मेरो १२को बोर्ड परिक्षा पनि आउन लाग्यो,त्यो अघि चाही उ संग एकपल्ट भेट्न इक्षा जाग्यो,इक्षा उसलाई पी थियो र कुरा हुदै जाड़ा भेट्ने कुरा भयो, तर यो पालि चाही ११ बजे आउने भइ उनि, अनि 4 बजे फर्किनु पर्ने| अभ कहाँ जाने होला त घुम्न?
नगरकोट देखि नमो बुद्ध सम्मको कुरा भयो तर त्यस्तो कहिँ गइएन| कारण जम्मा एक थियो, फर्किन अबेला हुन्छ र उसलाई जसरि पनि 4 बजे भित्र घर पुग्नु पर्ने| यो देशमा माया गर्ने बाताबरण नै छैन भनेको| अन्तिममा फ्लिम हेर्न जाने कुरा भयो| कुन चाही हलमा पुगेपछि मात्र थाहा हुने भयो| भने बमोजिम ११ बजे भेटियो मैतिदेबिको सेतोपुलमा| म चाही ११:४५ मा पुगेको थिए र उसलाई पर्खेर बस्दै थिए| उ सेतो पुल मुनि बाट आइ,घट्टेकुलो तिरबाट र मैले उसलाई देख्दै थिए तर उसले भने मलाई देखेको थिन| उसले झन नदेखोस् भनि, त्यहि सेतोपुलको पेट्रोल पम्प पछाडी गएर लुके| उसले आउने भित्तिकै यता उत्ता हेर्दै थि र मलाई नदेखेपछि, मलाई फोन गरि उसले|
“हेल्लो कहाँ हो हजुर?” मलाई नदेखेपछि, उसको यो प्रश्न स्वाभाविक नै थियो|
“म बानेश्वरमा छु,कस्तो जाम भनेको आज|” एकछिन भए पनि जिस्किदै थिए म |
“ह्या, म के गरेर बस्नु अभ यहाँ?” अभ उसको बोलीमा निकै परिवर्तन आयो र उसले भुइँमा एउटा खुट्टा हान्दै भनेको यो वाक्य म देख्दै थिए|
“५ मिनेट मात्र त हो, पुगी हाल्छु नि|” एकछिन अझै आगो थप्दै थिए अघिको झुठमा|
“हजुरको बाजे,५ मिनेटमा पिलेन चढे पनि बानेश्वरबाट यहाँ पुग्दैन|” हुन त उसले भनेको पनि सहि हो तर मा बानेश्वरमा भए पो|
“ल पुगे म|” उसको पछाडी गएर,उसको कानमा यति भनेको मात्र के थिए, उ एकछिन बोल्न नै सकिन मलाइ देखेपछी| एकछिन सम्म उसको दुइतै हातले उसको मुख छोप्दै थियो र उसको आखा बल्ब हत्र भएका थिए र उनील लामो लामो सास लिदै थि| उनको सात्तो गएको हो कि उ खुसि भएकी बुझ्ने गार्हो पर्यो ५ मिनेट सम्म| एकछिन सम्म केहि नबोलेको उनि, जब उनि बोलिन्, तब म बोल्न नैं सकिन|
“ल जाउ हिड?” उसको पहिलो वाक्य|
“कुन हल जाने?” मैले केहि सोचेको थिन,उसले सोचेकी छे कि भन्ने आशमा उब्जिएको प्रश्न थियो मेरो|
“गोपी कृष्ण ,अरु काहा जानु !” उसले यति भनेपछि म छक्क परे| नराम्रो भन्न खोजेको हैन त्यो हल लाइ ,तर अहिले सम्म म त्यो हल गको थिन, निकै नराम्रो तस्बिर कोरिएको थियो मेरो मस्तिस्कमा त्यो हल प्रति|
“त्यहाँ जाने र? Fcube जाम न, चाह्बेलको|” मनको कुरा दुरुस्त ओठमा ल्याए|
“त्यसो भए तपाई fcube जानु , म घर जान्छु|” कहिले यति रुखो भएको थाहा थिएन उनि|
“हैन हैन गोपी कृष्ण नै जाने,जुम|” अभ उसलाई फकाउनु त पर्यो नैं, आखिर केटा जो परे, सम्बन्धमा कि त मेरो गल्ति हुन्छ कि त उनको केहि गल्ति हुदैन| यसरि नै चल्दै आएको छ सम्बन्ध, भगवानको पाला देखिनै|
