आजको दिन साथीकोमा नै बस्ने गरि घरबाट हिडेको थिए, त्यसैले घरमा फेरी आउन्न भनेर फोन गर्न परेन| साथीसंग गफ गर्दै राति ११ बज्यो, फोन आफुसंग थिएन,चार्जमा हालेको थिए| एउटा कुरा चाही अचम्म लाग्यो, अहिले सम्म निष्ठाले फोन चाही किन गरिन? उसले नगरेर के भयो त, मैले पनि गर्न सक्छु नि, फोन चार्ज बाट निकालेको,८ वटा मिसकल थियो रैछ निष्ठाको र ७ वटा मेसेज| फोन भिब्रेशनमा भएकोले थाहा नपाएको रैछु, फोन उसले गरेकी रैछे| उसलाई फोन गर्नु अघि मेसेज नै पढ्न लागे, मैले फोन नउठाकोले केहि चिन्तित र केहि रिसाई उ| एउटा चाही अचम्म को मेसेज थियो,” म मन परिन हो भेटेपछि? के सोच्नु भयो होला है हजुरको बारेमा? त्यस्तो हो भने एक पल्ट मात्र फोन उठाउनु,त्यसपछि म कहिले फोन गर्दिन |” के के सोचेर बसेकी रैछे,मैले गर्दा उसलाई के के बिचार आएछ मनमा | एकछिन आफ्नै मन खल्लो भएर आयो | फोन लगाए उसलाई , र पहिलो घन्टी पनि नबज्दै फोन उठ्यो उसको|
“फोन किन न उठाउनु भएको?” उ रुदै थि, उसको बोलिबाट प्रस्ट भए म |
“चार्जमा थियो फोन, त्यसैले हो?”भन्न खोजेको धेरै थियो तर सोच्नै सकिन |
“अनि चार्जमा भएको बेला उठाउनु हुन्न?म …” उसले आफ्नु वाक्य नसकिदै, रुन लागि | यसै बोल्न गार्हो हुदैथियो मलाई,झन् गार्हो भयो,उ रोए पछी|
“अनि थाहापाइन नि त, भाइब्रेसनमा थियो| नरो न, फुच्ची |” भन्न सक्ने यति मात्र थियो मैले, फेरी साथीको अघि यसभन्दा केहि भन्न पनि नमिल्ने|
“मेसेज त गर्नु पर्छ साथीकोमा छु भनेर | ” उसको रुवाइ अहिले सम्म नि चालु थियो|
“फुच्ची नरो भनेको के, मैले बिर्से, धेरै कुरा नसोच्|” फकाउन लागे उसलाई|
“रोको छैन, अनि के गर्नु नसोचेर, फोन नउठाएसी?” बोल्दै रुदै थि,जति भने नि रुन छोडिन उसले|
“नारोको भए यो आवाज के हो?”
” त्यो त् माया हो,आफै आयो?”
“अनि माया हो भने किन खेर फ्यालेको?”
“अनि आउछ आसु, के गर्नु त? “
“केहि नगर्नु, मैले अघि दिएको Teddy लै हग गर, अनि बस्?”
“हुन्छ,आइ लब यु बुडा|”
“लब यु टु”
बल्ल कुरा मिलेर गयो, अब फेरी सुरु भयो हाम्रो मायाको कुराहरु|
“एउटा कुरा भन्छु है हजुरलाई?”
“म नाइँ भन्छु होला तलाई?”
“अघि हजुरले फुच्चे भनेको कस्तो मन पर्यो,आज देखि मलाई फुच्ची भन्नु है|”
“हुन्छ, त् मेरो फुच्ची नै होस् नि|म नि एउटा कुरा भनु?”
“अनि मैले चाही हुन्न भन्छु होला,हजुरले केहि भन्छु भन्दा?”
“तेरो हातमा कति धेरै पसिना आउने रैछ |”
“अह है, म खतरा हो नि त|”
“जहिले हो कि, आज मात्र हो?”
“जहिले हो नि,त्यसैले म जहिले रुमाल लिएर हिड्छु?”
“जहिले आउने रैछ, झन टिभी हेर्दा कति आउने हो?”
“टिभी हेर्दा किन आउने हो पसिना?”
“सेक्सलाइ म टिभी हेरेको भन्छु के ?”
“छ्या कस्तो फोहोरी हजुर त|”
“के फोहोरी छ यसमा?”
“अनि के पसिना आउछ भनेको टिभी हेर्दा|”
“आउछ अनि के भन्नु? तैले मैले टिभी हेर्यो भने तेरो हातमा अझै धेरै पसिना आउछ|”
“छ्या,भयो के भयो, तर किन टिभी भनेको त्यसलाई?”
“के लाइ?”
“त्यसलाई|”
“त्यहि त के लाई?”
” म भन्दिन के यस्तो कुरा, हजुरले भनेको सुन्न मात्र मन लाग्छ मलाई|”
“है, त्यसैले जहिले म बोल्छु अनि त् सुनेर बस्छस्|
“उम्म, तर टिभी किन भनेको?”
“किन कि………….”
