछी अर्को गरि झापड हान्दै छ|
“मैया, अहिले भर्खर दाइको फोन आएको थियो| मेरो अनि नानिको भिसा लाग्यो|” भाउजुले यति भनिसक्दा, म भित्र भावनाको हुरी आउनु र म माथि सोच हाबी हुनु स्वाभाविक हो| यो दिन आउछ भनि थाहा थियो तर बिर्सिएको थिए| त्यसैले पनि हो म चिसिएर आए| भर्खर सबै सामान्य हुदै थियो, अनि यो खबर आउछ| मेरो जीवनमा माया नि समिप्ता छैन भनेर फेरी पनि पुस्टि भयो| जसलाई म आफ्नो ठान्छु, आफ्नो मान्छु, उ मबाट अबस्य पर भएको छ| फरक यति छ, अरु पर जादा पिडा हुन्छ तर दाइ- भाउजु पर पनि भएको हैन नि| अरु मनबाट पर गए अनि दाइहरु मनमा नै हुनुहुन्छ सधै, मात्र ठाउ फरक| भाउजुले यो खबर सुनाएपछी, मैले बोल्न बिर्सिए कि खै सोच्न बिर्सिए, भाउजुलाइ बधाई दिनुपर्ने हो, त्यो पनि दिएको छैन| म एक ठाउमा जमे, पप्राण छ तर बिबेक छैन|
“मैया, के भयो? हजुरको फोन फेरी बिग्रिएको हो?” भाउजुको यो शब्दले फेरी पनि मेरो चेतना फर्कियो| याद आयो, म भाउजुसंग बोल्दै छु|
“बधाई छ भाउजु| अलि अगाडी थाहा भएको भए त संगै थियौ, खुसि मनाउन हुन्थ्यियो|” मेरो शब्द मात्र खुसि जनाउने छ तर हर्षको भाव मेरो आवाजमा छैन| शब्द र शब्द पोख्ने आवाजमा पनि यत्रो भिन्नता हुदो रैछ| मलाई दाह या रिस पनि हैन, सायद निरास्ता भन्छ यो भावलाइ| कि खिन्न भन्छ? खोइ मलाई थाहाछैन म के महसुस गर्दै छु, अनि यो भावलाइ के भन्छ| मैले अहिले सम्म न आफुलाई जान्न सकेको छु , न आफ्नो भावनालाइ| म खुसिछु तर मेरो मन अहिले खिन्न छ| यति आश छ भाउजुले मेरो शब्द सुन्नु होस्, मेरो मनको खिन्नता हैन|
“भोलि भेटौला नि मैया| बिहानै आउनु न है, मैले ताल बाराही भाकेको छु, बिहान जानु पर्छ|” भाउजुले यति भनेपछी मैले सहमति नजनाउने हुनै सक्दैन| भाउजु खुसि हुनुहुन्छ, म पनि भाउजुको लागि खुसि छु| भाउजुले फोन राख्ने बित्तिकै दाइको फोन आयो|
दाइ: “बहिनि, के छ तिम्रो खबर?”
म: “ठिक छ दाइ| हजुरको बहिनिको खबर कसरि नराम्रो हुन सक्छ?”
दाइ: “ अवाज सुन्दा ठिक लाग्दैन त| के भयो भन|”
म: “आवाजको भर नगर्नुस् दाइ, म खुसि छु|”
दाइ: “तिमिसंग बोलेर सकिन्न नानि| भाउजु आउदै छिन्| भाउजुले भनिन् होलान्| अहिले सम्म यति सहयोग गरेउ, अझै केहि सहयोग गरिदेउ है| म आउदा जति सहयोग गरेउ, भाउजुलाइ पनि त्यसरी नै सहयोग गर है|”
म: “पहिलो कुरा, हजुरले भनि राख्नु पर्दैन यस्तो कुरा| हजुरले नभने पनि मैले यो सबै गर्छु| अनि अर्को कुरा, आफ्नै बहिनि भन्नु हुन्छ, अनि बहिनिलाइ सहयोग गर पनि भन्नु हुन्छ? यो मेरो कर्तब्य हो|”
दाइ: “ एक त हाड नभएको जिब्रो, अनि अहिले भर्खर चिल्लो खाना खाएको| जिब्रो चिप्लियो बहिनि|”
म: “दाइ पनि| चियामा र गफमा, दुबैमा मिठास भर्न खुब जान्नु भएको छ है”
दाइ: “हाहाहा… अनि अझै एउटा कुरा बहिनि| तिमीलाई कर गर्न मिल्दैन तर मेरो मनमा लागेको कुरा है| होटेल भाइले हेर्न सक्छ, अनि पार्लर नानीले| मिल्छ भने, तिमिलाइ मन छ भने, तिमि पनि यता आउने सुरसार गर| फेरी पनि संगै भइन्छ|”
म: “ आमा बुवाले छाडेर जानु भयो, हजुरले टुहुरो महसुस हुन दिनु भएन| हजुरले भनेको कुरा काट्न मन लाग्दैन तर दाइ, मातृ भुमि छाडेर बाहिर जाने इच्छा नै छैन| नेपालमा जति खुसि कहिँ हुन्न जस्तो लाग्छ|”
