Part 65

यता मेरो परिक्षा पनि सकियो बैसाख १८ गते र अभ हामि फेरी भेट्ने प्लान बनाउन लागेउ | र भेट्ने दिन पनि टुंगो लाग्यो, बैशाख २५ गते| किन भनि रहनु पर्दैन होला, जन्मदिन पो हो मेरो बैसाख १५ गते| म भन्दा उनि खुसि थि मेरो बर्थडे आउदा, कस्तो अचम्म है| यो सात दिन पनि कति छिटै बितेका, आज भोलि भन्दा भन्दै जन्मदिन पनि आयो | यो पालिको निष्ठासंगको भेट चाही केहि भिन्न थियो| कहाँ जाने भनेर पहिले नै टुंगो लागिसकेको थियो, नगरकोट जाने कुरा भएको थियो हामि बीच| त्यो चाही किन भने, उसले स्कुल बन्क हानेर आउदै थि मलाई भेट्न, र उसको स्कुल बिहाना ७ बजे बाट थियो,बेलुका ६ बजे सम्म| त्यसैले हामि संग समय धेरै थियो घुम्न लाइ| अनि आज अरु दिन जसरि हिडेर जानु पनि नपर्ने, झन् खुसि म| कुरा भए अनुसार उनि ७ बजे रत्नपार्क पुग्छे र म पनि त्यहि पुग्नु पर्ने| गाडीमा जान मन थिएन, त्यसैले आजको लागिभएपनि साथिसंग बाइक मागे| साथी पनि यस्ता छन् मेरा, मैले एक पल्ट भन्दा दोस्रो पल्ट भन्नै नपर्ने, भन्ने बित्तिकै बाइक दिन मान्यो| धेरै केहि भनेन, फर्किएपछी ठिमीको PEACE Point cafe मा खाजा खुवाउने बाचा चाही गरायो साथीले| यो पहिलो पटक थिएन मैले केटि भेट्न जानलाई साथीको बाइक मागेको, सारिकालाई भेट्न जादा पनि साथीकै बाइक मागेर गएको थिएनी| त्यो बेला देखि अहिले सम्मको समयमा धेरै कुरा बदलिसकेको छ,आज भन्दा 4 बर्ष अघि सारिकालाइ भेट्न जाड़ा फुच्चे थिए म, न लाइसेन्स थियो न अहिले जत्तिको चेतना,थियो त केवल माया,त्यति लामो बाटो एक्लै गएर एक्लै फर्किएको थिए मात्र सारिकालाई भेट्न| त्यो पललाई पछाडी फर्की नियालेर हेर्दा, अहिले आफै आफुलाई मुर्ख जस्तो लाग्छ| आज चाही लाइसेन्स नि छ म संग र म पछी बस्ने मान्छे पनि र माया नहुने कुरै हुन्न| भने जसरि नै ७ बजे पुगे म रत्नपार्क, र उ पनि बचनको पक्का ७ पजे पुगी| निलो one piece लगाकी थि उसले,त्यो लुगामा उसको भर्खर फक्रिएको बैंश प्रस्ट देखीन्थ्यो| आखामा कालो गाजल र त्यहि गाजलको सानु टिका आफ्नु निधारमा पनि| अनि ओठमा सुन्तला रंगको लिपस्टिक हो कि चिप्स्तिक थियो, ठ्याक्कै ठम्याउन सकिन, एकछिनमा चाखेर भन्छु है|

आएर मेरो पछी बसी उ र हामि लागेउ नगरकोट तिर| एक त उ पछाडी बसेकी, र त्यसमाथि आफुलाई खतरा मान्ने मेरो मन, रत्नपार्क बाट कमलविनायक पुग्न ३० मिनेट पनि लागेन | जति कस्सिएर उसले मलाई अंगालोमा हाल्थी, म पनि बाइकलाई त्यति कसेर बत्तारने, उसको त्यो स्पर्शले होला मेरो दिमागले के गर्दैछु चाल नै नपाएको, उसको त्यो अंगालोमा रहेको न्यानोपनको झन् कसरि बर्णन गर्नु मैले|

