आएर मेरो पछी बसी उ र हामि लागेउ नगरकोट तिर| एक त उ पछाडी बसेकी, र त्यसमाथि आफुलाई खतरा मान्ने मेरो मन, रत्नपार्क बाट कमलविनायक पुग्न ३० मिनेट पनि लागेन | जति कस्सिएर उसले मलाई अंगालोमा हाल्थी, म पनि बाइकलाई त्यति कसेर बत्तारने, उसको त्यो स्पर्शले होला मेरो दिमागले के गर्दैछु चाल नै नपाएको, उसको त्यो अंगालोमा रहेको न्यानोपनको झन् कसरि बर्णन गर्नु मैले|
कमलविनायकमा रोकेर खाजा र कफी खान पसेउ हामि| मैले हट लेमन र सेल मगाए र उसले हट लेमन मात्र| अलि जिद्दी गरेपछि बल्ल समोसा खान मानि उसले|
“ स्कुल ड्रेस चाही खाई तेरो, त्यसमै आउछस् जस्तो लागेको थियो |”
“त्यो त साथीकोमा गएर फेरेर आको, को आउछ नगरकोट स्कुल ड्रेसमा,बहुला जस्तो|”
“धन्न त्यति चाही दिमाग लगाईछस्|”
“खुब, म जहिले दिमाग लगाउछु,हजुर मात्र हो उल्लु|”
“उल्लु भए पनि, गधा भएपनि, तेरै बुढा हो क्यारे|”
“हैन चाही कहिले भने र मैले|”
“ हो पनि भनेको सुनिन नि त मैले|”
“आफ्नु मान्छे हो हजुर, मैले भनि राख्नु पर्दैन|”
गफ गर्दा गर्दै खाजा र कफी दुवै सकियो र ८:१५ भयो ठ्याक्कै| यात्रा फेरी सुरु भयो हाम्रो,खरिपाटी सम्म बाटो राम्रै थियो| तर त्यसपछिको बाटो के भन्नु, हिलो बाहेक केहि छैन,पुरै बिजोग| हिजो रातिको पानीले दिनु दुख दियो तर यो दुखमा पनि मज्जा बेग्लै| हिलोमा जब बाइक अलिकति पनि चिपिलिने, उसले अझ कसेर मलाई अन्गालो हाल्ने, तेलकोट पुग्दा नपुग्दै फेरी पानि पर्यो| ओत लाग्न एउटा चिया पसल पसेउ हामि दुवै, झन् चिसो बढ्दै गयो| जिउ भने चिसो हुदै थियो तर यो चिसो छल्नलाई मेरो एउटा हातमा उसको हात थियो र अर्कोमा चियाको कप, अनि यो संगै उनको मिठो गफ पनि, चिसो त कहाँ गयो गयो हिजो भर्खर मोबाइलमा हालेको ब्यालेन्स जस्तै| एकछिन पछि पानि फेरी रुक्यो,११ बजे सम्म हामीले भ्यु टावर घुमेर पनि भ्याउएउ| भ्यु टावर चढ्दा एउटा कुरा चाही बिचार गरे मैले उसले लगाको कुरामा|
“तैले one piece भित्र हाल्फ़ प्यान्ट लगाको हो?” यहि हो मैले बिचार गरेको कुरा|
“ला बुझिन्छ र? फक्|” उ आफै अचम्मित परेकी थि र उसले भनेको त्यो फक् शब्दले म पनि तिन छक्क भए एकछिन|
“पुरै बुझिन्छ,कसले लगाउछ one piece मा हाल्फ़ प्यान्ट, लाटी|नपाउनेले केरा पायो,बोक्रा समेत खायो|” उसलाई जिस्काउने मौका कसरि छोड्नु|
“ह्या चुप है, म बोल्दिन नि फेरी हजुरसँग|” मेरो जिस्किने मौकालाई एकै वाक्यले समाप्त गरि उसले|
अभ चाही भोक लागेर आयो, भ्यु टावरबाट बसपार्क तिर लागेउ हामि बाइकमा, फेरी चुट्यो पानीले, अभ चाही चिसो भएर आयो अत्तिनै| न् उसको मायाले काम गर्यो,न् अघि पिएको चियाले| चौक पुग्ने बित्तिकै एउटा होटेल छिरेउ हामि, पुरै भिजेको दुवै, काम्दै थिएउ दुवै, पुग्ने बित्तिकै तातो पानि र चिया पनि भनेउ| यो चाही चिसो कम गर्नलाई, अभ भोक कम गर्नलाई उसले मोमो भनि र मैले भने ठुप्पा| १२ बजी सक्दा पनि पानि रोकिने कुनै संकेत थिएन, हामि यता चिसोले काम्दै थिएउ| अभ के गर्ने दुबैले सोच्न सकिनौ| एकछिनमा एउटा कुरा आयो दिमागमा|
