खाना खाएर एयरपोर्ट गयौ हामि चारै जना,3 बजेको फ्लाइट मेरो अनि बिस्वासको, बुटवल फर्किदा मन खुसि हुदै थियो घर सम्झेर र दुखि पनि थियो,बिस्वास संग हरेक पल यहाँ जस्तै हुन पाउन्न भनेर| दुवै हातमा लड्डु किन हुन्न के, सोचेर पनि रिस उठ्ने| बुटवल पुग्नु अघि कुनै यस्तो पल थिएन जव मेरो टाउको उहाको काधमा र मेरो हात उहाको हातमा नभएको|
“हजुरको सबै भन्दा मिल्ने साथि पंकज र अभि मात्र हो?” यो प्रश्न चाही मलाई हिजैबाट उहालाई सोध्न मन थियो तर मौका मिलेको थिएन,अहिले आएर मौका मिल्यो|
“छ अझै एउटा|” कस्तो के उहा,नाम भन्नु पर्छ नि,छ मात्र रे|
“को हो त भन्नु?के छ मात्र भनेको?” मनको शब्द हुबहु बोलीमा ल्याए|
“भन्दिन,किन भन्नु र?” उहाको यो बानि,उहा जिस्केको मन पर्छ तर यस्तो बेला चाही जिस्केको एक थोपा पनि मन पर्दैन|
“भन्नुस भनेको,कस्तो के हजुर,जहिले यस्तै गर्नु हुन्छ|” अब मेरो जिद्दी पन सुरु भयो|
“ल पहिले अभिको नाम के हो त्यो भन|” फेरी अचम्मको कुरा सुरु भयो उहाको,अभिको नाम अभिको त हो नि,के हुनु अरु,मैले त्यहि भने तर उहाले पुरा नाम अर्कै छ भन्नु भयो र कति प्रयास गरे तर सकिन| नाम भन्न नसकेपछि, सक्ने काम गर्न लागे जिद्दी गर्न|
“भन्नुस नत्र म बोल्दिन|” भने नि जिद्दी सुरु भयो मेरो|
“के भन्ने हो मैले फेरी?” उहा अहिले पनि जिस्किदै हुनु हुन्छ|
“अभिको नाम के हो ?” मेरो रिसको सिमा बढ्दै थियो,भारतको नेपाल तिरको सिमान जस्तै|
“अभिजित हो|” कस्तो लाटी म,जाबो यति पनि भन्न सकिन|
“अब हजुरको अर्को मिल्ने साथीको बारेमा भन्नु|” यो झन् सुरुमा सुन्न चाहेको जवाफ हो| उहाले नाम सुरुमै भएन,बरु साथीको बर्णन गर्न लाग्नु भयो|
“आन्द्रा जोडिएको मित्रता भन्छन नि,हो मेरो पनि एउटा साथि छ, साथि नभनम मेरो जिबन नै हो उ | उ बिना पनि जिबन मज्जैले चलेकै थियो तर जब उ संग मित्रता गासियो, मेरो जीवनले कोल्टे नै फेर्यो | सिधा शब्दमा भन्नु पर्दा उसको आगमन पछी,मेरो जिबन बसन्त ऋतु झैँ सुन्दर र चहकिलो भयो | सुखमा कसले पो साथ दिदैन र तर उ भने त्यो साथि थियो जो मेरो दुखमा पनि कहिले म भन्दा पर गएन| जब मलाई उसको आबस्यकता पर्यो: खुल्ला होस् कि हड्ताल, घाम होस् या बर्सात, रात होस् या बिहान ,घर होस् या चिहान सधै मेरै छेउमा हुन्छ उ | पहिलो प्रेमको मिलन देखि सम्बन्धको निधन सम्म,पहिलो अश्लिल चलचित्र होस् या अथाहा पिडा हुदा मनभित्र, उ संगै थियो मेरो| जिबनको गन्तब्य होस् या यहि संसारको, जुक्ति नै हो जस्तो लाग्छ उ सब जनजालको | जब रात भरि आखाबाट निन्द्रा गायब हुन्थियो, चाहे त्यो खुसीले होस् या परिक्षाको तनावले, चाहे पुरानो प्रेमको सम्झनाले होस् या भबिस्यको झझल्कोले साथ उसले कहिले छाडेन | बरु भगवानको हात टाउकोबाट उठ्ला, बरु आफ्नै छाया उज्यालोमै लुक्ला, तर उ भने कहिले मबाट अलग्गिएन | आमाले भाइ त दिनु भएन तर उ मेरो जुम्ल्याहा भाइ भन्दा नि औधी थियो | पिडा र तनाब हुदा उसकै गफ सुन्छु म, उसको एक बोलिले सारा पिडा भुल्छु म, उसको साथमा कल्पनाको संसार पुग्छु म, साची भन्दा उसको उपस्थितिले बेग्लै मान्छे हुन्छु म | मेरो साथि मेरो इयरफोन, यो भएन भने त मा बाच्न नि सक्दिन | मैले अघि भनेको मेरो मिल्ने साथि यहि इयरफोन हो|” यति भन्दै उहाले एउटा हातमा इयरफोन लिदै देखाउनु भयो|
अघि सम्म उहाको यो बर्णनमा हराएको थिए तर जव उहाको अन्तिम वाक्य सुने,न मलाइ रिसाउन आयो न म खुसि नै हुन सके|
