Part 65

म: “तिमी कोठा खोज्दै छौ| तिमि एक्लो पनि छौ| तिमि जस्तै म पनि एक्लो छु| यति ठुलो घर अनि म एक्लै बस्छु| मेरो पनि तिम्रो जस्तै कोहि साथि छैन पोखरामा| हामि साथि भएको धेरै भएको छैन तर घनिस्ता छ हाम्रो यो मित्रतामा| यदि तिमिलाइ उचित लाग्छ भने, तिमि यहि मसंग नै बसे पनि हुन्छ| मेरो आग्रह हो, निर्णय तिम्रो…”

प्रनिका: “ हुन्छ भन्न मन छ तर भन्न सकेको छैन| हुन्न भन्न मन छ तर त्यो पनि भन्न सकेको छैन| हत्तारमा निर्णय लिएर, धेरै पछ्ताएकि छु| म अहिले केहि भन्न सक्दिन|”
म: “हुन्छ भन्दा केहि बेफाइदा हुन्छ जस्तो लाग्छ तिमीलाई?”

प्रनिका: “हुन्न भन्दा पनि बेफाइदा केहि छ जस्तो लाग्दैन|”
म: “फाइदा बेफाइदा तिमि आफै छुट्ट्याउ| हुन्न भन्दा, के हुन्छ भन्छु म| पहिलो, साथिसंगै हुदैनौ| तिमिले कोठा खोजेर डेरा बस्छु भन्दै छौ, डेरा खोज्न गार्हो छैन तर घरपेटी कस्तो हुने होला फेरी? अनि तिमीले जागिर पायौ भने राम्रो हो| यस्तो नहोस् तर पायिनौ भने, कोठा भाडा कसरि तिर्छौ? यदि सोचेको जस्तो केहि भएन भने, एक्लो मान्छे अवसादमा फस्दै जान्छौ| जागिर पायौ तर सोचेको जस्तो पाइनौ भने? अरु पनि यस्ता धेरै चिज छन्|   यदि हुन्छ भनेउ भने, मैले जे जे भने, त्यसको केहि तनाब नै हुन्न| हामि संगै हुन्छौ| साथि संगै हुनु भनेको बलियो हुनु हो| चाहे भने, पहाड पनि फुटाउन सक्छन, जाबो समस्या के हो?”

प्रनिका: “मैले नाइँ भन्ने केहि कारण नै भेटिन|”
म: “म नि त्यहि भन्दै छु| धेरै नसोच| सोचले धेरै बिगार गर्छ| सोच औसधि जस्तै हो, पर्याप्त मात्रामा भए काम गर्छ नत्र बिगार|”

हामि संगै बस्ने भयौ| भाउजु गएपछी म एक्लो भएको थिए तर अब थप एक्लो नहुने भए म| भाउजुको स्थान कसैले लिन सक्दैन तर मेरो एक्लोपनलाइ खुसिले बदलिन सक्छ नि| त्यहि नै हुदैछ| रात ढल्दै छ र बिहानी हुदै छ, मेरो जीवन अनि यो संसारमा पनि| दुवै संगै नै हुदै छ|  प्रनिका हस्पिटलमा काम गर्छु भन्थीन्, तर के काम अहिले सम्म सोधेको छैन मैले| हुन त सोध्ने मौका नै मिलेको छैन| बितेका ५ घण्टामा के के चाही सोधेर भ्याउनु मैले| अचम्म लाग्छ, ५ घण्टा अगाडी हामि साथि मात्र थियौ अनि अहिले मिल्ने साथि| प्रनिका फिसिसियन रैछिन्| मेरो सोच गल्ति हुन सक्छ अनि म पनि| तर कोहि केटीले हस्पिटलमा काम गर्छु भन्ने बित्तिकै उसलाई म नर्स सोच्छु| उ डाक्टर या अरु केहि हुन सक्छिन भनेर म बिर्सिन्छु| अहिले पनि त्यहि नै भएको हो| सुर्य उदाउदै छ अनि हामि नशामा डुब्दै छौ| बिहानको ५ बजी सकेको छ| 

समय यस्तो छ, जहाँ प्राकृकित उज्यालो पर्याप्त छैन र ट्युबलाइटको उज्यालोलाइ बाहिरको उज्यालोले गिज्याउदै छ| हामि दुवै होशमा छैनौ| एक लिटर भोड्का पछी पनि होशमा भयौ भने त, भोड्काको बेइजत हुन्छ नि| सुत्न मन छ तर निन्द्रा लागेको छैन| प्रनिकालाइ एक्लै सुत्न डर लाग्यो अरे| उसलाई पनि आफ्नै कोठामा बोलाए| दुवै एउटा कोठामा, फेरी गफ सुरु भयो| के बोल्दै छौ, नबोल्नेलाइ थाहाछ न सुन्नेलाइ| सबै कुरा सकियो र चर्चा सुरु भयो सम्भोगको| प्रनिकालाइ अनुभव छैन र मलाई छ| 

