उहाले फोन उठाउनु भएन,सायद औसधि खाएर सुत्नु भयो होला सोच्यो यो मनले| उहालाई कस्तो छ भनि नजानी निन्द्रै लागेन| १० बजे उहाले फोन राखेको,अहिले रातको १२ बज्न लागेको छ,एकपल्ट अन्तिम प्रयास गरेर मात्र सुत्छु सोची फोन लगाए उहालाई|
फोन उठ्छ भन्ने आशा चाही झिनो मात्र थियो, औषधि खाएपछि केहि सन्चो
महसुस भएर निदाउनु
भएको
मान्छे,मस्त
निन्द्रामा हुनु हुन्छ होला सोच्दा सोच्दै पनि फोन गरेकी हु उहालाई| फोन
उठ्दैन सोचेकी थिए तर उहालाइ फोन गर्दा “कल वेटिंग भनेर देखायो|”
मेरो सोच र अहिलेको स्थितिमा आकाश जमिनको फरक देखियो,आखिर यति राति को सँग
बोल्दै हुनु हुन्छ उहा| फेरी सन्चो छैन भनि
सुत्न जान्छु भनेको मान्छे, कसरि
अहिले फोनमा हुनुहुन्छ|
कुनै जरुरि काम परेर कोहि संग बोलेको पनि हुन सक्छ भनि मेरै मनले उहाको पक्षमा तर्क पेश गर्न थाल्यो| कहिँ अफिसबाट केहि काम परेर फोन गरेको पनि हुन सक्छ नि, पहिले पनि अफिसबाट त्यसरी फोन आएको मलाइ थाहाछ| फेरी १० मिनेट पछी फोन गरे उहालाई, अभ चाही उहा संग बोल्न पाउछु भनि खुसि हुदै, तर फेरी पनि कल वेटिंगमा पुग्यो मेरो| आखिर उहा बोल्न चाही को संग बोल्दै हुनुहुन्छ,१० मिनेट भइसक्यो तर पनि कुरा सकिएको छैन,त्यो पनि रातको १२ बजे|
साथीहरुसंग उहा फोनमा भन्दा बढी मेसेन्जरमा बोल्नु हुन्छ,यो कुरा मलाइ राम्ररि थाहाछ| अफिसबाट आएको फोन भए पनि ५ मिनेट भन्दा बेसी हुन्न, यो कुरा पनि मलाइ राम्ररि थाहाछ| उहाले घरमा फोन गर्ने समय भनेको १० बजे अघि हो, उहाको घर गएको बेला यो कुरा पनि थाहा पाएकी थिए मैले| अब बाकि रहयो एउटा सम्भावना, प्रियसी संग बोलेको हुनुपर्छ तर त्यो प्रियसी पनि म नै त हु नि, म संग बोल्दै हुनहुन्न भने को संग बोल्दै हुनहुन्छ|
अब यो प्रश्नको भारले मलाइ सुत्न दिएन, निदाउन कोशिश नै गरिन मैले, गर्नु पनि किन,कोशिस खेर जान्छ भन्ने थाहा छ मलाइ| बहुला जस्तै अब उहाको नम्बरमा दोहोर्याई तेहेर्याई फोन गर्न लागे, २ बजे सम्म पनि कल वेटिंग नै भयो,उहाले एकचोटी फोन उठाउन त सक्नु हुन्थियो तर उहाले त्यो पनि गर्नु भएन| उहालाई फोन गर्दा गर्दै माया रिसमा परिणत हुदै गयो र त्यो रिस बिस्तारै आशुमा| मनमा अनेकौ कुराहरुले डेरा जमाउन खोज्यो, धेरै सोच आए दिमागमा,नानाथरी प्रश्न गर्न लागें मैले आफुलाई नै, तर पनि मन शान्त भएन|
“के गरेको,तलाई सुत भनेको हैन मैले?” 3 बजे उहाको फोन आयो, म निदाउने कुनै सवाल नै थिएन,पर्खेर बसेकी थिए, मैले फोन उठाउने बित्तिकै उहाको पहिलो वाक्य नै यहि थियो|
“हजुरले आफु सुत्छु भन्नु भएको हो,मलाइ सुत भन्नु भएको थिएन, जब सुत्छु भनेको मान्छे नै सुतेको हुनु हुन्न भने, मैले सुत्छु भनेकी पनि थिन,कसरि सुत्नु|” उहासंग एक एक निहु निकालेर झगडा गर्न मन छ आज|
“म सुत्छु भन्नुको मतलब नै तलाई पनि सुत भनेको हो,बुझिस्?” म रिसाउन जानिन जस्तो छ,त्यसैले उहाको यस्तो उत्तर आएको|
“अघि सम्म बुझेको जस्तो लाग्थियो,अहिले छैन बुझेको|हजुर किन नसुतेको?” उहा संग झगडा गर्ने निहु धेरै छ तर उहाबाट नै त्यो निहु चाहियो मलाई|
“फोनमा बोल्दै थिए साथि संग|” कस्तो सहज तरिकाले जवाफ दिनु भयो उहाले,म रिसाएकि छु भन्ने कुरा उहालाई मतलब छैन|
“ल म सुते,भोलि मलाइ बुवाले अफिस छोड्नु हुन्छ,हजुर आउनु पर्दैन|” उहाले बुझ्नु भएन म रिसाएको र मैले थप बुझाउन पनि खोजिन,तर यति भनेपछि चाही उहाले बुझ्नु चाही पर्ने हो| यति भनेर फोन राखे,राखे मात्र हैन स्विच अफ नै गरे,उहा संग बोल्न मन थिएन, र थाहा थियो उहाले फोन गर्नु हुन्छ भनि|
अफिससम्म पुर्याउन भनि बाबालाई भने, उहाले दुइ तिन पल्ट म संग बोल्न खोज्नु भयो अफिसमा तर आफु ब्यस्त भएको नाटक गरे मैले| त्यसपछि कोशिश न् उहाले गर्नु भयो न मैले,अफिस पछी पनि बुवालाई नैmलिन बोलाए र बिस्वाससंग कुरा गर्न नै मन थिएन मलाई|
