Part 73

त्यो मान्छेको अनुहार हेर्न माथि हेर्छु अनि देख्छु, मलाई आत्महत्या गर्नबाट रोक्ने अरु कोहि हैन, त्यहि मान्छे हो, जो मेरो सपनामा आउथियो अनि मलाई मार्न खोज्थियो| सधै सपनामा आउने मान्छे आज यथार्थमा मेरो अगाडी छ| अहिले पनि उसको मुखमा मुखौता छ| केहि समय अघि मात्रै आफ्नो ज्यान त्याग्न जादै थिए, अहिले आफ्नै ज्यानको माया लाग्यो| आफैले ज्यान त्याग्नु र अरूले ज्यान लिनुमा फरक छ| जिन्दगिमा यति पिडा छ, त्यहि पिडाबाट बिदा लिन जीवनलाइ बिदाइ गर्दै थिए तर यो मान्छेको हातबाट मर्नु भनेको, मृत्यु पछी पनि पिडा भोग्नु हो|

मेरो हातमा उसको पकड खुकुलो छ| उसको हातबाट आफ्नो हात फुत्काए र आफ्नो हातमा रहेको चक्कुले उ माथि प्रहार गरे| उसले मेरो पहिलो प्रहार छल्यो| असफल पहिलो प्रहार पछी, दोस्रो प्रहारको कोशिश गरे मैले| मेरो दोस्रो प्रहार सफल भएन, र उसले आफ्नो बाया हातले मेरो हात समायो| उसको पकड मेरो हातमा झनै कसिलो हुदै गयो र यति कसिलो भयो कि, मैले आफ्नो पकड चक्कुबाट खुकुलो बनाउनु पर्यो| मेरो हातबाट चक्कु खस्यो र भुइमा पुग्यो| आफुलाई उसको पकडबाट मुक्त बनाउन मैले सक्दो कोशिश गरे तर सकिन| हार माने र चुप लागेर बाथ टबमा बसे| म आफै बसेको पनि हैन, उसको निर्णय हो मलाई यहाँ बसाउने|

“के चाहन्छौ तिमि? किन मेरो पछी परेको छौ?” मसंग बाकि रहेको तागतले यति प्रश्न सोधे| अहिले मेरो हात उसको पकडमा छैन तर पनि म उसको गिरफ्तमा झैँ छु|

“तिम्रो मदत गर्न चाहन्छु|” उसको यो जवाफले मलाई चकित तुल्यायो| उसको हैन उनको| उनलाई म केटा सोच्दै थिए तर उनि केटि रैछिन्| उनको आवाज मैले पहिले पनि कहिँ सुनेकि छु| उनको आवाज पहिले कहाँ सुनेको भनेर याद गर्न सकिन| तर सुन्न चाही सुनेको हो मैले| उनको आवाजले मलाई जति चकित बनायो, उनको जवाफले पनि| मदत गर्न आएको रे मलाई, तर अहिले सम्म उनले मलाई सताएकी मात्र छिन्| मलाई दुख दिने थोरै  पनि कसर र ठाउ राखेकी छैनन्|

“मेरो मदत? कसरि?” धेरै अघि देखि धेरै प्रश्न छ मेरो मनमा| मेरो सपनाको अर्थ खोज्दै थिए धेरै अघि देखि| आज सपनाको पात्र बिपनामा मेरो अगाडी छ| उसलाई मैले बिस्वास गर्न मिल्छ कि नाइँ? मैले बिस्वास नगर्नु पर्ने हो तर किन हो किन, बिस्वास नगर्न सकेको छैन| मैले न चाहेर पनि उनको शब्दले मलाई उसको कुरा पत्त्याउन बिबस गर्दै छ| उसको शब्द थोरै थिए र त्यहि चान चुन शब्द काफी हुन पुग्यो, त्यसैले मैले उनलाई यो प्रश्न सोध्न पुगे|

“ म तिमिलाइ एक एक भन्छु| मलाई थोरै समय देउ अनि म जे भन्छु राम्ररि सुन|” मैले आफ्नो प्रश्नको जवाफ पाए कि पाइन् भन्नु| उसको यो जवाफले, म उनलाई झन् बिस्वास गर्न थाल्दै छु|”

“ म संग भएको भनेको समय मात्र हो| जति समय चाहिन्छ लेउ| तर मेरो समयको बदलामा तिमीले केहि प्रश्नको जवाफ दिनु पर्नेछ मलाई|” मैले केहि नसोची, सौदा गर्न लागे| मलाई उनको मनसाय थाहाछैन| उनको मनसायले मलाई फाइदा हुन्छ कि नोक्सान पनि थाहाछैन| मैले यति गुमाईसके, अब गुमाउनबाट डर लाग्दैन| डर ज्यानको पनि छैन| डर एउटा मात्र छ, कहिँ कतै मनमा रहेको प्रश्नको जवाफ बिना मर्छु कि भनि|

