दिदिलाइ उठाउन खोज्छु, दिदीको शरीर चिसिएको छ| औला निलो छ र शरीर निर्जीव छ| घच्घचाएर उठाउन खोजे दिदीलाई| दिदि उठ्नु हुन्न| प्राण बिनाको लास कसरि उठोस्? प्राण नभएको लास बोल्छ भनि उठाउन खोज्ने म मुर्ख हो कि, मेरो दिदि धोकेवाज हो| दिदि स्वार्थि हो| यसरि हामीलाई छाडेर जान मिल्छ? यसरि आफ्नो बहिनिलाइ एक्लो पारेर जान पाइन्छ? अब मेरो को छ? दिदिसंग बिताएको हरेक पल आखा अगाडी आइदिए| अतित आखा अगाडी छ, आशु अनुहार भरि| भिनाजु आउनु भयो| खुट्टाले भिनाजुको साथ छाड्यो, भिनाजु पनि भुइमा थाचारिनु भयो| भिनाजुसंग बोल्ने शब्द छैन र रुनलाइ आशु थिएन| भिनाजु जिउदो लास हुनु भयो| एक्कासी भकानिएर रुनु भयो| भिनाजुसंगै म पनि रुन थाले| दुवै केहि समय पछी शान्त भयौ| दिदीको लास अघि हामि जिउदो लास भयौ| कोठामा मौनता छ|
मौनतालाइ चिर्दै फोन बज्छ| भिनाजुले फोनको रिसिभर कानमा पुर्याउनु भयो| फोनमा भरत अंकल बोल्दै हुनुहुन्छ| कोठाको मौनतामा अंकलको आवाज मेरो कानसम्म पुग्न सफल भयो|
“नानि पक्राउ पुर्जी भोलि १० बजे नै जारि हुनेछ| मिल्छ भने तिमिहरु अहिले नै कचौरा सहर छाडेर जाउ|” अंकलले सक्दो मदत गर्दै हुनुहुन्छ| तर उहालाई के थाहा, दिदि अब यो दुनियामा हुनुहुन्न|
“अस्मिता हामिसंग छैन|” भिनाजुले आखामा आशु सहित आफ्नो ओठबाट शब्द निकाल्नु भयो| भरत अंकलले शब्द सुन्नु भयो र आशु महसुस गर्नु भयो| फेरी एकछिन मौनता छायो| भरत अंकलले कसरि कुन बेला सोध्नु भयो| भिनाजुले भरत अंकललाई सबै बताउनु भयो| म अनि भिनाजुले चाहेर पनि आफ्नो आशु रोक्न सकेको थिएनौ|
“काजक्रिया गर्न मिल्दैन| १३ दिन सम्म काजक्रिया गर्ने हो भने, सकिएको दिन नै खोरमा लग्नेछन्| त्यस्तै परे, काजक्रिया नै खोरबाट गराउने छन्| दागबत्तीको व्यवस्था गर्छु| सिमानासम्मको गाडी पनि व्यवस्था भइसक्यो|” भरत अंकलले अरु पनि के के भन्नु भयो| मेरो दिमागले संचय यति मात्र गर्यो| कस्तो दिन आयो| आफ्नै मान्छेको काजक्रिया गर्न नपाउने| दिदिको आत्माले शान्ति पाउला त? शिव मन्दिर छेउमा, खोला किनारमा आर्यघाट छ, त्यहाँ लगियो दिदीको लास| चिसो लास जली सकेको हुदैन, बलेको मन शान्त भएको हुन्न, आखामा आशुको मुहान सुकेको हुन्न, पिडा हलुङ्गो भएको हुन्न, याद कहिले मेटिन्न तर यादले सताउन छाडीसकेको पनि हुदैन| दिदिलाइ यसरि छाडेर जान मन थिएन तर…. दिदिको लास खरानी हुन नपाइ, भिनाजु र म हाकियौ सिमाना तिर|
“पहाड पारि सम्म म पनि गइदिन्छु|” भारत अंकल पनि पहाड पारिसम्म हामिसंग जाने हुनुभयो| अंकलको माथिसम्म पहुच छ| यदि बाटोमा केहि आइपरे अंकलले सम्हाल्नु हुनेछ| यहि कारण थियो अंकल हामिसंग जानुको|
“यो प्रधानमन्त्रीहरुको हरुको शाशन हटाउने प्रयासमा छौ हामि| 5 ६ बर्षमा हामि सफल हुन्छौ| त्यसपछि हामीले यसरि लुकेर हिड्नु पर्दैन| मनमा लागेको बोल्न पाउछौ, भ्रस्टाचार बिरुद्ध आवाज उठाउन पाउछौ…” अंकलले हामीलाई सहानुभूति दिनु भएको हो कि आफ्नो राजनैतिक एजेन्डा हामि सामु राख्नु भएको| बच्चा बेला अंकलको घर जादा, ठाउठाउमा रुख छापिएको कागज र कपडा देख्थिए| सोच्थिए अंकल प्रकृति प्रेमी हो तर त्यो उहाको पार्टीको….