गफ मात्र हुदै थियो, र यहि गफको कारण दुबैको शरीरमा अनौठो तृष्णाको सृजना भयो| मन हलुको छ र दिमाग पनि| यस्तो अवस्थामा शरीरले केहि माग्दै छ| शरीर पनि हलुङ्गो भइ चरी बनि उड्न खोज्दै छ| तर कसरी सम्भव छ? मेरो ओठ प्रनिकाको ओठमा गएको हो कि उसको ओठ मेरो ओठमा आएको हो, कि दुबैको ओठले उत्तिकै यात्रा तय गर्यो, यसको जवाफ छैन मसंग| हामि दुवै एक अर्कालाई चुम्दै छौ, एक अर्काको ओठ चुम्दै छौ| पहिलो पटक कुनै केटीलाई चुम्दै छु| खै, रक्सिको मात हो कि शरीरको चाहना, तर यो चुम्बनमा उत्तिकै उत्तेजना भेट्दै छु| ओठ पछी, शरीरको कुनै यस्तो संग छैन जुन हामीले चुमेनौ र त्यहाँ हाम्रो ओठ पुगेन| कुनै ठाउमा हात पहिले पुग्थियो भने कुनैमा ओठ| केटीले पनि केटीलाई शरीर सुख दिन सक्छ भनि बल्ल थाहा हुदै छ मलाई| यहाँ मन मिल्नु पर्छ, लिंगले फरक नर्पने रैछ| केटा केटि भनेर हामि मानवले नै त छुटाएको हो| केहि अंग फरक हुदैमा, सबै फरक हुनु पर्छ भन्ने छैन नि| आज यहि प्रमाणित भयो| एक अर्काको अतित र बर्तमान पहिले नै नांगिएको छ हामी बीच, भबिस्यलाइ रच्दै सम्मान दिदै छौ दुवै| 

एक अर्काको नाङ्गो शरीरको न्यानोपन, चुम्बनबाट सुरु भएको समिप्ता, पिडाको गाथाबाट सुरु भएको सम्बन्ध, नसोचेको मोड, कल्पना नगरेको पल, यस्तै छ अहिले हाम्रो सम्बन्ध| खै यो सम्बन्ध पनि हो कि हैन| सम्बन्ध नै नभएर भुल हो कि? कहिँ यो पलसंगै बिलाएर जाने भाव हो कि? मलाई केहि थाहा छैन| थाहा छ त केवल यति, कि मन र शरीर, दुबैको तृष्णा मेट्न, एउटा प्रेमिक सम्बन्धको यात्रा सुरु गर्न, बिपरित लिङ्ग नै चाहीदैन| अहिले होशमा छैनौ दुवै, होशमा हुदा पश्चाताप महसुस नहोस्| चाहेको भए, पहिलो चुम्बन पछी नै रोकिन सक्थियो होला हाम्रो क्रियाकलाप तर दुबैलाई कुनै सकोच थिएन त्यो समय| अहिले धेरे सोचेर के गर्नु? 

प्रनिका सजिलै निदाई, म भने सोचमा घेरिए फेरी| अहिलेको पलको सकारात्मक अनि नकारत्मक दुवै पक्ष केलाउन लागे| नकारत्मक पक्ष धेरै छन्, त्यो उल्लेख गर्न चाहिन| सकरात्मक मात्र भन्न चाहे| अहिले सम्म मेरो कुनै पनि सम्बन्ध सफल भएन| किन? कारण के हो? के यो हुन सक्दैन कि, अहिले सबै सम्बन्ध अन्त्य हुनुको कारण यो मात्र हो कि म केटा संग सम्बन्धमा थिए| के यस्तो हुन सक्दैन कि, म भिन्न छु र मलाई यो बल्ल थाहा हुदै छ? मेरो भावना केटा हैन केटीले मात्र बुझछन| यहि त हैन नि कारण? अहिले सम्म मेरो कुनै सम्बन्ध सफल नहुनुको कारण यहि त हैन नि, कि भगवानले मेरो जीवनमा प्रनिकालाइ पठाउन खोज्दै थिए| सुरुमै प्रनिका मेरो जीवनमा आएको भए पक्कै पनि मैले उसलाई अप्नाउथिन होला, त्यसैले भाग्यले रचेको खेल त हैन नि? हाम्रो यो सम्बन्धलाइ समाजले लेस्बियन पो भन्छन क्यारे| प्रश्न नै प्रश्न बीच घेरिएर निदाए|

निन्द्रा खुल्दा

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts