फ्लिमको अन्त्य, अनि मेरो मस्तिस्कमा धेरै प्रश्नको सुरुवात भयो| फ्लिमको कहानी चटपटे थिएन| त्यो फ्लिममा न कुनै प्रसिध कलाकार थिए भने न कुनै ठुला ठुला शहरको दृश्य| त्यो फ्लिममा थियो कहानी अनि भावना| त्यो कहानी, जहाँ म आफुलाई महसुस गर्न सक्छु| त्यो कहानि यस्तो कहानी छ, जसले मेरो दिमागमा दवाब पनि दिन्छ अनि मनमा भावनाको बाढी ल्याउछ| कहानी सामान्य छ, अनि अरुलाई खास नलाग्न सक्छ तर जो यो कहानीमा भिज्छ, त्यो आशुको बाढीमा बग्ने छ|
फ्लिममा के हुन्छ भन्दा, एउटा केटि हुन्छ अनि एउटा केटा हुन्छ| केटा केटी अनि प्रेम, कहानी सामान्य लाग्यो होला है| तर त्यसको केहि हुन्न| कहानी हेर्दा सुन्दा सामान्य होला तर छैन| केटा र केटिको बिहे हुन्छ अनि उनीहरु श्रीमान श्रीमती हुन्छन| बिहे पछी उनीहरु दुवै विदेश जान्छन र विदेश गएको केहि महिनामा नै उनिहरु छुट्टिन्छन्| छुट्टिएर उनीहरु दुखि हैन, खुसि छन्| उनिहरु समय, भाग्य र माया कम भएर छुट्टिएका हैनन्| छुट्टिने उनीहरुको चाहना थियो| झगडा भएर पनि छुट्टिएको हैनन्, छुट्टिने योजना उनीहरुले धेरै पहिले बनाएका थिए| उनीहरु छुट्टिन्छन् र कहानी यहाँ सकिन्छ| कहानीमा जहाँ पूर्णबिराम लाग्छ, निकै खल्लो महसुस हुन्छ| तर कहानी यति मात्र हैन|
कहानी म सुरु बाट भन्छु| सुरुबाट पनि हैन, यसरि भन्छु, जहाँ अन्त्यले न्याय पाओस्| केटाको नाम सुलभ हुन्छ अनि केटिको इस्मी| दुवै बच्चै देखिको मिल्ने साथि हुन्छन| घर नजिकै, दुवै एउटा स्कुलमा पढ्ने, दुवै संगै खेल्ने रम्ने, दुवै धेरै जस्तो पल संगै हुने| सबैको अगाडी उनि मिल्ने साथि थिए र कतिले त उनीहरु सम्बन्धमा छन् सोच्छन| दुवै उही कलेजमा पढ्दै छन्| प्लस टु सकियो स्नातक सुरु, फेरी पनि दुवै संगै छन्| ज जसले उनीहरुलाइ मिल्ने साथि सोच्थिए, उनीहरुले पनि यी दुइको सम्बन्धको चर्चा गर्न लागे| चर्चा भन्ने कि हल्ला, तर यो सत्य हैन| उनीहरु मायामा छन् तर एक अर्काको हैन| सुलभ अरु कोहिलाइ माया गर्छ, इस्मिले पनि अरु कसैलाई माया गर्छिन्| यो कुरा उनीहरु दुइलाइ मात्र थाहा छ|
स्नातकको अन्तिम बर्ष, दुबैको घरमा बिहेको कुरा सुरु भयो| दुबैको परिवारको चिनजान, एक अर्काको परिवारसंग छ| परिवारले उनीहरुको बिहेको योजना बनाउदै छन्, यो सोची कि दुवैले एक अर्कालाइ माया गर्छन् भनि| यता परिवारलाइ थाहाछैन कि उनीहरु सम्बन्धमा छैनन् भनि, उता दुबैलाई थाहाछैन कि दुबैको बिहेको सुरसार सुरु भइसकेको छ| दुबैले आफ्नो मनको कुरा, आफुले माया गर्ने मान्छेलाइ भने| दुबैको प्रेम अनि इच्छा सफल भएन| दुबैको भावना बुझ्नेले बुझेनन्, दुवै एक्लो जस्तै भए| पिडा के हो उनीहरुलाइ नसोध, पिडा के हो त्यो मुटुलाई सोध, जुन उनीहरुको मायामा टुक्रिन पुग्यो| दुवै पिडामा घेरिएका हुन्छन| एक अर्काको पिडा र भावना बुझ्ने उनिहरु मात्र छन्|
टुकेको मुटु लिएर उनीहरु दुवै घर पुगे| जब घर पुगे, उनीहरु दुबैको परिवार संगै छन्| उनीहरु चकित हुनु पर्ने हो तर उनीहरुलाइ अरु केहिको खयाल नै छैन| इस्मीको बाबाले “नानि, हामी तिमिहरु दुबैको बिहेको कुरा गर्न संगै छौ| तिमिहरुको बिचार के छ?” भन्ने बित्तिकै इस्मीले हुन्छ भनिन् अनि सुलभले पनि| तर किन? मुटु टुक्रिएको केहि समय भएको छैन तर पनि उनीहरुले बिहेको लागे हुन्छ किन भने? फेरी उनिहरु एक अर्कालाई माया पनि गर्दैनन् उनिहरुले हुन्छ भन्नुको तात्पर्य के?