कमलविनायकमा रोकेर खाजा र कफी खान पसेउ हामि| मैले हट लेमन र सेल मगाए र उसले हट लेमन मात्र| अलि जिद्दी गरेपछि बल्ल समोसा खान मानि उसले|

“ स्कुल ड्रेस चाही खाई तेरो, त्यसमै आउछस् जस्तो लागेको थियो |”

“त्यो त साथीकोमा गएर फेरेर आको, को आउछ नगरकोट स्कुल ड्रेसमा,बहुला जस्तो|”

“धन्न त्यति चाही दिमाग लगाईछस्|”

“खुब, म जहिले दिमाग लगाउछु,हजुर मात्र हो उल्लु|”

“उल्लु भए पनि, गधा भएपनि, तेरै बुढा हो क्यारे|”

“हैन चाही कहिले भने र मैले|”

“ हो पनि भनेको सुनिन नि त मैले|”

“आफ्नु मान्छे हो हजुर, मैले भनि राख्नु पर्दैन|”

गफ गर्दा गर्दै खाजा र कफी दुवै सकियो र ८:१५ भयो ठ्याक्कै| यात्रा फेरी सुरु भयो हाम्रो,खरिपाटी सम्म बाटो राम्रै थियो| तर त्यसपछिको बाटो के भन्नु, हिलो बाहेक केहि छैन,पुरै बिजोग| हिजो रातिको पानीले दिनु दुख दियो तर यो दुखमा पनि मज्जा बेग्लै| हिलोमा जब बाइक अलिकति पनि चिपिलिने, उसले अझ कसेर मलाई अन्गालो हाल्ने, तेलकोट पुग्दा नपुग्दै फेरी पानि पर्यो| ओत लाग्न एउटा चिया पसल पसेउ हामि दुवै, झन् चिसो बढ्दै गयो| जिउ भने चिसो हुदै थियो तर यो चिसो छल्नलाई मेरो एउटा हातमा उसको हात थियो र अर्कोमा चियाको कप, अनि यो संगै उनको मिठो गफ पनि, चिसो त कहाँ गयो गयो हिजो भर्खर मोबाइलमा हालेको ब्यालेन्स जस्तै| एकछिन पछि पानि फेरी रुक्यो,११ बजे सम्म हामीले भ्यु टावर घुमेर पनि भ्याउएउ| भ्यु टावर चढ्दा एउटा कुरा चाही बिचार गरे मैले उसले लगाको कुरामा|

“तैले one piece भित्र हाल्फ़ प्यान्ट लगाको हो?” यहि हो मैले बिचार गरेको कुरा|

“ला बुझिन्छ र? फक्|” उ आफै अचम्मित परेकी थि र उसले भनेको त्यो फक् शब्दले म पनि तिन छक्क भए एकछिन|

“पुरै बुझिन्छ,कसले लगाउछ one piece मा हाल्फ़ प्यान्ट, लाटी|नपाउनेले केरा पायो,बोक्रा समेत खायो|” उसलाई जिस्काउने मौका कसरि छोड्नु|

“ह्या चुप है, म बोल्दिन नि फेरी हजुरसँग|” मेरो जिस्किने मौकालाई एकै वाक्यले समाप्त गरि उसले|

अभ चाही भोक लागेर आयो, भ्यु टावरबाट बसपार्क तिर लागेउ हामि बाइकमा, फेरी चुट्यो पानीले, अभ चाही चिसो भएर आयो अत्तिनै| न् उसको मायाले काम गर्यो,न् अघि पिएको चियाले| चौक पुग्ने बित्तिकै एउटा होटेल छिरेउ हामि, पुरै भिजेको दुवै, काम्दै थिएउ दुवै, पुग्ने बित्तिकै तातो पानि र चिया पनि भनेउ| यो चाही चिसो कम गर्नलाई, अभ भोक कम गर्नलाई उसले मोमो भनि र मैले भने ठुप्पा| १२ बजी सक्दा पनि पानि रोकिने कुनै संकेत थिएन, हामि यता चिसोले काम्दै थिएउ| अभ के गर्ने दुबैले सोच्न सकिनौ| एकछिनमा एउटा कुरा आयो दिमागमा|

Previous article
Next article

Latest Posts