Part 74

थाक्नु त भयो होला,१४ घण्टा देखि हुनु हुन्थियो अफिसमा, कर गर्न मनले मानेन,”हुन्छ” लेखि
पठाए र म नि ओछ्यानमा भएको मान्छे कुन बेला सपनाको संसारमा पुगे,याद नै भएन|

आज पनि बिहान उठ्दा मलाई काठमान्डौ पठाउने कुरा जारि थियो, भान्सा सम्म पुग्नु परेन
यो कुरा थाहा पाउन, कोठा बाट निक्लिने बित्तिकै चाल पाए,त्यसैले फेरी कोठामा नै पसे| कोठामा पसेर बिस्वासलाइ मेसेज गरे, “अलि चाडै आउनु है,काम छ|” भनेर,अनि म आफु चाही तैयार हुन लागे| अरु दिन भन्दा आधा घण्टा अघि आउनु भयो बिस्वास,नियमित जाने क्याफेमा नै गयौ आज पनि|

“के काम छ भनेको तैले?” क्याफेमा पुगेर बस्ने बित्तिकै,बिस्वासको प्रश्न यो थियो|

“मैले आज खाजा खाएको छैन,त्यसैले|” यति भनेपछि बल्ल दिमागमा एउटा कुरा आयो,मैले सिधै
नभनेर पहिले अस्ति उहाले के भन्न खोजेको त्यो सोध्नु पर्ने थियो,उहाले त्यो कुरा भनेपछि मात्र म आफ्नु काम भन्छु भनेर जिद्दी गर्ने मौका खेर फ्याले| बिस्वासले मेरो लागि खाजामा स्याण्डविच र कफी भन्नु भयो|

दुइ दिन भयो,बिस्वास संग राम्ररि गफ गर्न पाएको छैन,जहिले उहासंग बोल्दा बोल्दै रातको १२ ,१ बज्थ्यो ,तर गएको दुइ दिन देखि समय र परिस्थितिले साथ नदिएको हो| आफुलाई उहाnसंग कति कुरा गर्नु छ,उहा भने चुप लागेर बस्नु भएको छ,म भने उहा संग बोल्न खोज्दै छु,उहा मोबाइल चलाएर बस्नु भएको छ| कहिले पनि संगै हुदा उहाले मोबाइल चलाएको याद छैन,आज पहिलो पल्ट हो,उहामा यस्तो परिवर्तन कहाबाट आएछ,त्यो पनि एक दिनमै|

उहा मोबाइल चलाएर बसेको एकैछिनलाइ मात्र हो, जव मैले कुरा सुरु उहा पनि मेरो कुरा सुन्दै जवाफ फर्काउन लाग्नु भयो, क्याफे भरि बस्दा कुनै यस्तो पल थिएन जुन बेला मेरो हात उहाको हातमा थिएन| नगरकोट र काठमान्डौमा बिताएको पल एक पल्ट फेरी आयो मस्तिस्कमा, त्यहाँ पनि यत्तिनै खुसि थिएउ हामि,हरेक पल मुहारमा मुस्कान मात्र हुन्थियो,ठ्याक्कै अहिले जस्तै| क्याफेपछी सिधै अफिस,अनि त्यसपछि काम नै काम,अनि कामको बिचमा हाम्रो केहि मिठा पलहरु|

आखिर बिस्वासलाई छाडेर,उहा संग बिताउन पाउने यस्ता पल हरु छाडेर,उहासंग मुस्कुराउन पाउने यस्तो हासोहरु छाडेर,उहासंग मिल्ने गफहरु सुन्न् छाडेर,उहासंग अघि बढी रहेको सम्बन्ध छाडेर कसरि म काठमाण्डौ जानु| अफिस पछी बिस्वासले नै घर सम्म पुर्याइदिनु भयो|

“आज रातभरि बोल्नु पर्छ है हामि|” दुइ दिन भएको थियो बिस्वास संग फोनमा धित मर्ने गरि नबोलेको, मनको कुरा राखे उहा सामु|

“भोलि बिहान सम्म भने पनि बोल्छु माया त संग|” यति भन्दै उहा पनि जानु भयो|

राति खाना अनि परिवारसंग गफ सकिदा सम्म ९ बजि सकेको थियो| कोठा पुग्ने बित्तिकै बिस्वासलाई फोन गरे, आजको दिनको मिठास बेग्लै छ,हामि फेरी मायाको संसारमा उड्न लागेउ| एक पछी अर्को गरि मिठा कुरा हुन लाग्यो, त्यहि कुरामा मग्न हुन लागेउ हामि|

“मेरो फोन आयो,म अहिले एकछिनमा गर्छु है तलाई|” बिस्वासले यति भनेर फोन राखेको २५ मिनेट
पछी उहाले एउटा अर्को मेसेज पठाउनु भयो “सुतेको म,टाउको दुख्यो|” उहाले यति मेसेज पठाए पछी मैले उहालाई कति फोन गर्न खोजे तर उहाले फोन उठाउनु भएन,सायद औसधि खाएर सुत्नु भयो होला सोच्यो यो मनले| उहालाई कस्तो छ भनि नजानी निन्द्रै लागेन| १० बजे उहाले फोन राखेको,अहिले रातको १२ बज्न लागेको छ,एकपल्ट अन्तिम प्रयास गरेर मात्र सुत्छु सोची फोन लगाए उहालाई|

Previous article
Next article

Latest Posts