अब कहानीको मुख्य मोड आउछ| जब उनीहरु संगै घर फर्किदै थिए, उनिहरु टुक्रिएका थिए| त्यहि बेला उनीहरुले बिहे गर्ने निर्णय लिएका थिए| एक अर्कासंग बिहे गर्ने निर्णय| सुलभले आयुसलाइ माया गर्थियो र इस्मीले राधिकालाइ| उनिहरुले जसलाई माया गर्थिए, ति मान्छेले उनीहरुको माया बुझेनन्| राधिका र आयुसले, सुलभ र इस्मीको मायाको मजाक मात्र उडाएनन्, अपमान पनि गरे| “केटा भएर केटालाइ माया गर्छु भन्छ| दिमाग ठाउमा छ नि? छि मु* छक्का| हेर्दा त्यस्तो देखिन्नस त|” सुलभले यस्ता धेरै अपमान जनक शब्द सुन्नु पर्यो| इस्मीले पनि यस्तै यस्तै शब्द सुनिन् राधिकाबाट| त्यसैले सुलभ र इस्मीले एक अर्कासंग बिहे गर्ने निर्णय गरेका हुन्| नेपालमा बसे भने, उनिहरुको भावना कसैले बुझ्दैनन्, धेरै दवाब, घृणा र आत्माग्लानी जिउनु पर्छ उनीहरु| जिन्दगि भरि दुखि बस्नु भन्दा, बिहे गरेर बाहिर जाने योजना थियो उनीहरुको| उनीहरुले बिहेको लागि सहमति जनाउदा, परिवारको लागि उनीहरु खुसि र संगै हुनेछन| त्यसैले उनीहरुले बिहे गरेर बाहिर गए, बाहिर गएर छुट्टिए अनि खुसि पनि छन्| यहि हो फ्लिमको कहानी|
म अहिले जीवनको जुन पलमा छु, यो फ्लिमको कहानी मेरै लागि लेखिदिएको जस्तो लाग्यो| यो फ्लिम मैले नै हेरु भनेर बनाएको जस्तो लाग्यो| अनि यहि कहानीले मेरो दिमागमा प्रश्नहरुको बहाब सुरु भयो| के फ्लिम जसरि अन्त्य भयो, मेरो र प्रनिकाको सम्बन्ध पनि त्यति सुखद हुने छ? म मायामा यति पल्ट परिसके अनि यति पटक टुक्री सके| हरेक पटक टुक्रीदा, अब देखि कुनै सम्बन्धमा नागासिने कसम खान्छु तर सम्बन्धमा गासिन पुग्छु| म जोसंग नजिक हुन्छु, ति सबै मेरो जीवनबाट पर भइदिन्छन| त्यहि पनि कोहि न कोहि मसंग नजिकिएकै हुन्छ| फेरी पनि कसम खान्छु, कोहि संग नजिकिन्न भनी अनि फेरी … मेरो लागि सम्बन्ध पनि मोबाइल जस्तै भएको छ, जब पहिलो पटक हातमा पर्छ, खुसि हुन्छु र जीवन भरि यहि चलाउछु सोच्छु तर के हुन्छ हुन्छ र बिग्रिन्छ अनि नया मोबाइल रोज्न पुग्छु|
त्यति धेरै आशा लिएको सम्बन्ध कुनै सफल भएन मेरो| सबै सम्बन्धमा मैले पिडा, धोका र आशु बाहेक केहि पाइन| अहिले यस्तो सम्बन्धमा छु, जसको मैले कल्पना पनि गरेको थिइन| मैले त के, कसैले पनि … अहिले पनि कसैले पत्त्याउन र अपनाउन सक्दैन हाम्रो सम्बन्ध| यो सम्बन्धलाइ जसरि पनि गन्तब्यमा पुर्याउनु छ| मतलब यो सम्बन्धसंग जसरि पनि गन्तब्यसम्म पुग्नु छ| बाधा धेरै छन् तर सबैलाइ पार गर्नु छ| यहि सोच दिमागमा राखेर कति दिन बित्यो| हाम्रो संबन्धको गन्तब्य के हुनेछ थाहाछैन, हाम्रो गन्तब्य…
