उहालाई यति धेरै खुसि पहिलो पटक देखेकी हु मैले, जुन मान्छेको आगमनको कल्पनाले नै उहाको मन यस्तो हर्षित भएको छ,झन् त्यो मान्छेको आगमनमा त उहाको मुटुले संसारको सबै खुसि भेट्छ होला| केहि अनुमान गर्न लागे म पनि,आखिर को हुन् उहाको मुटुका दुइ टुक्रा,एउटा टुक्रा पकै पनि अभि हुनु पर्छ,अर्को नाम जति कोशिस गरे पनि मेरो दिमागले चित्रण गर्न सकेन| थप एउटा प्रश्न गरि उहालाई उहाको खुसीको संसारबाट बाहिर निकाल्नु गलत हो भनि निर्णय गर्यो यो मनले र म पनि उहा जस्तै पर्खिन लागे उहाले पर्खी बसेको मान्छेहरुलाई| त्यहि पर्खाइ बीच अझै एउटा अनुमान गर्न भ्यायो मेरो दिमागले,कहिँ वर्षा र सारिका मध्य एक जना त हैन नि, अनुमान नगर्दा सम्म मनमा कह हलचल थिएन तर अब मन भरि खुल्दुली हुन लाग्यो र दिमागमा एउटा मात्र प्रश्न घुम्न लाग्यो “आखिर को हुन् उनको मुटुको त्यो दुइ टुक्रा|
एकछिनको पर्खाइ पनि मलाई युग झैँ लाग्दै छ, मनमा प्रश्न जो थियो,आखिर आउन लागेको मुटुको टुक्रा को थियो? म गेटमा हेर्न लागे,दुइजना जो आउछन,बिस्वासकै साथि हुनु पर्छ सोच्न लागे तर कोहि थिएनन् बिस्वासको साथि,अहिले सम्म आएका मध्य| एकछिनको पर्खाइ पछी ,दुइ जना आए र सिधै बिस्वास सामु आएर अडिए अनि पालै पिलो बिस्वासलाई अँगालो हाले| कुर्सिको जरुरि महसुस गर्नु भएन,न बिस्वासले न बिस्वासको साथिहरुले| उभिएर नै गफ गर्न लागे एकछिन सम्म| पर्खेर बसेको मान्छे आए,मेरै सामु छन् तर को हुन् मलाई थाहाछैन| अहिले सम्म विश्वास अरुसंग यति खुल्नु भएको थिएन तर यी दुइ जनाको सामु बिस्वास फरक मान्छे हुनु भएको छ| आन्द्रा भुडी सबै भन्न लाग्नु भयो आफ्नु अनि उनीहरुले पनि त्यहि गर्दै छन्|
म पनि त्यहि छेउमा बसेकी छु भनेर भुले जस्तो लाग्यो सबैले, निस्फिक्री भएर बोल्दै थिए तिनै जना, मानौं त्यहाँ सुन्ने मान्छे कोहि छैन गरि| बिचार भयो सायद उनीहरुलाई बल्ल, म पनि त्यहि छु भनि,बिस्वासले सबैलाई बस्न भन्दै मलाई हेर्दै मुस्कुराउनु भयो।
“उ चाही अभि,अनि उ चाही पंकज|” आफ्नु साथि तिर देखाएर मलाई उनीहरु सामु चिनाउनु भयो ,मैले उनीहरुको परिचय पाए,मैले आफ्नु परिचय दिन बाकि थियो
“म प्रतिक्षा|” मैले यति भनेर आफ्नु परिचय दिनु बेकार मात्र भयो,मैले आफ्नु वाक्य समाप्त पुरा गर्न नपाउदै, अभिले भन्नु भयो “तिमि चाही प्रतिक्षा हैन?”
बिस्वासको यसभन्दा अघि भेटेको साथिहरुले भाउजु भन्दा खुसि लागेको थियो तर अभिले यति भन्नु हुदा मलाई अझै खुसि लाग्यो, सायद यो खुसीको मापन छैन| सगरमाथाको उचाइको मापन भयो, प्रशान्त महासागरको गहिराइको मापन भयो ,धर्तीबाट सुर्यको दुरी मापन भयो तर मेरो यो खुसीको मापन गर्न मिल्दैन| आखिर बिस्वासले आफ्नु मुटुको टुक्राहरुलाई मेरो बारेमा भन्नु भएको रैछ,यति थाहा पाउदा खुसि कसरि नहुनु| बिस्वास र अभिको भेट चाही दुइ बर्ष पछी नै हुदै रैछ,पंकजसंग चाही एक बर्ष अघि पनि भेट्नु भएको रैछ| एकछिन सम्मको गफ अनि केही कप कफी पछि अँध्यारो हुँदै गयो।
“हामि आज यहि बस्ने हो र?” पंकजको प्रश्न बिस्वासलाई, प्रश्न सामान्य थियो तर सोध्ने तरिका बेग्लै।मानौ पंकजलाइ पहिले देखि नै उत्तर थाहाछ|
“हैन तर कहाँ जाने?” बिस्वासले सधै जस्तो प्रश्नको जवाफ अर्को प्रश्न राख्नु भयो|
“ठमेल,अरु कहाँ हुनु|” अभिले उत्तर दिनु भयो, मैले जवाफको अपेक्षा चाही पंकजबाट राखेकी थिए|
“हुन्छ,पहिले कार होटेलमा राखौ,अनि जाउला|” बिस्वासले यति भन्नु भयो तर कार किन होटेलमा राख्ने बुझिन मैले,अनि बसमा जाने हो र आफ्नु कार छाडेर?
