Part 66

हामि एक तल्ला माथि बसेका थियौ,नाच्ने ठाउ चाही मुनि थियो| खुड्किलोमा मैले आफ्नु पहिलो पाइला टेकेको याद छ र त्यहाँ मेरो पाइला स्थिर नभएको पनि याद छ तर त्यसपछि मलाई के याद छैन| दिमागले सम्झिन्छ खोज्छ तर सक्दैन,मनले कल्पना गर्न खोज्छ तर असमर्थ छ| फेरी टाउको दुखेर फुट्ला जस्तो भएको छ,अहिले सम्म यति नराम्रो गरि कहिले टाउको दुखेको थिएन,आज अचानक हो,सायद हिजो कहिँ ठोकिएको हुनु पर्छ| मुख पनि सुकेर केहि थिएन,यता उता हेर्छु पानिको बोतल भेट्छु कि भन्ने आशमा तर सधै हुने ठाउमा पानि छैन आज|भुलेछु केहि भन्न,सधै जसरि नै| आखा खुल्दा म हामि बसेको होटेलको ओछ्यानमा थिए र बिस्वास मेरै छेउमा मस्त निदाईरहनु भएको थियो| आखिर किंग्स लाउन्जमा मैले के गरे र यहा कसरि आए, बिस्वास नउठ्ने बेला सम्म यो प्रश्न मेरो वरिपरी नै घुमी रहयो र आफैमा बिरक्त लागेर आयो|
नुहाएर आउदा पनि टाउको दुख्न कम भएको थिएन,जिउ अझै भारि नै थियो| मोबाइल पनि एकछिन सम्म मात्र चलाउन मज्जा आउने रैछ,आधा घण्टा जति एक्लै मोबाइल चलाएरपछी यो मोबाइल प्रतिको मोह पनि हराउदै गयो| रिसेप्सनमा फोन गरे अनि कफी अर्डर गरे, बिस्वासको संगतले होला फेरो दोस्रो पल्ट फोन गरेर दुइटा चुरोट पनि संगै ल्याइदिन भने| कफीले केहि मात्रामा टाउको दुख्न कम गर्यो, अहिले केहि हलुका हुदै गयो यो जिउ पनि,यति सम्मको आराम महसुस गराउनमा कफी र चुरोटले निकै ठुलो टेवा पुर्यायो| १० बजे मात्र उठ्नु भयो बिस्वास,१० बजे सम्म त्यो खालिको कोठा भित्र मेरो यो खालि दिमागमा,हजारौ कुरा खेल्न भ्याए| 
“हजुरलाई कफी भन्नुपर्छ?” मलाइ जस्तै उहालाई पनि कफीको तलप कसो नलागेको होला|
“कागती पानि भन्दे न मलाई|” जहाँ सम्म मलाइ याद छ पहिलो पल्ट हो, उहाले तरल पदार्थको नाममा कफी वा रक्सि बाहेक अरु केहि पिउन खोज्नु भएको|
“एक गिलास कागती पानी पठाइदिनु|” बिस्वासले मलाई के भन्नु भयोमलाई त्यहि कुरा रिसेप्सनमा पुर्याइदिए|
“फोन यता दे|” बिस्वास आफै बोल्न खोज्नु भयो, मैले एक गिलास भनेको ठाउमा दुइ गिलास कागती पानि भन्नु अनि मिनी प्याक सूर्य चुरोट| कागती पानीले रक्सीको नशा काट्छ भन्ने कुरा मलाई थाहा थियो तर मेरो दिमागमा चाहिने कुरा कहिले पनि चाहिने समयमा नआउने| अघि याद आएको भए,कफीको ठाउमा मैले पनि कागती पानि भन्थिए होला, र अहिले मेरो टाउको दुख्न पनि निकै कम हुन्थियो होला|
“म यहाँ कसरि पुगे हिजो? ” मेरो यो प्रश्न पछी बिस्वासले हासी हासी मेरो खिल्ली गर्दै,हिजोको एउटा एउटा कुरा भन्न लाग्नु भयो| कसरि म किंग्स लाउन्जमा ढले,त्यहा बाट ट्याक्सी सम्म पुर्याउनलाई बिस्वास अनि उहाको अरु दुइ साथीलाई कति गाह्रो भयो,कसरि बिस्वासले मलाइ बोकेर ट्याक्सी सम्म पुर्याउनु भयो र पंकजले मेरो ब्याग अनि अभिले मेरो टाउको थाम्नु भएको थियो| कसरि दरबारमार्गबाट ज्ञानेश्वर हुदै रातोपुल सम्म पुगिसकेको ट्याक्सीलाइ फेरी फर्काउनु पर्यो,मेरो मोबाइल लाउन्जमै छुटेकोले| होटेल पुगिसक्दा लिफ्ट नचलेर कसरि फेरी २ तल्ल माथि सम्म मलाइ बोकेर ल्याउनु भयो,कसरो ओछ्यानमा पुग्न नपाउदै मैले बिस्वासको जिउ भरि वाके,कसरि मेरो मुख धोइदिदा मैले अभिको जिउमा पनि वाक्न भ्याए| कसरि मैले बिस्वास्लाई अभि र पन्कजको अगाडी नै ओठमा चुमे| यहा सम्म मेरो बारेमा थियो,म निदाएपछि बिस्वासहरु चाही बिहानको 4 बजे सम्म नै रक्सि पिएर बस्नु भएछ र यसै बीच मैले कैयौ पल्ट बर्बराए रे निन्द्रामै अनि थोरै घुरे पनि| मलाई यो सब सुन्दा हासो पनि लागि रहेको थियो र लाज पनि|
“अभि अनि पंकज कहाँ हुनु हुन्छ त?” बिहान चार बजे सम्म बिस्वास संगै हुनु हुन्थियो बिस्वासले आफै भन्नु भएको, तर अहिले देखिन,सोध्न बाध्य भए| अर्को कोठामा सुतिरहेको बिस्वासले भन्नु भयो र केहि बेरमा अभि अनि पंकज पनि आउनु भयो हामि रहेको कोठामा| मैले उहाहरुलाई हेर्न सकेकी थिन,लाजले टाउको माथि उठ्ने मानेन तर एकछिनलाई मात्र| खाना खाएर एयरपोर्ट गयौ हामि चारै जना,3 बजेको फ्लाइट मेरो अनि बिस्वासको, बुटवल फर्किदा मन खुसि हुदै थियो घर सम्झेर र दुखि पनि थियो,बिस्वास संग हरेक पल यहाँ जस्तै हुन पाउन्न भनेर|

Previous article
Next article

Latest Posts