Part 72

फेरी पनि एक्लो भए म| केहि नौला कुरा हैन, सधै एक्लो हो म| मैले आफैले, मैले आफैले उसलाई जिद्दी गरेर बाचा गराएको थिए, जानु अघि मलाई नबताई जानु भनि| उसले हुन्न भन्दै थिइन् तर मैले नै जिद्दी गरेको हो| उनले यो बाचा तोडेको भए पनि हुने नि| उसले यो बाचा तोड्दा, म रिसाउने थिइन, खुसी हुन्थिए बरु| एक अन्तिम पल्ट उसलाई हेर्न पाउथिए, उसलाई अंगाल्न पाउथिए, आखाको तृष्णा मेटिन्थियो, आखाले नै सम्भोग सुख भेटथियो तर … आफ्नै निर्णयमा आफै मन चुकचुक बनाइ बसेकि छु| उसलाई बिदाइ गर्दा पिडा हुन्थियो तर त्यो भन्दा धेरै पिडा, उसलाई अन्तिम पल्ट देख्न नपाएकोमा भएको छ| 

एक्लो हुनु नौलो हैन मेरो लागि तर एक्लो भए पनि एक्लो महसुस गरेको थिइन यसभन्दा अगाडी| ,मन भुलाउने केहि पाउथिए, रम्नलाइ बहाना पाउथिए| केहि नभए अन्तिममा रक्सिको सहारा लिन्थिए| यस्तो एक्लोपन,  यस्तो उदास्ता, यस्तो शुन्य, पहिलो पटक महसुस गर्दै छु| प्रनिका गएको मुश्किलले ३ 4  घण्टा भएको होला| उ गएको जति होस्, उ बिना बाच्न सिक्दै गरेको भर्खर १ घण्टा हुदै छ|  एक घण्टा मात्र भएको छ तर एक घण्टा नै एक जुनी जस्तो भएको छ| लाग्दैछ, म प्रनिका बिना धेरै अघि देखि बाच्दै छु| म यो पिडामा धेरै अघि देखि बाच्दै छु| यो पिडामा बाच्दै छु भन्नु गलत हुन्छ, यो पिडामा बिस्तारै बिस्तारै मर्दै छु|

जिन्दगिको मार्गमा, धेरै पटक लडे| कहिले पिडाले तमाचा हानि लडाउछ, कहिले यादले बुइ चढी लडाउछ, कहिले एक्लोपनले खुट्टामा कैची हानि लडाउछ, कहिले अतितले पछाडीबाट धक्का दिएर लडाउछ, कहिले आशुले चिप्लो बनाइ लडाउछ भने कहिले आत्मबल कम्जोर भएर आफै लड्छु| जति पल्ट लडे पनि फेरी उठ्न सफल भएको थिए| ढिलो होस् या चाडै, गति द्रुत होस् या सुस्त, जति लडे पनि उठेकै हुन्थिए| तर यो पालि … यो पालि… यो पालि केहि भिन्न हुदै छ| अहिले सम्म जति प्रहार भएका थिए, पालै पालो भएका थिए, एकैनास भएका थिएन| तर अहिले जुन हमला भयो म माथि, त्यो सबै एकैपल्ट भयो| पिडा, आशु, एक्लोपन, याद अतित सबै एकजुट भए, अनि मेरो टाउकोमा यस्तो प्रहार गरे कि अब म उठ्न सक्ने हालतमा छैन| चाहेर पनि उठ्न नकस्ने भएको छु म अनि उठ्ने चाहना नै छैन| आत्मबल पनि कम्जोर हुदै गयो, र आत्मबलले नै मेरो घाटी थिच्न लाग्यो| 

मन मरिसक्यो| मन मेरो छेपारोको पुच्छर जस्तै थियो, जति चुत्तिए पनि फेरी खुसि हुने आशा पलाएर आउथियो| तर समय संगै मेरो मनको प्रकृति पनि परिवर्तन भएको छ| मेरो मन भीमसेन थापाको सतिको बिस्वास भएको छ, जुन कहिले पुन-जीवित हुने छैन| जिन्दगिमा एक्लो भएको थिए र अहिले शुन्य भएको छु| न कुनै चिजको, न कुनै भावनाको, केहिको पनि मुल्य छैन मेरो लागि| सबै मेरो लागि मुल्य हिन र अर्थ हिन भएको छ| जीवनको तत्व के हो नै बुझ्न छाडीसके मैले| जीवनको लक्ष्य के हो पनि थाहा छैन मलाई| जीवनको गन्तब्यबाट अविदित छु म| म जीवनको भुमरीमा यसरि फसे कि, भबिस्य र बर्तमान सबै ध्वस्त हुदैछ| म आफ्नै अस्तित्वलाइ प्रश्न गर्दैछु|