“१२ बजे हो फ्लिम सुरु हुने, ल जुम|” उस्ले कति हतार गरेको हो के , भर्खर ११:१० हुदै थियो र गोपी कृष्ण पुग्न बेसी भन्दा बेसी ३० मिनेट लाग्छ|
“अनि हिडेर जाड़ा अलि अबेला हुन सक्छ नि त|” लु खत्तम, हिडेर जाने भन्छे आज पनि, फेरी तिन छक्क परे|
“नाई गाडीमा जाने नि, नहिड्ने|” अभ उसको अघि बच्चा पारामा म व्यवहार गर्दै थिए|
“बुढीले भनेको मान्नु पर्छ के बुढा, ल जुम हिडेर|” यति मज्जाले भनि उसले, अभ उसले भने भने त,चन्द्रमा सम्म पनि हिडेर पुग्न सक्छु जस्तो लाग्यो|
“हुन्छ जुम,तर जे पनि तैले भनेको हुनु पर्ने है|कस्तो जिद्धि के त |” मनमा भएको सानु आक्रोस, ठुलो हासोकोसाथ निकाले|
“एक त हजुरको बुढी,त्यस माथि खतरा मान्छे म| अनि मैले भनेको सबै मान्नु परेन त? अनि यसलाई हक जताको भन्छ,जिद्धि हैन|” उसलाई बोल्न चाही अत्तिनै आउने|
“चस्मा त ल्याको छस् नि? नत्र पुरै फ्लिम तलाई जापनिज फ्लिम हेरेको जस्तो होला|” झलास्य याद आयो, चस्मा बिना उसलाई फ्लिम हेर्न गार्हो हुन्छ भनि|
“छ्या कस्तो छाडा के हजुर|” मैले गरेको मजाक उसले ठ्याक्कै बुझी, जुन धेरै पाठकले नबुझ्न सक्छन|
“एउटा कुरा थाहाछ, तैले मलाई आफु जस्तै बनाउने भइस्|” हिड्दा खेरि बोल्ने कुरै केहि थिएन, त्यसैले उटपट्याङ्ग पकुरा मात्र थियो मेरो दिमागमा|
“त्यो चाही कसरि नि?” मैले सोचेझै उसले प्रश्न गरि|
“तलाई धेरै पसिना आउछ नि, मलाई पनि त्यस्तै बनाउन लागिस् तैले| बिहे अघि यसरि हिडाएर र बिहे पछी टिभी हेरेर|” जिस्किदै यति भनेको मात्र के थिए, कस्तो बम्की निष्ठा एकछिन त| हल पनि पुगियो,अभ कुन फ्लिम हेर्ने भन्ने निश्चित गर्नु पर्ने|
“कुन फ्लिम हेर्ने?” मैले भनेको उसले मान्ने हैन,त्यसैले यो पनि उसलाई नानी जिम्मा दिए|
“सब भन्दा जुन चलेको छैन नि, त्यहि हेर्ने|” उसले मा तिर तेर्सो आखाले हेर्दै,यति भनेपछि के भन्नु कसम, मन नै खुसीले फुरुङ्ग भयो|
उसले भने जसरि नै , कहिले नाम नसुनेको नेपाली फ्लिम, “सिसा” भन्नेको टिकेट काटियो. २५० तिरेर,त्यो पनि डिलक्समा | साच्चिकै नचलेको फ्लिम रैछ यो, हलमा गनेर १० जना मान्छे थिए होला, र डिलक्समा हामि दुइ मात्र| यता फ्लिम चल्यो, अनि फ्लिम संगै हामि पनि चल्न लागेउ| सुरुमा मैले उसको हात समाए, र एकछिन पछी आफ्नु हात उसको घाती तिर लगेर उसलाई आफु तिर तानेर, एक अर्काको ओठ जोडे| जोडे पनि यसरि जोडे, मानौ कि यी ओठ कहिले अलग भएकै थिएनन्| उसले आखा चिम्लेर यो पलको मजा लिदै थि भने मेरो आखा खुल्लै थियो| जब ओठ थाके, त्यसपछि जिब्रो काममा आए, जसरि आइसक्रिम खादा जिब्रो संचालनमा आउछ, हाम्रो जिब्रो पनि त्यसरी नै संचालनमा आएका थिए|
हाम्रो ओठ एक एर्कासंग अलग्ग बनाउदै उसले भनि “तपाइको हात दिनुस् न्|”
अभ अचानक उसले हातचाही किन मागेको, एकछिन भए पनि सोच्न बाध्य भए तर हात दिन चाही दिए|
