Part 76

अफिससम्म पुर्याउन भनि बाबालाई भने, उहाले दुइ तिन पल्ट म संग बोल्न खोज्नु भयो अफिसमा तर
आफु ब्यस्त भएको नाटक गरे मैले|  त्यसपछि कोशिश न् उहाले गर्नु भयो न मैले,अफिस पछी पनि बुवालाई नै लिन बोलाए र बिस्वाससंग कुरा गर्न नै मन थिएन मलाई| हिड्ने बेला बिस्वासलाई जान्छु पनि नभनी हिडेको थिए, ६ बजे तिर उहाले फोन गर्नु भयो तर मैले उठाइन| मेरो फोन न उठेपछि उहाको मेसेज आयो “कहाँ हो?” भनेर, यसको जवाफमा मैले एक शब्द पठाए उहालाई,”घरमा” भनि| त्यसपछि उहाले फेरी पनि उहाको फोन आयो तर मैले उठाइन,मलाइ उहा संग बोल्न नै मन थिएन|

“मलाई सन्चो छैन,म सुतेको|” ९ बजे उहालाई यति लेखि पठाए तर सुत्न चाही सकिन| म पो रिसाकी हो नि, मेरो मनले अझै पनि उहालाई खोज्दै थियो,मेरो कान आत्तुर थिए उहाको आवाज सुन्न, उहाको मायाको भावमा पुरै संसार डुल्न खोज्दै छ मेरो आत्मा पनि तर यो सबैको बिपरित मन खडा भएको छ एउटा प्रश्न लिएर “बिस्वाश को संग बोल्दै हुनु हुन्थियो हिजो?”यो एउटा प्रश्न काफी थियो मेरो सारा भावानाहरुलाई काबुमा राख्न र मेरो निन्द्रा लाई खोसी लग्न| मनमा अझै थुप्रै प्रश्नहरुको थाक लाग्दै गयो, आफै रुन आयो र केहीबेर सम्म काठमान्डौमा बिताएका पलहरु सम्झी आशु पुछ्दै बसे, अनि निदाईछु|

सायद निदाउदा रातिको ३ बजेको हुनु पर्छ,त्यसैले बिहान ६ बजेको अलार्मले पनि बिउझाउन सकेन मलाइ, फेरी आज न आमा आउनु भयो न मामा मलाइ उठाउनलाई, बिउझायो त बिस्वासको फोनले,बिहानको ९ बजे|

“हेल्लो,के भयो?” निन्द्राको तालमा भएर मात्र म बाट उहाको फोन उठेको हो नत्र फोन उठाउथिन
मैले|

“अहिले सम्म सुतेकी छस्,म घर बाहिर छु,अफिस जान अबेला भयो,चाडै आइज|” सधै जसो उहा मलाइ लिन मेरो घर छेउ पुग्नु भएछ तर सधै जस्तो राम्रो बोलचाल थिएन हिजो आज हाम्रो| त्यसैलाई उहालाई भन्न भुले मैले,आज मेरो बिदा हो भनि,बिदा हि भन्दा पनि मैले बिदा लेको,मामा काठमान्डौ जादै हुनु हुन्छ आज|

“आज मैले बिदा लिएकि छु,मामा काठमान्डौ जादै हुनु हुन्छ|” यो भन्दा अचानक उहाको माया लागेर आयो,उहा संग म रिसाए पनि,उहालाई यो कुरा मैले पहिले भन्नु पर्थियो नि,अनायासै उहा यहाँ सम्म आउनु भयो दुख पाउनलाई|

“एकछिन भेट्न भए पनि आइज न,तलाई भेट्न मन छ माया|” उहाको त्यो माया शब्दको अघि मेरो सबै रिस पग्लिएर गए, रिसको परतले छोपेको माया फेरी चम्किन लाग्यो, ओछ्यान छोडे र १० मिनेट भित्र उहा सामु पुगे तैयार भएर|

हाम्रो घरको अलि अघि एउटा क्याफे छ, हो त्यहि गयौ हामि| एक अर्काको गफमा फेरी मग्न हुन लागेउ हामि, मायाको गफ फेरी सुरु भयो, मेरो यी हातहरु न्यास्रिएका थिए उहाको हातको स्पर्श नपाउदा, एकछिन सम्म उहाको हात छोड्नै मन लागेन, एकछिन सम्म उहालाई हेरेर नै बसे, यो सबै कुराहरुको अभावमा बाचेर आएकी थिए यति दिन,आज अभाव केहिको छैन,सबै पूर्ण छ| मनमा हिजो जुन जुन प्रश्नहरु थिए,जसले मेरो रिस जगाउन ठुलो भूमिका खेलेको थियो,आज त्यो प्रश्नहरुको कुनै औचित्य नै नरहेको जस्तो महसुस भयो| आखिर मैले केहि कुरा बिर्सेर सम्बन्ध राम्रो हुन्छ भने, म त्यो कुरा भुल्न तैयार छु|

उहाले त्यहाबाट मलाई घरसम्म पुर्याएर आफु चाही अफिस जानु भयो| मामा काठमाण्डौ फर्किन लाग्नु भएको थियो, क्यानाडा चाही 3 हफ्ता पछी मात्रै,तर नराम्रो लागेर आयो,आखिर मिल्ने मान्छे टाढा हुदै हुनु हुन्थियो| मामको फ्लाइट ११ बजेको हो, ११ बजे सम्म चाही ब्यस्त नै भए म| आमा,बाबा अनि म,हामि तिन जनानै विमानस्थल पुगेका थियौ मामासंग|

“भान्जी,काठमान्डौ आउने कुरा चाहि सोच है|” मामाले यति भन्दै मेरो हातमा पैसाको मुठो थमाइदिनु भयो,कसैले नदेख्ने गरि| हजारको १५ वटा नोट थियो त्यो मुठोमा, मामा गएपछि दिउसो भरि काम नै के थियो र मेरो,बिस्वास संग फेसबुकमा बोल्दै बसे| अनि बेला बेला फोनमा पनि|

Previous article
Next article

Latest Posts