Part 64

अभ अचानक उसले हातचाही किन मागेको, एकछिन भए पनि सोच्न बाध्य भए तर हात दिन चाही दिए|

“हेर्नुस त, मेरो मुटुको धड्कन कति बढेको,हजुरले गर्दा हो|” उसले मेरो हात उसको मुटुमाथि राखेर भनि| उसले मुटुको धड्कन महसुस गर्न भनि,उसको मुटुमा मेरो हात राखिदिदा, झन्डै मेरो आफ्नै मुटुको धड्कन रोकिएको| रोकिन त रोकियो धड्कन तर एकछिनलाइ मात्र|

“हो त है| एकदम चाडो चाडो धक्दिकै छ|” मैले भन्न सक्ने यति मात्र थियो|

“भयो अभ हात हटाउदा हुन्छ|” एकछिन सम्म मैले हात नहताएपछी, उसलाइ केहि असहज भएछ क्यारे|

“एकछिन न, म बसेको मुटु कस्तो महसुस गर्दै छु|” यति भनेपछि उ चुप लागि, सायद मैले बोल्न नै दिन| यति भन्ने बित्तिकै मैले ओठ उनको ओठमा लगेर जोडे र ओठ संगै मेरो हात पनि चल्न लागे, र त्यो संगै उसको जिउ पनि| हामि हेर्न गएको कथा बस्तु के थियो पत्तो भएन, फ्लिम कसले पो हेर्यो र | बाहिर आउदा उसको घाटीमा मैले बनाइदेको दुइटा मायाको चिन्होहरु थियो र त्यो लिदै उनि घर गइ| उसले भने जसरि नै उ 4 बजे अघि घर पुगी र पुग्ने बित्तिकै मलाई मेसेज पनि|

रातिको ९ बजे तिर फोन आयो फेरी उसको, फोन जहिले आफै गर्थी, मामु संग लुकेर|

“हजुरले गर्दा झन्डै फसेको आज म|” खाना खाए कि नाई, के गर्दैछु म,यो केहि नसोधी उसको पहिलो वाक्य नै यहि थियो|

“के भो र?” उ फस्ने गरि मैले केहि काम गरेको नै याद छैन, अभ के चाही रैछ भनेर जान्ने इक्षा मलाई नि जाग्यो|

“त्यो मेरो घाटीमा भएको लव बाइट मामुले देख्नु भयो, एल्रर्जी भनेर झन्डै डाक्टरकोमा लग्नु भएको|” उसले यति भनेपछि मैले आफ्नु हासो रोक्ने सकिन र मन खोलेर हास्न लागे| यता म हासेको मामुले सुन्नु भयो र, एक्लै हास्छ हजुर छोरा त, बौलायो कि क्या हो भन्न पनि भ्याउनु भयो बुवासँग| झन् बोक्सी लाग्यो पनि भन्न छुटाउनु भएन मामुले र बुवाले जिस्कदै बुहारी लाइ बोक्सी नभन् पनि फर्काएको सुन्दै थिए म | मेरो हासो अझै पनि रोकिएको थिएन|

“के हासेको नि गोरु, झन् हजुर आमाले त झन् बोक्सीले चुसेको भन्नु भयो|सबै हजुरले गर्दा हो|” मेरो हासो नारोकिएपछी उ झन् केहि रिसाई र कुरा सुनाउन लागि|

“बोक्सी हैन ज्वाईले हो भन्न सकिनस् तैले?” म भने जिस्किने मुडमा थिए|

“चप्, अभ देखि भेटेको बेला मलाई छुने पनि हैन|” उसले भन्न चुप भनेकी हो,तर जहिले म चप् सुन्ने उसको चुपलाइ|

“भेटेको बेला हातले छुन नपाउने हो कि ओठले ?” साथिहरुले जिस्केर मलाई बोका प्रसाद भन्ने, सायद मैले यस्तै कुरा गर्ने भएर होला|

“दुबैले, छोए भने मैले जानेको छु?” उ रिसाउदा पनि निकै मिठो तरिकाले रिसाउने के, लाग्छ रिसाउदा पनि मुखमा चिनी हालेर रिसाउछे|
उसको र मेरो गफ, एक त उ पनि हावा र म पनि, कहिले चाहिने गफ नै नहुने| कहिले उसले उडाउन, र कहिले मैले| जे होस् हाम्रो जस्तो जोडी चाही निकै गार्हो हुन्छ भेटिन|

“त फुटबल हेर्छस्?” हरेक दिन एउटा पछी अर्को कुरा जान्दै थियौ हामि एक अर्काको बारेमा|

“अह कहिले काही, हजुर नि हेरिसिन्छ?” उत्तर सहित प्रश्न पनि आयो उसको तर्फबाट|

“हेर्छु नि, तलाई कुन क्लब मन पर्छ?” चाहिने नचाहिने प्रश्न सोधेर बस्दै थिए म पनि|

“हजुरलाई कुन मन पर्छ?” प्रश्नको उत्तर फेरी पनि प्रश्नमा आयो|

“रियल म्याड्रिड|” मैले भने प्रश्नको उत्तरमा प्रश्न हैन उत्तर नै फर्काए|

“त्यसो भए मलाई पनि त्यहि मन पर्छ?” उसले यति भनेपछि त के भन्नु, खुसीले मेरो हड्डी पनि हास्यो|

यता मेरो बोर्ड परिक्षाको चटारो र उता उसको ९ क्लासको फाइनल परिक्षाको, गफ कम हुन लाग्यो तर सम्बन्ध भने झन् गाढा हुँदै गयो| मलाई भने केहि थिएन तर उसको मोबाइल मामुले लिनु भएछ परिक्षा भारीलाई, त्यसैले कहिले काही त हफ्ता दिन सम्म पनि कुरा नहुने| चैत्र २४ मा उसको परिक्षा सकियो र फेरी हाम्रो गफ गाफले गति समात्यो| यता मेरो परिक्षा पनि सकियो बैसाख १८ गते र अभ हामि फेरी भेट्ने प्लान बनाउन लागेउ | र भेट्ने दिन पनि टुंगो लाग्यो, बैशाख … गते.

Previous article
Next article

Latest Posts