पहाड कट्दा, बिहानको ७ बजेको छ| यहाँबाट सिमाना पुग्न थप 5 देखि ६ घण्टा| ११ १२ बज्ने रैछ| 10 बजे पक्राउ पुर्जी जारि हुने हो भने पनि, प्रहरी हाम्रो घर ११ बजे पुग्छ र त्यहाँ हामीलाई नेभेटेपछी हाम्रो खोजि हुनेछ| राति घरमा शब बहान आएको छिमेकीले थाहा पाएको हुनुपर्ने| हाम्रो खोजि अब हस्पिटल वा आर्यघाटमा हुनेछ| त्यहाँ नभेटिएपछी हामि हामि कहाँ हुन सक्छौ भनि थप खोज तलास सुरु हुन्छ| त्यस बखतसम्म हामि सिमाना पारि| अंकलले छुट्टिनु अघि एउटा खाम दिनु भयो मेरो हातमा| भिनाजुसंग लुकाएर दिनु भएको थियो|
“कोहि नभएको बेला एक्लै पढ्नु|” अंकलले निर्देशन दिनु भयो|
सिमाना पारि एउटा होटेलमा बास बस्ने निधो गरियो| तर भिनाजुको दिमागमा के आयो र बनारस जाने इच्छा व्यक्त गर्नु भयो| दिदिको काजक्रिया त्यहाँ गर्ने इच्छा गर्नु भएको थियो भिनाजुले| बानारस पुग्ने बित्तिकै भिनाजु सेतो कपडामा पुग्नु भयो र दिदिको काजक्रिया सुरु भयो| भरत अंकलले दिएको खाम खोले| खाम भित्र एउटा कागज थियो अनि अर्को खाम| पहिलो खाम भित्रको कागजमा लेखिएको पढ्न लागे| बुवाको हस्तलेखन थियो|
“अविशलाइ नराम्रो मान्छे भन्दिन म तर कान्छीको लागि ठिक मान्छे होइन उ| अविशको सपना र कान्छीको सपना उही छैन| यति महिना म यहाँ हस्पिटलमा बसे, मैले अविशलाइ नजिकबाट चिन्ने मौका पाए| उसले आफ्नो भबिस्य हाम्रो देशमा देखेको छैन| उसले आफ्नो भबिस्यमा कान्छीलाइ पनि पाउदैन| अविशलाइ विदेश जाने इच्छा छ र उ त्यहि बस्ने छ| उसले आफ्नो साथिहरुसंग बोलेको सुनेको थिए मैले| उसले आसिमासंग बिहे गर्न राजि हुनुको उदेश्य मेरो पहुचको मदतले हस्पिटलमा जागिर पाउनु| यस बाहेक, यदि उसलाई विदेशमा बस्न र पढ्न आसिमाको मदत लिनु| त्यसैले कान्छी र उसको समबन्ध मेरो मृत्यु पचिः अन्त्य गरे हुन्छ| यसको लागि जेठीले मदत गर्नु|” यति लेखिएको थियो| बुवाको अन्तिम चिठी च्यातिएको थियो अस्ति पढ्दा| बाकि भाग आज मैले पढ्दै छु| बुवा र दिदिलाइ पहिले थाहा थियो अविशको स्वभाव| म मात्र भ्रममा थिए| बुवा र दिदिलाइ कस्तो गाह्रो भयो होला यो सबै कुरा मनमा राख्नलाइ| कागजको केहि शब्दलाइ आशुले पखाल्न खोज्यो तर सकेन| कागजमा खसेका आशुका थोपा पुछे र त्यसकै फेरी खाम भित्र राखे| अर्को खाम खोले| त्यसमा दिदिले लेखेको चिठी थियो| दिदिको चिठीले मैले मनमा थुनेर राखेको भावना र आशुको बाँध तोड्यो|