दाइ: “अहिले खुसि छौ भने म केहि भन्दिन तर यदि मन बदलियो भने, भन है|”
दाइसंग गफको सिलसिला यसरि नै अघि बढ्यो र टुंगियो पनि| खल्लोपन केहि भएपनि कम भयो| सुत्नु अघि भोड्काको दुइ पेगको साथ रोजे र त्यसपछि निन्द्राको| भाउजुले बिहानै बोलाउनु भएको छ, त्यसैले सुत्नु अघि अलार्म लागेको थिए| एउटा हैन 4 वटा अलार्म| अलार्मको महत्व बुझेको छु मैले| अलार्मले भन्दा अघि नै मनको सोचले निन्द्रा खोलिदियो| ५ बजे निन्द्रा खुल्यो, ६ बजे बोलाउनु भएक हो| भाउजुकोमा जानु अघि होटेल पुगे| भाउजुको भिसा आएको खुसि मनाउनु छ, भब्य तरिकाले| के के तैयारी गर्ने भनि सबै निर्देशन दिए| निर्देशन दिदै नै थिए, त्यत्तिकैमा कटेजबाट आवाज आउन लाग्यो| केटा केटि बाझ्दै छन्| झगडा हुदै छ| आवाज निकै ठुलो भएर नै मेरो ध्यान घिच्यो त्यो झगडाले| दुइ मिनेट जति बाझाभाझ अनि कटेजको ढोका खुल्छ, र त्यहाँबाट एउटा केटि निक्लिएर होटेल बाहिर निक्लिंछे| गल्ति केटाको होस् या केटीको, झगडा ठुलै परेको छ| केटिको पछी केटा पनि खालि खुट्टा दौडियो, केटीलाई फकाउन भनि| होटेल बाहिर केहि बेर दुबैको फेरी बाझाबाझ पर्छ अनि केटि जान्छे र केटा फेरी पनि फर्किन्छ| मैले केटा जातिलाई बदनाम गर्न खोजेको हैन तर यस्ता केटाले नै बदनाम गर्दै छन् केटा जातिलाई| अहिले भर्खर यति ठुलो झगडा परेको छ, अनि फर्किदा मलाई आखा झिम्क्याउदै गयो| गएर एक झापड लगाउन मन थियो तर बिहान बिहान हात मैलो गर्न मन लागेन|
भाउजुकोमा पुगे अनि त्यहाबाट ताल बाराही| घर फर्किएपछी भाउजु खाना पकाउन लाग्नु भयो अनि हत्तारमा पनि हुनुहुन्छ| भाउजु आज बेलुका गाउ जाने योजना बनाउदै हुनुहुदै रैछ| भाउजु आज गाउ जानु भयो भने, मैले अघि भर्खर होटेल गएर बनाएको त्यत्रो योजना खेर गएन? भाउजुसंग जिद्दी गरे अनि आज नभई भोलि बिहान जान भनि राजि गराए| भाउजुको पनि केहि सर्त थियो| भोलि बिहान ६ बजेको गाडीमा जाने, अनि होटेलबाट रातको ९ बजे अघि फर्किने| भाउजुको सर्त नमान्ने सवाल नै हुन्न|
भाउजु: “अनि मैया, अब हफ्ता दिन पार्लरको जिम्मा पनि हजुरलाई नै| देवर बाबु अनि नानीले पनि गाउ जान्छु भनि इच्छा गर्नु भयो, नत्र हजुरलाई दुख दिने मन छैन|” भाउजु अमेरिका जाने भनेर नै दाइले गाउबाट भाइ र बहिनिलाइ पोखरा ल्याउनु भएको हो|मलाई सहयोग पी हुन्छ अनि उनीहरुले पनि केहि सिक्छन भनि| अहिले दुवै पोख्त छन् आफ्नो काममा| होटेल चलाउन म नै हुनुपर्छ भन्ने छैन, त्यसैले पार्लरलाइ हुन्छ भने| फेरी हफ्ता दिन त हो नि| अनि पुरै समय पनि बस्नु पर्ने हैन|
बेलुका होटेलमा भाउजुको भिसा लागेको खुसियाली मनाइयो र खाना पछी भाउजुलाई घर पुर्याए| भर्खर ९ बजेको छ र म मदिराको प्रभावमा छु| मदिरा पिएर गाडी हाक्न हुन्न, मेरो मात्र हैन धेरै ज्यान खतरामा पर्छन| मैले गर्न नहुने कार्य गरे| होटेल नै फर्किए र फेरी पनि मदिरा पिउन लागे| रात चढ्दै गयो र मान्छे घट्दै| १ बजेको छ र बारमा जम्मा ६ देखि सात जना| रक्सिको नशा यति मजाको थियो तर बिहानको जोडीमा फेरी झगडा पर्यो जस्तो छ र नशा बिथोलिन पुग्यो|