“किन?कारमै गए हुन्न?” नबुझेको कुरा राखे बिस्वास सामु|
“अनि ग्वाच,मापसे हुन्न फर्किदा?”
बिस्वासले यति भनेपछि आफैमाथि हासो उठ्यो,मैले यो किन सोचिन,झन् मेरो यो प्रश्नमा बिस्वासको साथीले के सोच्नु भयो होला| त्यहाँबाट बिस्वासले भने जस्तै हामि पहिले होटेल गयौ अनि ट्याक्सी लिएर ठमेल|
ठमेलको रौनक र चमक नै बेग्लै,मान्छे अनि त्यहाको बातावरण बयान गर्नलाई मैले शब्द भेटिन,सायद बर्णन गर्ने काम बिस्वासको हो,मेरो हैन| सुरुमा”फ्याट क्याट” गइयो, त्यहाँ सबैले एउटा एउटा बियरको बोतल रित्याएउ | त्यसपछि पर्पल हेज भयो हाम्रो गन्तव्य| अहिले सम्म मैले बन्द कोठामा,एक्लो भएर पिएको थिए सोमरस| आज हो यति धेरै मान्छेको बीच, संगीतमा रमाउदै पिउदैछु म| यता हामि बियरमा मस्त छौ, स्टेजमा मान्छेहरू गाउदै छन,यो अनुभव पनि बेग्लै हुदो रैछ| त्यहाँबाट फेरी अर्को ठाउ जाने भनि उठ्नु भयो बिस्वास ,आखिर किन ठाउ फेरेको बुझ्न सकिन मैले तर मजा आउदै थियो,नया ठाउमा नया माहोल हुन्छ|
“दर्बार मार्ग जाम|” अभिले पर्पल हेजबाट निक्लिए पछी यस्तो प्रस्ताभ राख्नु भयो| बिस्वासले पनि सहमति जनाउनु भयो| दर्बारमार्ग भनेको कहाँ हो थाहा छैन मलाइ तर उत्सुक अनि खुसि छु,म पनि तम्सिए|
मैले पहिले पनि भने,अहिले सम्म मैले मापसे गरेको भनेको बन्द कोठामा एक ठाउमा बसेर हो तर आज ठाउ फेर्दै माहोल फेर्दै पिउदै छौ हामि| त्यहाँबाट हिडेउ हामि, पहिलो अनुभब हो मेरो,रक्सि पिएर बाटोमा हिडेको| दिमागले एउटा कुरामा रमाउछ अनि थाहा हुन्छ हिड्दा हिड्दै म बीच बाटोमा पुगे भनि| खुट्टा पनि कति एक अर्कामै ठोक्किएका, आफ्नै शरीर थेग्न मुस्किल भयो यसलाई|
“किंग्स लाउन्ज जाउ है|” अभिले अर्को प्रस्ताभ राख्नु भयो,बिस्वासले यो प्रस्ताभ पनि स्विकार्नु भयो|
सानु सानो थियो त्यहाँ जाने बाटो, गेटमा एउटा सेक्युरिटी पनि थियो, पस्ने बेला हामीलाई सलाम ठोके उसले| माथि गएर हामि एउटा ठाउ रोजी बसेऊ र त्यहाँ फेरी पनि बियर मगायौ हामीले| मैले टकिला भन्ने धेरै सुन्दै आएकी थिए , आज मलाई पनि त्यसको स्वाद चाख्न मन लाग्यो| बिस्वासले हुन्न हुन्न भन्दा भन्दै पनि मैले एउटा टकिला मगाए| स्वाद भिन्न थियो र सिरिङ्ग भएर आयो मेरो पुरै शरीर| तल हेरे मान्छे नाच्दै थिए,मलाई पनि नाच्न मन लाग्यो र बिस्वासलाई भने तर उहाले नाइँ भन्नु भयो| मैले उहाले भनेको मानेपनि रक्सीले उहाको कुरा मान्न चाहेन र म उठे नाच्न भनि|
हामि एक तल्ला माथि बसेका थियौ,नाच्ने ठाउ चाही मुनि थियो| खुड्किलोमा मैले आफ्नु पहिलो पाइला टेके….