दिदिको चिठी : “ सानी, मलाई माफ गर है| म स्वार्थि हो| म धोकेवाज हो| मैले आफ्नो रोग लुकाए| मलाई पहिले थाहा थियो आफ्नो रोगको बारे तर तिमिहरुसंग लुकाए| मलाई आफ्नो मृत्युको बारे थाहा थियो| मेरो मृत्यु निश्चित थियो, ढिलो चाडो मात्र| म आफु पिडामा थिए, तिमिहरुलाइ पनि पिडामा घेर्न मन लागेन| यो मात्र मेरो गल्ति हैन| मैले अरु धेरै कुरा लुकाए सानी तँ संग| अविशको बारे मलाई पहिले थाहा थियो तर तलाई भन्ने हिम्मत कहिले आएन|मैले तलाई कसरि भन्नु भनेर नै सोच्न सकिन| मैले भने पछी तैले कसरि के भन्छस् पनि सोच्न सकिन| अनि समयलाइ छाडीदिए तेरो भाग्य| यहाँ एउटा कदम चाही मैले चालेको थिए| तैले अविशलाइ पठाएको पैसा बैंकमा अड्किएको हैन| मैले भारत अंकललाइ पठाउन नदिएको हो| किन कि मलाई थाहा थियो, अविश तेरो भबिस्य हैन| यसपछि मेरो एउटा अन्तिम गल्ति छ| मैले तेरो र भिनाजुको सम्बन्धको बारे थाहा पाएको थिए| यहाँ म स्वार्थी भए| म कति नै दिनको लागि थिए र यो संसारमा| म गएपछी त पनि एक्लो हुन्थिस अनि भिनाजु पनि| दुइ एक्लो एक अर्काको साहती हुनेछन भनि मैले त्यो सम्बन्ध मन मनै स्वीकारे| आफ्नो श्रीमानलाइ अरुसंग बाढ्नु पर्दा पनि म खुसि भए, दुखी थिन| त अरु पनि हैनस् नि| त मेरो बहिनि होस्, मेरो मुटु होस्| बच्चा बेला एउटा खेलौना दुबैले खेल्थियौ, अहिले श्रीमान…. यहाँ म स्वार्थि भएक हु र म सजायको हकदार छु| तर बित्नु अघि मलाई तिमिहरु दुबैको भबिस्य पक्का गरेर जानु थियो| त्यसैले मैले तेरो लागि तेरो सपना ठुलो भनि तलाई सम्झाए र तलाई पढ्न भने| त बाहिर गएपछी भिनाजु यहाँ एक्लै हुनुहुन्थियो, त्यसैले भिनाजुलाइ पनि तसंगै पठाउनु पर्ने थियो| भिनाजुले अहिले बनाउदै गरेको भवनमा केहि समस्या आएको हैन| त्यो मैले भारत अंकलसंग सल्लाह गरेर, मैले रचेको खेल हो| त उताबाट फर्किदा, त्यो भवन तैयार हुन्छ अनि त्यहाको फाइदाले तेरो सपनाको हस्पिटल अनि बुवाको लागि खेल मैदान| मैले यो सबै तेरो भिनाजुलाइ भन्न सकिन| त्यसैले तलाई भन्दै छु| मलाई आशा छ तैले मलाई माफ गर्नेछस् र भिनाजुलाइ मैले जतिकै माया गर्नेछस्…|
अझै केहि लेखिएको थियो चिठीमा तर शब्दहरु प्रस्ट थिएन, सायद कागज पहिले देखि नै दिदिको आशुले….
एउटा बोटको दुइ फुल, एउटा झरी गयो अनि अर्को फक्रिदै छ|
<समाप्त>
