“भान्जी,काठमान्डौ आउने कुरा चाहि सोच है|” मामाले यति भन्दै मेरो हातमा पैसाको मुठो थमाइदिनु भयो,कसैले नदेख्ने गरि| हजारको १५ वटा नोट थियो त्यो मुठोमा, मामा गएपछि दिउसो भरि काम नै के थियो र मेरो,बिस्वास संग फेसबुकमा बोल्दै बसे| अनि बेला बेला फोनमा पनि| शनिबार कहा घुम्न जाने भनि कुरा हुन लाग्यो, मलाइ मन पर्ने फ्लिम लागेको थियो हलमा,त्यहि फ्लिम हेर्न मन थियो|
“फ्लिम हेर्न मन छ, फ्लिम हेर्न जाने हो?”
“कुन फ्लिम?”
“जुन भएपनि मलाइ मन पर्ने हो नि,जाने कि नाई?”
“म भन्दा मन पर्ने हो?”
“हजुर जति मलाइ अरु केहि मन पर्छ जस्तो लाग्छ हजुरलाई?”
“है,हुन्छ जाउ न त,शनिबार नै किन,आज गए हुन्न?तेरो बिदा छ म पनि चाडै निक्लिन्छु अफिसबाट|”
“हुन्छ, ५ बजेको शो भ्याउने गरि जाम न|” यति जवाफ संगै म मामुलाई भान्सामा सघाउनलाइ गए| बेलुका म हुन्न,उहालाई हलुको हुन्छ अहिले मैले केहि सहयोग गरे भने,त्यसैले सकेजति उहालाई सघाए|
आज साझमा फ्लिम हेर्न जाने कुरा पनि त्यहि बेला भने मामुलाई| पहिले पनि बेलुका यसरि नै फ्लिम हेर्न गएको भएर मामुले केहि भन्नु भएन, बेलुका आउन ढिलो हुन्छ भनि पनि भने, मैले समय भन्न नपाउदै “१० कि ११” भनेर मामुले आफैले भन्नु भयो र मैले जवाफमा हासे मात्र| बिस्वास ४:३० मा मेरो घर अघि आएर फोन गर्नु भयो, म पनि तैयार भएर बसेकी थिए|
त्यहाबाट सिधै सिनेमा हलमा रोकियो उहाको बाइक,लगभग १० कि.मि. को बाटो उहाले १५
मिनेटमा नै पार
गर्नु
भयो| अबको
3 घण्टा
कुनै यस्तो पल थिएन,जहाँ
मेरो हातले उहाको हात समाएको थिएन| बेला बेला ओठहरु एक
अर्कामा जोडिन पुग्थिए अनि आखा पनि अध्यारो भएपनिं एक अर्कामा जुध्न पुग्थिए| पप्कर्न लिगेर मैले आफ्नु ओठ बीच राख्थिए अनि उहालाइ देखाउथिए,अनि
त्यो पप्कर्न उहाले मेरो ओठबाट आफ्नु ओठमा लग्नु हुन्थियो,ओठको मात्र प्रयोग गरेर| वरी परि अरु कोहि थिएनन्,त्यसको भरपुर फाइदा उठाउदै थियौ
हामि|
“८ बजे नै सकियो फ्लिम ,अब के गर्ने|” मामुले आफै १० कि ११ भनेर सोध्नु भएको थियो,यति चाडै घर जान मानेन मनले, त्यसैले बिस्वास सामु प्रश्न राखे यो|
“घर जाने, किन र?” मैले प्रश्न राम्ररि सोधेकी थिन,बिस्वासको जवाफ पूर्ण आउछ भनि मैले कसरि आश गर्नु|
“हैन मैले घरमा ११ बज्छ भनेकी छु,त्यसैले|” अब चाही मैले चाहिने जत्ति सबै कुरा पुर्याएर भने उहालाई,जवाफ पनि पुरा आउनु पर्छ उहाबाट अब|
“रेस्टुरेन्टमा गएर पेट टन्न बनाउने हो त?” उहाले यति भनेपछि हामि रेस्टुरेन्ट तिर लागेउ| तर ९ बजे बन्द हुने रैछ सबै रेस्टुरेन्ट पनि, पेट टन्न हुन त भयो तर हामि संग समय अझै धेरै नै शेष रहयो| काठमाण्डौ भएको भए सायद ठमेल जान हुन्थियो,बुटवलमा त्यसको खासै केहि छैन| अब कहा जाने भनेर सोच्न लागे म,यति छिटै घर जान मन थिएन मलाई| एकछिन सम्म सोचे तर केहि आएन दिमागमा|
“यहा हजुर एक्लै बस्ने हो है?” अघि सम्म केहि आएको थिएन दिमागमा तर अहिले भने केहि सोच्यो यो दिमागले अनि केहि माग्यो यो मनले|
“हजुर हो,किन र ?” उहाले बेला बेला बोल्दा बोल्दै हजुर भन्ने शब्दको प्रयोग गर्नु हुन्थियो, यो शब्द मलाइ ढाल्नलाई प्रयोग गरेको जस्तो लाग्छ मलाइ|
“२ घण्टा हजुरको कोठामा जाम न त|” थाहा छैन मैले यो भन्नु उचित हो कि नाई तर मनको कुरा राखे उहा सामु,अब पर्खाइ थियो उहाको पनि सहमतिको|