“ के प्रश्न छ तिम्रो मनमा? म को हु ? म यहाँ अहिले किन छु? यहि त हो नि|” मेरो मनमा रहेको प्रश्न उनलाई दुरुस्त थाहा छ तर कसरि?
“तिम्रो नाम के हो?” मेरो पहिलो प्रश्न| यसको जवाफ जान्नु छ| तर उसले जे जवाफ दिए पनि सहि हुनेछ मेरो लागि, चाही त्यो गलत होस् या ठिक|

“अविदित|” एक शब्दको जवाफ आयो| मैले चाहेको जवाफ आयो तर चित्त बुझेन मेरो|

“ मलाई कसरि चिन्छौ?” मेरो अर्को प्रश्न|

“ मैले मात्र चिन्ने हैन तिमीलाई| तिमीले पनि चिन्छौ मलाई| फरक यति छ, तिमीले मलाई बिर्सियौ, तर मैले तिमीलाई बिर्सिन|” अघि जस्तै सरल जवाफको आश गरेको थिए| तर उनको यो जवाफ निकै भिन्न छ| भन्नु पर्दा, यो जवाफ जवाफ थिएन| यो जवाफ एउटा महामारी हो, प्रश्नको महामारी| यो जवाफले मेरो मन भित्र प्रश्नहरु फैलाउदै गयो, मेरो मन भरि प्रश्न छ अनि मेरो मन बिरामी|

“ मैले तिमीलाई चिन्छु रे? कहिले चिने मैले?” मेरो यो प्रश्नमा, म कति आतुर छु भनि प्रस्ट झल्किन्छ|

“ बच्चै देखि| हामि बाल्यकाल देखिको साथि हौ|” उनले एउटा प्रश्नको जवाफ दिन्छिन्, अनि जवाफ संगै मेरो मनमा घास जस्तै थुप्रै प्रश्न उम्रिन्छ|

“ साथि रे? हामि साथि हो भने, मलाई तिम्रो बारेमा किन केहि याद छैन| हामि साथि हौ भने, हामी संगै पनि थियौ होला तर तिमिसंग बिताएको कुनै पल मलाई किन याद छैन?” प्रश्न, प्रश्न, प्रश्न, मेरो मनमा भएको प्रश्न मात्र छ| एक पछी अर्को गरि प्रश्न सोध्दै छु|

“ भने त मैले| तिमीले भुलेउ|” चित्त बुझ्ने जवाफ हैन यो| मैले अविदितबाट अझै घतलाग्दो जवाफको अपेक्षा गर्दै थिए|
“ पुरै बिर्सिने हुन्छ र? केहि नै याद नहुने हुन्छ र? असम्भव कुरा नगर न|” जति  चाडै उनिलाई बिस्वास गरेको थिए, त्यति नै चाडै उनि प्रतिको बिस्वास समाप्त हुने तरखरमा छ|

“ तिमीले बिर्सियौ, मैले बिर्सिएको छैन| गल्ति मेरो हो र?” उनको यो प्रश्नले, आफुले आफुलाई प्रश्न सोध्न बाध्य बनाउन खोज्दै छ| अविदितले अहिले जे सोध्दै छिन्, मसंग यो प्रश्नको जवाफ छैन|
“ अनि यति पछी, किन मेरो सामु आयौ? पहिले किन आएनौ?” उनको प्रश्नको जवाफ नदिएर, मैले आफै प्रश्न गरे|
“म सधै तिम्रो वरीपरि नै हुन्छु| जहिले तिमीलाई मदत गर्न खोज्छु अनि गरि पनि राछु| अहिले सम्म तिम्रो अगाडी आउने जरुरत परेको थिएन, आज जरुरत पर्यो, त्यसैले आए| तिमीलाई कसरि तिम्रै ज्यान लिन दिन सक्छु? मेरो उदेश्य भनेकै तिमीलाई मदत गर्नु हो, तिमीलाई जोगाउनु हो| यदि तिमीले नै आफ्नो ज्यान लियौ भने, मेरो उदेश्य खेर जान्छ| तिम्रो ज्यान संगै मेरो उदेश्यको पनि अन्त्य हुन्छ| उदेश्य अत्न्य भएपछी म पनि किन बाच्नु? मेरो पनि अन्त्य हुन्छ|” अविदितको यो जवाफले मैले धेरै प्रश्नको जवाफ एकै पल्ट पाए| उनले मेरो मदत गरेको भए, मलाई किन त्यो मदतको बारे केहि थाहाछैन?
“तिमीले मेरो मदत चाही के गरेउ? कसरि गर्यौ?” यदि मैले यो प्रश्नको चित्त बुझ्दो जवाफ पाए भने, म उनलाई पूर्ण बिस्वास गर्न सक्छु|
“यसको लागि तिमीले मेरो…

Previous article
Next article

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest Posts