जीवनमा सजिलै पाएको भनेको मैले यो संसारिक खुसि बटुल्ने पैसा मात्र हो| त्यो बाहेक सबैको लागि मुल्य चुकाउदै छु| सानो चिजको पनि ठुलो मूल्य| जति मुल्य चुकाए पनि, सबै ब्यर्थ मात्र गएको छ| मेरो भागमा खुसि लेखिएको नै छैन| परिवार छैन, बाबा- आमालाइ गुमाए| जीवनमा माया चाहिन्छ, मायाको रुप धेरै हुन्छ| सुरुमा रबिलाइ गुमाए, रबि पछी क्षितिजलाइ, क्षितिज पछी सुबोधलाइ अनि अहिले प्रनिकालाइ| सबै भन्दा धेरै, म जसलाई माया गर्छु, उ नै मेरो जीवनबाट पर भइदिन्छ| म त्यो बच्चा भएकी छु, जसले दशैंको सबै पैसा जम्मा गरेर एउटा खेलौना किन्छ, अनि किनेको भोलि पल्ट नै बिग्रिन्छ त्यो खेलौना| हरेक बर्ष यहि शिलशिला दोहोरिन्छ| म पनि त्यहि बच्चा भएको छु जो वाक्क दिक्क भइसकेको छ र अब त्यो खेलौनामा उसले खुसि भेट्न छाडीसकेको छ|  जीवनमा चाहिने भनेको खुसि अनि खुसिदिने मान्छे त हो नि| बाकि सबै भ्रम हो| अनि मेरो जीवनमा अहिले न खुसि छ न खुसिदिने मान्छे| बाच्नुको अर्थ के मेरो? यदि जहिले मरेर नै बाच्ने हो भने, बाच्नुको के अर्थ? बरु आफ्नो जीवन एक पल्टमा नै सक्याईदिन्छु| आफ्नो अन्त्य हैन, पिडाको अन्त्य गर्न जादैछु|

थकित शरीर हो कि मन थाहा छैन| अघि सम्म थकित थियो तर अहिले मेरो पाइला आफै चल्ने लाग्यो| मेरो शरीरमा यो उर्जा कहाँबाट आयो थाहाछैन| निभ्नु अघिको दियोको उज्यालो हुन पर्छ| भान्सा पुगे एउटा चक्कु लिए| चक्कु हातमा लिएर वासरुम पुगे| शरीरमा कपडा छ, कपडा सहित नै बाथ टब भित्र पसे| बाथ टबमा पानि भरिदै छ र म भित्रबाट भावना पोखिदै छ| मेरो आखा अगाडी, मेरो मनले चाहेको सबै मान्छे र पलको झझल्को एक पछी अर्को गरि देखिन लागे| मेरो चिसिएको शरीरलाइ भरिदै गरेको पानीले धन चिस्यायो| शरीर नै मन दुवै चिसिदै गयो|

अघि भर्खर भान्साबाट ल्याएको चक्कुलाइ फेरी पनि हातमा लिए, दाया हातमा| चक्कु दाया हातमा लिएर, त्यो चक्कु बाया हातको नाडीमा तेर्साए| थोरै दबाब दिए चक्कुमा, चक्कुको धार छालाको पहिलो सतह भित्र पुग्यो| रगत चक्कुको धार हुदै मेरो हात भरि बग्न लाग्यो| रगत बग्दा पनि पिडा भएको छैन, आशुको पिडालाइ जित्न सक्ने हैसियत कहाँ छ र यो रगतको| यति दबाब काफी हुने छैन आफ्नो ज्यान लिनलाइ| अझै दबाब दिने क्रममा थिए र मेरो दाया हात कसैले समात्यो| मेरो दाया हातलाइ अरु कसैको हातले रोक्दै छ|

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts