Part 62

“उम्म,तर टिभी किन भनेको?”

“किन कि , म बच्चा हुदा केटा केटिले कसरि बच्चा पाउछन सोच्थिए,थाहा छ तलाई?” बच्चा बेला धेरै अनौठो सोच आउने, त्यो मध्य एक यो थियो|

“कसरि?” सुन्न उत्सुक थि उ पनि|

“केटा र केटीले, दाइजोमा पाएको खात माथि बसेर, दाइजोमा पाएको टिभी हेरेपछि, बल्ल बच्चा पाउछन लाग्थियो मलाई|”भने नि एकदम अनौठो तरिकाले सोच्ने म |

“जे पायो त्यहि, बच्चै देखि यसमै थियो है दिमाग?”

“के गर्छस् अभ, त थिनस् बच्चा बेला, नत्र त मा हुन्थियो दिमाग|”

“कुछ भी है,जे भन्दे नि भयो|”

“हो त नि, तैले यस्तो केहि सोच्थिनस्?”

“नाई सोच्दिन थिए,म सोझी छु नि|”

“सोझी चाही केहि हैन, त अहिले पनि बच्चा नै छस्|”

“हो त,हजुरले अघि आफै भनेको हैन ,म छुच्ची फुच्ची हो भनेर|”

साथिहरु मेरो गफ सुन्दा सुन्दै निदाएछन्,त्यसैले खुलेर बोल्न पाएको छु अहिले| नत्र यसरि बोल्नु त्यसतै हो साथीहरु संग भएको भए, जिस्काएर बोल्न नसक्ने बनाउथिए होला| साथि सुत्नु भनेको म संग अरु धेरै कुरा बोल्ने मौका छ, अभ खेर फ्याल्नु त भएन नि |

“अनि के सार्हो डराएको त आज पिंगमा, मलाइ हासो उठेर केहि थिएन|”

“अनि के डर लाग्दैन त,त्यसैले नजाने भनेको मैले,अहिले आएर जिस्काउन रैछ लागेको मलाई|”

“हैन आखाँ चिम्म थियो तेरो,डर चाही कसरि लाग्यो?”

“ह्या हजुर पनि गधा जस्तै होइसिन्छ, डर लागेर चाही आखाँ चिम्म गरेको मैले|”

“अनि डर लागेको बेला आखा चिम्म गरेपछि, डर भाग्छ त?”

“भाग्न त भाग्दैन तर कम त हुन्छ?”

“अनि के गरेपछि भाग्छ त?”

“थाहा छैन मलाई|”

“मलाई थाहा छ|”

“के गरेपछि?”

“बुढोलाइ चुमे पछी|”

“छ्या जे पायो त्यहि|”

“हो त नि, त्यसैले भुतघरमा तैले मलाई चुमेको हैन?”

“मैले चाही केहि नै हैन है, हजुरले हो त्यो किस गरेको मलाई|”

“तैले हो, आफु गर्छे अनि मलाइ दोष लगाउछे|”

“हैन के, मलाई क्या डर लाग्यो, अनि मैले हजुरलाई अन्गालो मात्र हालेको थिए, अनि हजुरले फाइदा उठाउनु भयो|अनि अहिले मलाई भन्नु हुन्छ|”

“कसले कसको फाइदा उठायो मलाइ थाहा छ, त्यो सुनसान ठाउमा, मलाई एक्लो र कम्जोर पुरुस देखेर, तैले फाइदा उठाको हो|”

“ल हो त हो,आफ्नै बुढालाई त हो |” उसले यति भनेपछि एकछिन स्वर्गको यात्रा गरेर फर्किए म|

रात संगै बात पनि बढ्दै जाने हाम्रो| कहिले बकफुसे गफ भने, कहिले अतितमा पुग्ने र कहिले भबिस्यमा रुझ्ने| रात संगै, मोबाइलको ब्याट्री र ब्यालेन्स सकिएको पत्तो नहुने| म जे भन्न जादैछु, मैले भनेको नमिल्ला वा भनेको पारा खराब देखिएला, तर हामि यस्तो अवस्थामा छौ अहिले, जहाँ मलाई उ नभई हुन्न र उसलाई म | फेरी उनि म अघि एउटा खुल्ला किताब झैँ बनेकी छे र म पाठक जो परे, उसको हरेक पानामा कोरिएको भाव बुझ्दै जादै छु| हरेक पानामा भएको एक एक शब्दमा म आफुलाई भेत्दैछु| धेरै समय लागेन मलाई उसको बारे पुरै कुरा बुझ्न,उसलाई के मन पर्छ के मन पर्दैन, के मात्र हैन को मन पर्छ को मन पर्दैन पनि| मायाको कुरा हरेक सम्बन्धमा हुन्छ तर हामि मायामा मात्र सिमित थिएनौ| हरेक रात फोनमा भएपनि,एक अर्कालाई एकअर्काको छेउमा कल्पना गर्दै, कति पल्ट दुइ ज्यान एक आत्मा भयौ हामि, फोनमा भएपनि| अरु के भन्नु, हरेक रात मेरो कल्पनामा भएकी उनि, फोनबाट मेरो बिस्तरामा आउथि उनि,र हामि एक अर्काको मायाको प्यास बुझाउन लाग्थिएउ| यो पनि माया नै त होला|

मेरो १२को बोर्ड परिक्षा पनि आउन लाग्यो,त्यो अघि चाही उ संग एकपल्ट भेट्न इक्षा जाग्यो,इक्षा उसलाई प नि थियो र कुरा हुदै जाड़ा भेट्ने कुरा भयो, तर यो पालि चाही ११ बजे आउने भइ उनि, अनि 4 बजे फर्किनु पर्ने| अभ कहाँ जाने होला त घुम्न?

Previous article
Next article

Latest Posts